‘जस्तोसुकै बाधा व्यवधानबिच पनि हामी निरन्तर जनताको सेवामा समर्पित भएर अघि बढिरहनेछौँ
- कार्तिक १०, २०८३
हरेक कम्युनिस्टहरू देशभक्त हुन्छन् र अन्तर्राष्ट्रवादी हुन्छन् । कम्युनिस्टहरूले देशमा आमूल परिवर्तनको निम्ति मात्र होइन कुनै विदेशी थिचोमिचो, आक्रमण र हस्तक्षेपको पनि विरोध गर्छन् । एकातिर कम्युनिस्टहरू आफ्नो मातृभूमि जोगाउन सङ्गठित हुन्छन् र सङ्घर्ष गर्छन् भने अर्काेतिर जनताको मुक्ति या हितको निम्ति सङ्घर्ष गर्छन् । अन्य देशका जनतालाई परेको मर्का बुझ्ने, ऐक्यबद्धता या समर्थन गर्ने र आफ्नो देशका बहुमत जनताको सेवाको निम्ति लड्नु नै देशभक्त र अन्तर्राष्ट्रवादको परिचय हो । आक्रामक र शान्तिविरोधी संयुक्त राज्य अमेरिकाको विरोधमा संसारका समाजवादी पक्षधरहरू, एसिया, अफ्रिका र ल्याटिन अमेरिकाका जनता एक हुनुपर्छ; सबै शान्तिप्रिय जनता एक हुनुपर्छ; अमेरिकी आक्रमण, नियन्त्रण र हस्तक्षेपबाट अन्यायमा परेका जनता एक हुनुपर्छ । ठुलो शक्ति राष्ट्रको अहङ्कारविरुद्ध जनता एकगठ हुनुपर्छ । शक्तिशाली देशको परिचय अरु स्वाधीन देशमा हमला गर्नु होइन† अरु देशलाई जुधाएर हतियार बेच्नु होइन; आफ्नो इसारामा अरु देशका राष्ट्रपति या राष्ट्र प्रमुखहरूको हत्या गर्नु होइन, फाँसी दिनु होइन । तर, यस्तो काम संयुक्त राज्य अमेरिकाले गरिरहेको छ; यसको विश्वका न्यायप्रेमी जनताले निन्दा गर्नुपर्छ । यो प्रत्येक कम्युनिस्टहरूको धर्म हो । कम्युनिस्टहरू विस्तारवाद, उपनिवेशवाद र साम्राज्यवादको विरोध गर्छन्; विरोध गर्नुपर्छ ।
कम्युनिस्टहरूको उद्देश्य नै देश र जनताको सेवा गर्नु हो । कम्युनिस्ट पार्टीका जुनसुकै तहमा रहेका सदस्यको काम जनताको सेवा गर्नु हो । त्यसकारण, उनीहरू जनताका सेवक हुन् । उनीहरू देश र जनताप्रति जिम्मेवार हुन्छन् । कति कम्युनिस्ट भनिने दलका नेताहरू कम्युनिस्टको बखान गरेर जनमत लिन्छन्; जनताको विश्वास लिन्छन् तर काम सबै कम्युनिस्टविरोधी गर्छन् । उनीहरू कम्युनिस्टको नाउँमा कम्युनिस्टहरूकै बदनाम गर्न कम्युनिस्टविरोधी काम गर्छन् । यस्ता कुरा सबै जनता बुझ्दैनन् तर बिस्तारै बुझ्दै छन् । कम्युनिस्ट भनेर फुक्ने तर कम्युनिस्टको मूल्य र मान्यताअनुसार कुनै काम नगर्ने, देश, काल र परिस्थिति तयार नहुँदै क्रान्ति गर्ने र परिस्थिति तयार भए पनि अघि नबढ्ने सबै कम्युनिस्टविरोधी गतिविधि नै हुन् । यस्ता समूहहरू कति वामपन्थी अवसरवाद, दक्षिणपन्थी अवसरवाद त कति दुस्साहवादमा