बुद्धिलाई अथ्र्याउँदा शैक्षिक प्रमाणपत्रलाई मात्र आधार बनाउनु बुद्धिको गलत परिभाषा हुने
- आश्विन २८, २०८३
भक्तपुर, २७ जेठ । भक्तपुर नगरपालिकाका नगर प्रमुख सुनिल प्रजापतिसमक्ष भक्तपुर च्याम्बर्स अफ कर्मस र भक्तपुर उद्योग वाणिज्य सङ्घका प्रतिनिधिहरूले भक्तपुरको आर्थिक, पर्यटन, सामाजिक विकासको लागि बजेट तर्जुमा गर्न आवश्यक सुझाव तथा प्रस्तावसहितको ध्यानाकर्षण पत्र हस्तान्तरण गरेका छन् ।
प्राप्त राय–सुझावको लागि धन्यवादज्ञापन गर्दै नगर प्रमुख प्रजापतिले कोभिडका कारण धरासायी अवस्थामा पुगेको पर्यटनलाई आफ्नै गतिमा फर्काउन आन्तरिक पर्यटन प्रवद्र्धनमा जोड दिनुपर्ने खाँचो औँल्याउनुभयो ।
विदेशी पर्यटन नआएको बेला कसरी नेपालको पर्यटनलाई आन्तरिक पर्यटनले टेवा पु¥याउन सक्नेछ भन्ने विषयमा केन्द्रित रही भक्तपुर नपाले काम गर्दै आएको चर्चा गर्नुभयो ।
नगरवासीबाट प्राप्त अमूल्य सुझावअनुसार नै भक्तपुर नपाको आगामी बजेट तर्जुमा हुने उल्लेख गर्दै प्रमुख प्रजापतिले भक्तपुरलाई आजको अवस्थासम्म ल्याई पु¥याउन यहाँका शिक्षाविद्, उद्योगी, व्यवसायी, किसान, मजदुर, युवा, विद्यार्थीलगायत सम्पूर्णको महत्वपूर्ण योगदान रहेको बताउनुभयो ।
भक्तपुरलाई आत्मनिर्भर बनाउने सोचले नगरपालिका अगाडि बढिरहेको बताउँदै उहाँले भक्तपुर विदेशी सहयोगले भन्दा आफ्नै स्रोतसाधनको अधिकत्तम प्रयोग र स्थानीय जनताको साथ र सहयोगले विकास भएको बताउनुभयो ।
बजेट निर्माणको लागि आवश्यक सुझाव प्रस्तुत गर्दै भक्तपुर चेम्बर्स अफ कमर्सका अध्यक्ष कविदास श्रेष्ठले भक्तपुर नपामा दर्ता भएका व्यवसायीलाई व्यवसायिक शिक्षासम्बन्धी सचेतना तालिम अनिवार्य लिनुपर्ने प्रावधान बनाउनुपर्ने, स्थानीय राजस्व परामर्श समितिलगायत आर्थिक विषयका समितिहरूमा चेम्बरको तर्फबाट प्रतिनिधित्व अनिवार्य गरिनुपर्ने, नगरपालिकामा गरेको व्यवसाय दर्तालाई सबै क्षेत्रमा मान्य बनाउनुपर्ने, घुम्ती व्यापारीलाई पूर्णरूपमा बन्देज लगाउनुपर्ने, नगरपालिकाभित्रका उद्योगहरूको पहिचान र प्रवद्र्धनको लागि विवरण सङ्कलन, पुस्तिका प्रकाशन तथा वेभ पोर्टल तयार गरिनुपर्ने, नगरपालिकामा नियमितरूपमा व्यवसाय कर तिर्दै आएका व्यवसायीहरूका लागि सहजरूपमा सहुलियत दरमा ऋणहरू उपलब्ध गराउन पहल गर्नुपर्नेलगायतका सुझावहरू लिखितरूपमा राख्नुभएको थियो ।
भक्तपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष रोशनीमैँया धौबन्जाले व्यावसायिक कृषि विकास तथा प्रवद्र्धन, निर्यातमुखी हस्तकला प्रवद्र्धन र दिगो पर्यटन विकास तथा स्वास्थ्यतर्फ भक्तपुर नपासँग सहकार्य गर्न तत्पर रहेको बताउनुभयो । आगामी आर्थिक वर्ष २०८१÷८२ को बजेटमा भक्तपुर अन्तर्राष्ट्रिय व्यापार मेला, काष्ठकला तालिम र भक्तपुरमा पर्यटन विकासका लागि डिजिटल प्लेटफर्म निर्माण गर्न आवश्यक बजेट विनियोजनको लागि अनुरोध गर्नुभयो ।
Leave a Reply