भीम रथारोहण : दीर्घायुको उत्सव
- फाल्गुन १८, २०८२
भक्तपुर, जेठ ३० । किपाः ग्राफी भक्तपुरको आयोजनामा भक्तपुरको कला, संस्कृति, सम्पदा र रहनसहनसम्बन्धी फोटोग्राफर सुरेशराज शाक्यको दोस्रो एकल फोटो प्रदर्शनी ‘झिगु ख्वप’ बिहीबारबाट लिबालीस्थित वल्ड दरबार पार्टी प्यालेसमा सुरु भएको छ ।
कार्यक्रम उद्घाटन गर्दै नेपाल मजदुर किसान पार्टीका अध्यक्ष एवं वरिष्ठ राजनीतिज्ञ नारायणमान बिजुक्छेँ (रोहित) ले पुराना सम्पदाहरू बचाइराख्न फोटोको ठुलो महत्व हुने र एउटा फोटोले पनि धेरै कुरा बताउने भएकोेले लेखात्न्दा पनि दृश्यले धेरै कुरा बताउने धारणा राख्नुभयो ।
वाग्मती प्रदेश सांसद सुरेन्द्रराज गोसाईले फोटोग्राफीको महत्वबारे चर्चा गर्दै युवाहरूमा फोटोग्राफीको रूचि बढाउनमा किपाःग्राफी भक्तपुरले गरेको कार्य प्रशंसनीय भएको बताउनुभयो ।
कार्यक्रममा किपाः ग्राफी भक्तपुरका सल्लाहकारद्वय अच्युत प्रजापति र बलराम प्रजापतिले पनि बोल्नुभएको थियो ।
उक्त कार्यक्रममा फोटो प्रदर्शनीमा सहयोग गर्ने संस्था तथा व्यक्तित्वहरूलाई मायाको चिनो प्रदान गरिएको थियो । किपाः ग्राफी भक्तपुरका उपाध्यक्ष उज्ज्वलचन्द्र बुद्धाचार्यले स्वागत मन्तव्य दिएको सो कार्यक्रममा सचिव बालकृष्ण प्रजापतिले धन्यवाद ज्ञापन गर्नुभएको थियो ।
शाक्यद्वारा खिचिएका भक्तपुरको कला, संस्कृति, सम्पदा एवं रहनसहन झल्काउने १०० भन्दा बढी तस्बिरहरू राखिएको उक्त प्रदर्शनी कार्यक्रम असार १ गतेसम्म जारी रहनेछ ।
Leave a Reply