सरकारको उपलब्धिहीन र निराशाजनक ६ महिना
- कार्तिक ४, २०८३
भक्तपुर १२, जेठ । नेपाल मजदुर किसान पार्टी चानपा ८, सुडाल समितिको आयोजनामा शनिबार वडास्तरीय कार्यकर्ता भेला सम्पन्न भयो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका सचिव एवम् सांसद प्रेम सुवालले नेमकिपा चानपा ८, सुडालका अध्यक्ष केशवप्रसाद तिमिल्सेनालाई पार्टी प्रकाशन हस्तान्तरण गरेर कार्यक्रमको उद्घाटन गर्नुभयो ।
“राजनीति गुलाबको ओछ्यान नभई तरबारको धारमा हिँड्नुपर्ने भएकोले राजनीतिमा त्याग, तपस्या र बलिदान आवश्यक हुन्छ । यसकारण, कार्यकर्ताहरू पार्टी सिद्धान्तअनुसार देश र जनताको सेवामा समर्पित हुनु जरुरी छ ।” सांसद सुवालले भन्नुभयो ।
पार्टीको तत्कालीन कार्यक्रम जनताको प्रजातन्त्र र दीर्घकालीन कार्यक्रम समाजवाद हुँदै साम्यवादमा पुग्ने लक्ष्यबारे चर्चा गर्दै उहाँले समाजवादमा योग्यताअनुसारको काम, कामअनुसारको ज्याला हुने र साम्यवादमा दबाउनुपर्ने वर्ग नहुँदा राज्यविहीन हुने बताउनुभयो ।
“मानिसलाई ८ घण्टा काम, ८ घण्टा मनोरञ्जन तथा व्यायाम र ८ घण्टा आरामको जरुरी हुन्छ । यस्तो बन्दोबस्त समाजवादमा मात्रै हुने भएकोले कार्यकर्ताहरू जनतालाई समाजवादी गणतन्त्रबारे शिक्षित गर्न दृढताका साथ लाग्नु जरुरी छ । समाजवादमा उत्पादनका साधनहरू राष्ट्रियकरण हुनुका साथै शोषण पनि हट्दै जान्छ । साम्यवादमा मानिसको श्रमको भेद रहने छैन, गाउँ र सहरबिचको भेद पनि हट्नेछ, शोषणको अन्त्य हुनेछ ।” सांसद सुवालले उल्लेख गर्नुभयो ।
पार्टीको नाममा कम्युनिस्ट राखेर एमाले, माओवादी, एकीकृत समाजवादी दलहरूले पुँजीवादी सरकारमा गएर कम्युनिस्ट आन्दोलनलाई धोका दिइरहेको उल्लेख गर्दै सांसद सुवालले भन्नुभयो, “कम्युनिस्ट पार्टी पुँजीवादी सरकारमा जानु शोषकवर्गसँग ‘घुस’ खानुजस्तै हो ।”
“पुँजीपतिवर्गले सन् १६४९ मा बेलायतका राजा चाल्र्स प्रथमलाई ज्यान सजाय दियो भने सन् १७८९ मा फ्रान्सका राजा लुई सो¥हौँलाई गिलेटिनमा काटेर टाउकोलाई फुटबल खेल्यो । पुँजीपतिवर्गले सामन्तवादविरुद्ध उठाएको उपायमार्फत नै मजदुरवर्गले पनि पुँजीवादी सरकारलाई मसानघाटमा पु¥याउनेछ ।” सांसद सुवालले उल्लेख गर्नुभयो ।
सांसद सुवालले भन्नुभयो, “राणा शासन फाल्न १०४ वर्ष लाग्यो । नेपालमा २००७ सालको परिवर्तन, ०४६ सालको बहुदलीय प्रजातन्त्र र २०६३ सालको आन्दोलनमा भारतीय एकाधिकार पुँजीको प्रभाव भएको हुँदा नेपाल स्वतन्त्र अनुभव नभएको हो । यसकारण भारतीय एकाधिकार पुँजीले महाकाली, कोसी, टनकपुर, गण्डकलगायतका प्राकृतिक स्रोतहरूसमेत कब्जा ग¥यो । अहिले माओवादी भारतीय ‘ट्रोजन हर्स’ साबित भयो । यसले देशको हित भइरहेको छैन । देशको यो जटिलताबारे कार्यकर्ताहरूले नयाँ पुस्तालाई राम्रोसँग बुझाउनु जरुरी छ ।”
सांसद सुवालले कच्चा सामान र मान्छे बाहिर पठाउने विश्वको कुनै पनि देश उँभो नलागेको तथ्य प्रस्तुत गर्दै शासक दलहरूले नेपाली युवालाई विदेश पठाएर देश समृद्ध हुने कल्पना गर्नु मूर्खतापूर्ण रहेकबो उल्लेख गर्नुभयो । उहाँले नेपालीलाई ‘भाडाको सिपाही’ बनाउने गोर्खा भर्ती खारेज गर्नुपर्ने विचार राख्दै शासक दलहरूले नेपाली युवालाई बेलायत, रुस, युक्रेन, अमेरिकाको सेनामा भर्ती गराएर मर्न पठाउनु अर्को देशघात भएको स्पष्ट पार्नुभयो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टी भजिसका उपाध्यक्ष न्हुछेभक्त फोजूले कार्यकर्ताहरू अनुशासित र अध्ययनशील भई जनसेवामा समर्पित हुनु जरुरी रहेको औँल्याउँदै शासक दलहरूले गरेको भ्रष्टाचारविरुद्ध पनि डटेर उभिनु जरुरी रहेको उल्लेख गर्नुभयो ।
नेपाल मजदुर किसान पार्टीको तर्फबाट वाग्मती प्रदेशका सांसद गीता काफ्लेले प्रदेशसभामा शासक दलका सांसदहरू आफ्नो मान्छेलाई भर्ती गराउने, आफ्नो क्षेत्रमा मात्रै बजेट पार्ने पक्षपातपूर्ण दाउमा लिप्त रहेको हुँदा प्रदेश संसद्को महत्व नै ओझेलमा परेको बताउनुभयो ।
कार्यक्रममा नेक्रायुसङ्घका अध्यक्ष मिनबहादुर बाटाले माक्र्सवाद–लेनिनवाद–माओ त्सेतुङ विचारधारा पार्टीको मागनिर्देशक सिद्धान्त भएको उल्लेख गर्दै उहाँले माक्र्सद्वारा प्रतिपादित समाज विकासको सिद्धान्तबारे चर्चा गर्नुभयो ।
नेमकिपा चानपा ८, सुडालका अध्यक्ष केशवप्रसाद तिमिल्सेनाको सभापतित्वमा सम्पन्न उक्त कार्यकर्ता भेलामा नेमकिपा सुडालका सन्तराम दुलालले भेलाको औचित्यबारे प्रस्ट्याउनुभयो । भेलाबाट केशवप्रसाद तिमिल्सेनाको अध्यक्षतामा २० सदस्यीय नेमकिपा चानपा ८, सुडाल समिति गठन भयो ।
Leave a Reply