बुद्धिलाई अथ्र्याउँदा शैक्षिक प्रमाणपत्रलाई मात्र आधार बनाउनु बुद्धिको गलत परिभाषा हुने
- आश्विन २८, २०८३
भक्तपुर, २७ जेठ । सिद्धि गणेश बचत तथा ऋण सहकारी संस्था लि.को युवा उपसमिति तथा सेवा केन्द्र व्यवस्थापन उपसमिति, तेखापुखुको संयुक्त आयोजना तथा वाग्मती प्रदेश सांसद सुरेन्द्रराज गोसाईको प्रमुख आतिथ्यमा ४५ दिने मादल प्रशिक्षण तथा एकहप्ते मोटरसाइकल मर्मत तालिमको समापन कार्यक्रम संस्थाको तालिम हल, खँचामा सम्पन्न भयो ।
कार्यक्रममा वाग्मती प्रदेश सांसद सुरेन्द्रराज गोसाईले मादल कुनै पनि उमेर समूहका व्यक्तिहरूले सजिलै बजाउन सकिने हुनाले हाम्रो कला र संस्कृतिको जगेर्ना गर्न सिद्धि गणेश साकोसले यस्ता तालिमलाई निरन्तरता दिँदै जानुपर्नेमा जोड दिनुभयो ।
संस्थाका सदस्यहरूलाई आफूले सिकेको सीप हस्तान्तरण गर्दै जानुपर्ने बताउँदै उहाँले संस्थाबाट तालिम लिएका सदस्यहरूबाटै प्रशिक्षकहरू उत्पादन गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
उहाँले सदस्यलाई ब्याज दिएर मात्र नभई खर्च कम गराउने खालका सीपमूलक तालिमले पनि सदस्यको सेवा हुने बताउनुभयो ।
सांसद गोसाईले हाल सबैमा कुनै न कुनै स्वास्थ्य समस्या आइरहेको आँैल्याउँदै किटाणुले भन्दा पनि खानपिनका कारण स्वास्थ्य समस्या निम्तिएकोमा चिन्ता व्यक्त गर्नुभयो ।
उहाँले संस्थाका सदस्यहरूलाई स्वास्थ्यप्रति सचेत गराउन पोषणसम्बन्धी अभिमुखीकरण कार्यक्रमहरूका साथै मोबाइल फोटोग्राफी, मोबाइल भिडियोग्राफी, सत्कारसम्बन्धी तालिम पनि सञ्चालन गर्दै जानुपर्ने बताउनुभयो ।
संस्थाका अध्यक्ष रुद्रनारायण लाखाले सिद्धि गणेश साकोसले सामूहिकरूपमा आवेदन पेस गरेमा सोहीअनुसारको तालिम आयोजना गर्दै आएको उल्लेख गर्दै संस्थाले समाजलाई उठाउन पहल गर्दै आएको बताउनुभयो ।
संस्थाका सञ्चालक सदस्य एवं सेवा केन्द्र व्यवस्थापन उपसमिति, तेखापुखुका संयोजक राधेश्याम सैँजुले सेवा केन्द्रबाट पनि पश्चिम भेगका सदस्यहरूलाई लक्षित गरी विभिन्न सीपमूलक तालिमहरू आयोजना गर्दै सदस्यलाई सेवा दिँदै आएको जानकारी गराउनुभयो ।
मोटरसाइकल सर्भिसिङ गर्दा व्यवसायीले आवश्यकभन्दा बढी शुल्क तिर्नबाट बच्न पनि एकहप्ते मोटरसाइकल मर्मत तालिमको आयोजना गरेको उहाँले बताउनुभयो ।
कार्यक्रमका सभापति एवं संस्थाका उपाध्यक्ष विष्णुराम दुमरुले बचत तथा ऋण कारोबार मात्र गर्ने सहकारी नाफामूलक सहकारी हुने उल्लेख गर्दै सदस्यहरूले कस्तो खालको सहकारीमा रकम जम्मा गर्ने हो सोबारेमा विशेष ध्यान दिनुपर्छ भन्नुभयो ।
युवा उपसमितिका सचिव जसतारा कोजु, संस्थाका व्यवस्थापक शिला गोसाई , ४५ दिने मादल प्रशिक्षणका प्रशिक्षक रवि कपाली र एकहप्ते मोटरसाइकल मर्मत तालिमका प्रशिक्षक जीवन सुवालले पनि बोल्नुभएको थियो ।
Leave a Reply