राजकुमार स्मृति पुस्तकालयको आयोजनामा वडास्तरीय टेबलटेनिस प्रतियोगिता
- कार्तिक ६, २०८३
भक्तपुर, १६ जेठ । भक्तपुर जिल्लाको चाँगुनारायण नगरपालिकास्थित ताथलीमा मङ्गलबार एकदिने बृहत् निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।
सयपत्री बचत तथा ऋण सहकारी संस्था लि. र काठमाडौँ सक्रिय युवा समूहको संयुक्त आयोजना तथा काठमाडौँ मेडिकल कलेज, शिक्षण अस्पताल, सिनामङ्गलको प्राविधिक सहयोगमा ताथलीस्थित देवी माध्यमिक विद्यालयको प्राङ्गणमा शिविर सञ्चालन भएको हो । शिविरमा ३१६ जना लाभान्वित भएका छन् । विशेषज्ञ चिकित्सकसहित ३० जनाको टोलीले स्वास्थ्य सेवा दिएक हो ।
शिविरमा ४८ जनाले स्त्री रोग, १७ जनाले बाल रोग, ८३ जनाले हाडजोर्नी तथा नशा रोग, ३१ जनाले नाक, कान, घाँटी, ६४ जनाले दन्त रोग, ११० जनाले आँखा रोगको परीक्षण गराएका थिए । यसैगरी, ११ जनाले शल्यक्रिया सर्जरी सेवा, ६४ जनाले ईसीजी सेवा र ७५ जनाले अल्ट्रासाउन्ड सेवा लिएका थिए । शिविरमा ल्याब टेस्टको समेत व्यवस्था गरिएको थियो । १०६ जनाको रगत तथा पिसाब जाँच गरिएको आयोजक संस्था सयपत्री बचत तथा ऋण सहकारी संस्था लि.का अध्यक्ष हरिगोपाल बासुकलाले जानकारी दिनुभयो ।
शिविरमा स्वास्थ्य जाँच गराएका बिरामीहरूलाई निःशुल्क औषधि वितरण गरिएको थियो । वितरित औषधि पानस फर्मास्युटिकल्स प्रालि, क्वेस्ट फर्मास्युटिकल्स प्रालि, एभरेष्ट प्यारेन्टेरल्स प्रालि, बी. राज फर्मा प्रालि, ओम्नी ल्याबोरेटोरिज प्रालिले उपलब्ध गराएको काठमाडौँ सक्रिय युवा समूहका अध्यक्ष विजयरत्न खड्गीले जानकारी दिनुभयो । शिविरमा जाँच गराई पुर्जी लिई आउनेलाई काठमाडौँ मेडिकल कलेज, शिक्षण अस्पतालमा आउनेलाई अपरेसनसहित सबै सेवामा २५ प्रतिशत छुट दिने बताइएको छ ।
Leave a Reply