सरकारको उपलब्धिहीन र निराशाजनक ६ महिना
- कार्तिक ४, २०८३
भक्तपुर, १२ जेठ । भक्तपुर नगरपालिका वडा नं. २ को आयोजनामा महिलाहरूमा हुने स्तन तथा पाठेघर क्यान्सर र महिला र पुरुषमा हुने ठुलो आन्द्राको क्यान्सरसम्बन्धी स्वास्थ्य शिविर शनिबार सम्पन्न भयो ।
उक्त कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले स्वास्थ्य क्षेत्र निकै संवेदनशील विषय भएको हुँदा जनताको सहजता र स्वास्थ्यसम्बन्धी सचेतनाको निम्ति वडा वडामा स्वास्थ्य शिविर सञ्चालनमा जोड दिँदै आएको बताउनुभयो ।
उहाँले शिक्षा र स्वास्थ्यको विकास गरी जनताको सेवामा समर्पित भावले अगाडि बढिरहेको बताउँदै यी दुई क्षेत्रको विकास र व्यवस्थापनले नागरिकहरूलाई जीवनयापनमा समेत सहजता प्राप्त हुने बताउनुभयो । भक्तपुरका जनता, जनप्रतिनिधि र कर्मचारीहरूको संयुक्त प्रयासले आजको भक्तपुर निर्माण भएको बताउँदै स्वास्थ्य क्षेत्रमा अझ सहजता प्रदान गर्ने हेतुले घरदैलो नर्सिङ सेवा सञ्चालनमा ल्याएको बताउनुभयो ।
कार्यक्रममा भक्तपुर नपा वडा नं. २ का वडाध्यक्ष हरिप्रसाद बासुकलाको सभापतित्वमा भएको उक्त कार्यक्रममा श्यामसुन्दर मातां, रोशनराज तुईतुई, रत्नकाजी नातरी, मन्जुमैँया लाखाजु र डा. पुनम थापाले पनि बोल्नुभएको थियो ।
Leave a Reply