सरकारको उपलब्धिहीन र निराशाजनक ६ महिना
- कार्तिक ४, २०८३
भक्तपुर, १२ जेठ । भक्तपुर नगरपालिका वडा नं ३ कार्यालयले युवा तथा विद्यार्थीलाई भेला गराएर सामाजिक कार्यमा सहभागी हुन अनुरोध गरेको छ ।
समाजको अग्रगमनमा युवाको भूमिका कस्तो हुन्छ भन्ने विषयमा केन्द्रित रहेर सञ्चालित उक्त कार्यक्रममा वक्ताहरूले अधिकारको कुरामात्र नगरी कर्तव्य निर्वाह पनि गर्नुपर्ने भनाइ राख्नुभयो ।
नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य सरोजराज गोसाईले पुरानो पुस्ताबाट धेरै चिज पाएका छौँ भन्दै अब नयाँ पुस्तालाई के दिएर जाने भन्नेबारे सोच्नुपर्ने विचार राख्नुभयो । उहाँले नेमकिपाका पुराना नेता तथा कार्यकर्ताहरूले युवाकालमा गर्नुभएको त्याग, समर्पण तथा बलिदानको फलस्वरूप गरिब किसान तथा मजदुरले केही राहत पाएको बताउनुभयो ।
लक्ष्य नभएको युवाले प्रगति गर्न नसक्ने भन्दै केन्द्रीय सदस्य गोसाईले नेपाल, अङ्ग्रेजीलगायत विभिन्न भाषाको राम्रो ज्ञान राख्ने, बहस, छलफल तथा वादविवादका कार्यक्रम सञ्चालन गर्नुपर्ने विचार राख्नुभयो ।
भनपा वडा नं ३ का वडाध्यक्ष राजकृष्ण गोराले किताबी ज्ञानले मात्र नपुग्ने बरु व्यावहारिक ज्ञान राख्नुपर्ने भनाइ राख्नुभयो । उहाँले युवाहरू अनेक कुलतमा फसेको उदाहरण राख्दै सामाजिक गतिविधिमा सहयोग गर्न अनुरोध गर्नुभयो ।
नेमकिपाका कार्यकर्ता रामसुुन्दर खाताखोले आफ्नो देशमा काम गर्न अप्ठेरो मान्ने युवाहरू विदेशमा जस्तोसुकै काम गर्न पनि तयार भएको उदाहरण दिँदै देशमै बसेर सेवा गर्नुपर्ने धारणा राख्नुभयो ।
Leave a Reply