भर्खरै :

समाजवादी व्यवस्था मात्र पुँजीवादको विकल्प

समाजवादी व्यवस्था मात्र पुँजीवादको विकल्प

काठमाडाँै, १४ जेठ । नेमकिपा काठमाडाँै जिल्ला समितिको आयोजनामा नेमकिपाको दस्तावेज र विधानबारे काठमाडाँै क्षेत्रपाटीमा अन्तरक्रिया कार्यक्रम भयो ।
उक्त कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य नारायण महर्जनले भन्नुभयो, “कम्युनिस्टहरूले पुँजीवादी राज्य संयन्त्रलाई ध्वंस गरी नयाँ सर्वहारावर्गको राज्य स्थापना गर्ने हो । एमाले र माओवादीलगायत नाउँका कम्युनिस्ट पार्टीहरूले पुँजीवादको पूर्ण विकासपछि मात्र समाजवाद आउने खोटो विचार अघि बढाएको हुँदा तिनका कार्यकर्ताहरूलाई ठेकेदार, भूमाफिया, कालाबजारिया र अपराधीहरूसँग साँठगाठ गराएको र धेरै स्थानमा चुनाव जितेर प्रतिक्रियावादीहरूको सेवा गरेकोमा नेपाली जनता स्पष्ट हुँदै छन् । नेमकिपाले यस्तो खोटा विचारको विरोध, भत्र्सना एवम् खण्डन गर्दै छ ।”
उहाँले नेमकिपाले समाजवादी गणतन्त्र ल्याउनको लागि नेपाली जनतालाई शिक्षित र सचेत पार्ने काम नेमकिपाले गरिरहेको छ भन्नुभयो
नेमकिपाका केन्द्रीय सदस्य राजवीर डंगोलले भन्नुभयो, “‘श्रमिक’ साप्ताहिक, ‘मजदुर’ दैनिक लगायतमा प्रकाशित क्रान्तिकारीहरूको जीवनीबाट कार्यकर्ताहरूको राजनीतिक र सांस्कृतिक आचरण वृद्धि गर्ने तथा क्रान्तिमा समर्पित हुने प्रेरणा वृद्धि भइरहेको छ ।”
उहाँले माक्र्स, चे ग्वेभारा, मार्शल झुकोभ, डा. नर्मन बेथुन, डा. कोटनिस, याङ काईहुई लगायतका जीवनी ‘मजदुर’ र ‘श्रमिक’ मा प्रकाशित गरी एक नेता र कार्यकर्ताले त्याग, तपस्या, समर्पण र बलिदानी भावनाले कसरी काम गर्नुपर्छ भनी शिक्षित गर्न सहज भएको छ भन्नुभयो ।
उहाँले प्रजग कोरियाले समाजवादी व्यवस्थाअन्तर्गत जनताको राजनैतिक र सांस्कृतिकस्तर उठाउँदै भूउपग्रहसमेत प्रक्षेपण ग¥यो भने देशको सार्वभौमिकता रक्षाको लागि क्षेप्यास्त्रहरूको विकास ग¥यो भन्नुभयो । उहाँले भन्नुभयो, “समाजवादी देश क्युवा चिकित्सा विज्ञानमा उदाहरण बन्यो । इबोला र कोभिड–१९ महामारी नियन्त्रण गर्न क्युवाका चिकित्सकहरूको महत्वपूर्ण योगदान रह्यो ।
नेमकिपाका वैकल्पिक केन्द्रीय सदस्य एन.बी. श्रेष्ठले नेमकिपाका कुनै पनि सदस्यले पार्टी सिद्धान्त, कार्यक्रम, विधान, नियम र निर्णयहरूलाई पालना नगरेमा वा जानीजानी उल्लङ्घन गरेमा अनुशानको कारबाही गरी पार्टी सदस्यबाट निलम्बन गर्न सकिने उल्लेख गर्नुभयो ।
उहाँले भन्नुभयो, “देश र जनतालाई प्रतिकूल असर पर्ने आचरण गरेमा र नैतिक पतन हुने कार्य गरेमा पार्टीबाट निष्कासन गरिने छ । तर त्यस्ता सदस्यले सफाइ पेस गर्ने मौकाबाट वञ्चित गरिने छैन ।”
नेमकिपा काठमाडाँैका सदस्य गुणदास महर्जनले अहिले सहकारी संस्थाहरूले जनता ठगिरहेको हुँदा महिला र युवाहरू समयमै सचेत हुन आवश्यक छ† राजनैतिकरूपमा सचेत र सङ्गठित नभएका विद्यार्थी, युवा र महिलाको व्यक्तित्व विकास गर्न कठिन छ भन्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *