जुम्लामा चिटको जात्रा
- चैत्र ९, २०८१
बनाउन सक्दैनन् यहाँ बिगार्न मात्र सक्छन्
आफू नउभिई अरुलाई पछार्न मात्र सक्छन्
यो देशमा होनहार युवा भएर पनि के गर्नु !
यहीँ नटिकाई तिनलाई लघार्नमात्र सक्छन्
थाहै छ— जनताका घर भइसके खाली खाली
नेता जतिले आफ्नै आँगन सिँगार्न सक्छन्
पूरा गरेरै छाडे जसले चाहना आफ्ना
हाम्रा त मौलिक चाहनै पनि मार्न सक्छन्
मानवता, कर्तव्य के हो ? बुझ्दै नबुझ्ने भए
तिनले निरन्तर तमासा उमार्नमात्र सक्छन्
शपथ र विश्वासको मत हजार लिए नि’ के भो !
हाम्रै नजरमा हारी हामीलाई गुहार्न सक्छन् ।
Leave a Reply