सांस्कृतिक पुचःको आयोजनामा शुभकामना आदानप्रदान तथा सांस्कृतिक ¥याली
- कार्तिक ४, २०८३
विश्व वातावरण दिवसको अवसरमा संयुक्त राष्ट्र सङ्घले ‘हाम्रो भूमि, हाम्रो भविष्य’ नारा तयार ग¥यो । यही नारा अघि सारेर विश्वका विभिन्न मुलुकमा वातावरण दिवस मनाइयो । हरेक व्यक्ति, परिवार र देशका शासक दलहरूलाई आफ्नो भूमिका माया हुन्छ, माया हुनुपर्छ । हरेक नागरिकको सम्पत्ति आफूले जोगाउनुपर्छ या जोगाउने काम गर्छ । व्यक्तिगत सम्पत्ति जोगाउन र कमाउन लाग्ने शासकहरू देश जोगाउन र देशको आयस्रोत बढाउनेतर्फ किन ध्यान दिँदैनन् ? हो, हाम्रो भूमि हाम्रो भविष्य हो । नेपाल रहेमात्र नेपाली रहन्छन् । नेपाल नै रहेन भने नेपाली कसरी रहन्छन् ? यसकारण, शासकहरूले आफ्नो व्यक्तिगत सम्पत्ति मात्र ख्याल गर्ने होइन देश जोगाउनेतर्फ सधैँ तत्पर रहनुपर्छ । कुनै पनि छिमेकी देशलाई नेपाली भूमि मिच्न दिनुहुँदैन । नेपाली भूमि मिचिएको छ भने त्यो रोक्नुपर्छ या फिर्ता लिनुपर्छ । नेपाली भूमि जोगाउने या संरक्षण गर्ने काम नेपालको हो; अरू देशको होइन । देशको विभिन्न स्थानमा हजारौँ हेक्टर जग्गा भारतले मिचेको भूगोलविद् र सीमाविद्हरूको भनाइ छ । तर, शासकहरूले मिचिएको भूमि फिर्ता लिनेतर्फ पाइला चालेनन् । परिणामतः नेपाली भूमि साँगुरिँदै छ ।
भारतीय पक्षले नेपाल–भारत सीमामा रहेका सीमा स्तम्भ फाल्ने, बेपत्ता पार्ने, सीमा स्तम्भ नेपालतर्फ सार्ने र नेपाली भूमि आफ्नो बनाएर खनजोत गरिरहेको छ । नेपाल–भारत सीमामा भारतीय पक्षले बाँध तथा तटबन्ध बनाएर नेपाली भूमि डुबाउने काम गरिरहेको छ । भारतीय पक्षले जानाजान नेपाली भूमि मिचे पनि सत्तासीन दलका नेताहरूले चुइँक्क बोलेका छैनन्; बोल्ने आँट गरेका छैनन् । भारतले नेपाली शासकहरूलाई अनेक प्रलोभन, विकास र आर्थिक सहयोग गर्ने कुरा फुकेर नेपाल र नेपालीको अहितमा सन्धि सम्झौता ग¥यो । देशका नदी नाला एकपछि अर्को भारतको कब्जामा जानु पनि नेपाली शासकहरूको कमजोरी हो । विकासको लागि सहयोग दिन्छु भनेपछि देशको स्वाधीनता र सार्वभौमसत्तामा आँच पुग्ने सन्धि–सम्झौतामा शासकहरू हस्ताक्षर गर्न पुगे । उनीहरूले देशघाती र जनविरोधी सन्धि र सम्झौताका बुँदाहरू नै अध्ययन नगरी सन्धि–सम्झौतामा सही गरेर गल्ती गरे । यो देशघाती कदम हो ।
सत्तासीन दलका नेताहरू व्यक्तिगत स्वार्थभन्दा माथि उठेर देश र जनताको निम्ति जुट्नुपर्छ† देश र जनताप्रति जिम्मेवार र जवाफदेही भएर लाग्नुपर्छ । सत्ता, पैसा र शक्तिको खेलमा लाग्ने शासकहरू देश हितमा लाग्दैनन् । शासकहरू असल, इमानदार, देशभक्त भएर बहुमत जनताको सेवामा नलागुञ्जेल देशको स्थिति राम्रो हुनेछैन । देशको मुहार फेर्नेछैन । देशको नदीनाला या प्राकृतिक स्रोत र साधन विदेशीको हातमा सुम्पेर, भारतीय एकाधिकार पुँजी कायम राखेर, विदेशी लगानी ल्याएर, विदेशी ऋण, अनुदान या सहयोगको आधारमा बजेट तयार गरेर नेपाल कसरी बन्छ ? नेपाल कसरी आत्मनिर्भर हुन्छ ? यसबारे शासकहरूको चिन्ता खोइ ? भागबन्डा या सरकारको नेतृत्व र मन्त्री हेरफेरको राजनीतिमा लागेर देशको भविष्य कसरी बन्छ ? शासकहरू विदेशमुखी हुनुहुँदैन, विदेशी दलाल हुनुहुँदैन† विदेशी शक्ति राष्ट्रको उठबसमा चल्नुहुँदैन ।
भूमि जोगाउनुको अर्थ संरक्षण गर्नु या भूक्षय रोक्नुमात्र होइन भूमि सुरक्षित गर्नु पनि हो । यसकारण, शासकहरूले भूक्षय हुनबाट बचाउने, फोहरमैला, प्रदूषण र खडेरीबाट जोगाउने उपायहरू अपनाउनुपर्छ । जङ्गल संरक्षण गर्नुपर्छ । बाढी प्रकोपबाट बचाउने उपाय अपनाउनुपर्छ । देशको राजधानी काठमाडौँ प्रदूषित सहरमा गनिएको छ । काठमाडौँमात्र होइन शासकहरू पनि दुर्गन्धित या प्रदूषित हुन थालेका छन् । शुद्ध राजनीति गरेर देशलाई समृद्ध बनाउन लाग्नुपर्ने ती नेताहरू आर्थिक मामिला र आचरणमा भ्रष्ट भएका छन् । सरकारको जिम्मा लिएका सञ्चालकहरूको मति बिग्रेपछि देश पनि बिग्रिन्छ या विकास हुँदैन† भूमि सुरक्षित हुँदैन । ‘हाम्रो भूमि हाम्रो भविष्य’ बनाउने हो भने आफ्नो भूमि जोगाउनैपर्छ† जोगाउन हरपल पहल गर्नुपर्छ । देशको भूमि सुरक्षित भएन भने नेपाली पनि सुरक्षित हुनेछैनन् । अतः नारा आकर्षक मात्र बनाउने होइन, त्यसलाई व्यवहारमा लागु गर्ने प्रयास गर्नुपर्छ । यसकारण, सरकारको नेतृत्व गर्ने शासकहरू असल, इमानदार, देशभक्त, दूरदर्शी तथा देश र जनताप्रति समर्पित हुनुपर्छ ।
Leave a Reply