चार दिनदेखि अधिकांश सरकारी वेबसाइट बन्द
- कार्तिक ९, २०८३
भक्तपुर १६ जेठ । भक्तपुर बचत तथा ऋण सहकारी संस्था लि.को स्वास्थ्य उपसमितिको आयोजनामा मिर्गौला रोगसम्बन्धी अभिमुखीकरण तथा निःशुल्क स्वास्थ्य शिविर सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपन केन्द्रको प्राविधिक सहयोगमा बुधबार संस्थाको आफ्नै भवनमा सम्पन्न भयो ।
कार्यक्रममा संस्थाका उपाध्यक्ष लक्ष्मीप्रसाद कुसीले भक्तपुर बचत तथा ऋण सहकारी संस्था आर्थिक संस्था भए पनि सामाजिक जिम्मेवारी निर्वाह गर्नुपर्छ भन्ने मान्यताअनुरूप विगत दुई दशक अगाडिदेखि संस्थाको नाफाको केही प्रतिशत सामाजिक क्षेत्रमा लगाउँदै आएको बताउनुभयो । जटिल प्रकारका रोगहरूको उपचार महँगो हुने भएकोले रोग लागिसकेपछि उपचार गर्नुभन्दा रोग लाग्नुभन्दा पहिले नै सचेत हुनुपर्ने, समयसमयमा स्वास्थ्य परीक्षण गराई आफ्नो स्वास्थ्य स्थितिको जानकारी लिनुपर्ने उल्लेख गर्दै उहाँले भक्तपुर आदर निकेतन सञ्चालनको औचित्य र आदर निकेतनमा भइरहेको गतिविधिबारे प्रकाश पार्नुभयो ।
कार्यक्रममा स्वास्थ्य उपसमितिका संयोजक एवं सञ्चालक सदस्य कृष्णसुन्दर प्रजापतिले मिर्गाैला रोगसम्बन्धी निःशुल्क स्वास्थ्य शिविर सञ्चालनको औचित्यबारे प्रकाश पार्नुभयो ।
जेठ १५ गते अभिमुखीकरण र जेठ १६ गते स्वास्थ्य शिविर भएको उक्त कार्यक्रममा महिला २४६ जना र पुरुष १४६ जना गरी जम्मा ३९२ जनाले स्वास्थ्य परीक्षण गराएका थिए । त्यसमध्ये ८२ जनाले भिडियो एक्सरे गरेका छन् । त्यसमध्ये केहीलाई रिफर गरिएको छ ।
स्वास्थ्य उपसमितिका सदस्य गंगाप्रसाद प्रजापतिले शिविरका औचित्यबारे प्रकाश पार्नुभयो भने ख्वप पोलिटेक्निकका प्राध्यापक तथा संस्थाको स्वास्थ्य उपसमितिका सदस्य प्रभामैयाँ प्रजापतिले सहजीकरण गर्नुभएको थियो ।
Leave a Reply