सांस्कृतिक पुचःको आयोजनामा शुभकामना आदानप्रदान तथा सांस्कृतिक ¥याली
- कार्तिक ४, २०८३
भक्तपुर, १४ जेठ । प्रारम्भिक बाल विकास ईसीडी शिक्षक सङ्घर्ष समिति, भक्तपुरले भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिसमक्ष विभिन्न शैक्षिक तथा पेसागत मागहरू राखी सोमबार ज्ञापनपत्र बुझाएको छ ।
समितिले प्रारम्भिक बाल विकास शिक्षालाई थप प्रभावकारी बनाउन बालबालिकाको उमेरअनुसार छुट्टाछुट्टै कक्षा बनाई तहगत शिक्षकको बन्दोबस्त गर्न पहल गर्न, तालिम तथा अनुगमनको व्यवस्था गर्न, पर्याप्त शैक्षिक सामग्री तथा आया दिदीको बन्दोबस्त गर्न भक्तपुर नगरपालिकासमक्ष माग गरेको छ । भक्तपुर नगरपालिकाको आ.व. २०८०/०८१ मा उल्लेख भएको स्वयम्सेवक शिक्षक बन्दोबस्त गर्ने नीतिको यथाशीघ्र कार्यान्वयन गर्नुपर्नेमा समितिले जोड दिएको छ ।
समितिले शैक्षिक जीवनको जगका रूपमा रहेका भविष्यका कर्णधार बालबालिकालाई उचित स्याहारसुसार गर्ने, शैक्षिक तथा सामाजिक जीवनको तयारी गर्ने महत्वपूर्ण जगमा बसेर काम गर्ने ईसीडी शिक्षकहरूलाई न्यून पारिश्रमिक दिएर राज्यले नै अन्याय गरेको उल्लेख गर्दै शिक्षकहरूलाई समयानुकूल तथा स्थापित अन्तर्राष्ट्रिय मापदण्ड र सम्झौताअनुसार सेवा सुविधा वृद्धि गर्न माग गरेको छ । हाल ईसीडी शिक्षकले सङ्घीय सरकारबाट रु.१० हजार र नगरपालिकाको आन्तरिक स्रोतबाट रु.५ हजार गरी मासिक कुल रु.१५ हजार पाइरहेकोमा नेपाल सरकारले तोकेको न्यूनतम रु.१७ हजार र प्रोत्साहन भत्ता उपलब्ध गराउन माग गरेका छन् ।
सो अवसरमा समितिले पेस गरेको ज्ञापनपत्र बुझ्दै प्रमुख प्रजापतिले आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम र बजेटको तयारीमा भक्तपुर नगरपालिका लागेको जानकारी दिँदै यस विषयमा छलफल गरी अगाडि बढ्ने बताउनुभयो ।
Leave a Reply