पर्छन् । बिनाअध्ययन, अनुसन्धान र हचुवा ढङ्गले या आँखा चिम्ली सन्धि सम्झौतामा समर्थन गर्ने या ऐक्यबद्धता जनाउनु उचित होइन, कसैको दबाब र प्रभावमा हचुवा पाराले समर्थन गर्नुको अर्थ अरुको उठबसमा बस्नु हुन्छ । यसले देश र जनताको लागि दूरगामी असर पर्छ । एमसीसी सम्झौता यसको दृष्टान्त हो । यसकारण, कम्युनिस्टहरू सिद्धान्त र विचारलाई जोड दिन्छन्† त्यसलाई व्यवहारमा लागु गर्न अघि बढ्छन् र जनतालाई सुसूचित पार्छन् । नेमकिपाले गरिरहेको काम यही हो ।
सरकारमा सहभागी भएका कम्युनिस्ट पार्टीको मार्गनिर्देशक सिद्धान्त माक्र्सवाद र लेनिनवाद भए पनि त्यसअनुसार उनीहरूले किन राजनीतिक गतिविधि गरेनन् ? ती दलका नेता तथा कार्यकर्ताहरूले चिन्तनमनन गर्नुपर्ने हो । माक्र्सवाद र लेनिनवादलाई लागु गर्न नचाहने दलले किन त्यही वादलाई मार्गनिर्देशक मान्नु प¥यो ? कतै कम्युनिस्ट पार्टीको नेतृत्व गर्ने दलका नेताहरू जमिनदार, जालीफटाहा, विदेशी दलाल, पुँजीपति, सामन्त, शोषक, भ्रष्टाचारी, जनविरोधी भएर आत्मसात नगरेका हुन् या विचार नै नमिलेर कम्युनिस्टको विचारअनुसार राजनीति नगरेका हुन् ? यसबारे पनि कम्युनिस्टप्रति आस्था राख्ने, राजनीति गर्ने नेता तथा कार्यकर्ताहरूले विचार गर्नुपर्ने हो । बेलाबखत कम्युनिस्ट एकता, समाजवादी मोर्चाको बखान गर्ने ती नै दलका नेताहरू कहिले कम्युनिस्टविरोधी नेकासँग घाँटी जोड्न पुग्छन् त कहिले राजावादी नेताहरूलाई पनि सरकार टिकाउने नाममा सरकारमा सामेल गर्छन् । कम्युनिस्ट पार्टीको उद्देश्य र काम सत्तामा रहँदा एक र सत्ता बाहिर रहँदा अर्काे थोक हुँदैन । कम्युनिस्टहरू सत्ता बाहिर रहे पनि, सत्ता भित्र रहे पनि, जेलभित्र या भूमिगत भए पनि कम्युनिस्टको सिद्धान्त र विचारअनुसार काम गरिरहन्छन् । सरकारमा गएका कम्युनिस्टहरूले त्यो धर्म निर्वाह गरेनन् । देशमा कम्युनिस्ट भनिएका सबै कम्युनिस्ट पार्टीका नेता र कार्यकर्ता साँच्चै कम्युनिस्ट भएका भए देशको मुहार फेर्न गा¥हो हुँदैन† भ्रष्टाचार, अनियमितता नियन्त्रण गर्न कठिन हुँदैन । अरु दलले भ्रष्टाचार र अनियमितता रोक्ने प्रयास नगरे पनि कम्युनिस्ट भनिने सबै दलले त्यो भूमिका खेल्नुपर्ने हो । तर, त्यो भूमिका खेलेन । यही कारण, देश भ्रष्टाचार र अनियमिततामा बदनाम भयो† देश भ्रष्टाचारको सूचीमा प¥यो । यो देशको निम्ति दुर्भाग्य हो । अतः असल कम्युनिस्ट बनेर देश जोगाउन, बनाउन र जनताको सेवा गर्न अघि बढ्नुपर्छ ।
Leave a Reply