भर्खरै :

लोकेश्वर साकोसबाट सरसफाइ कार्यक्रम

लोकेश्वर साकोसबाट सरसफाइ कार्यक्रम

भक्तपुर, ३० जेठ । लोकेश्वर बचत तथा ऋण सहकारी संस्था लि.को आयोजनामा सिथिः नखाको अवसरमा भक्तपुर नगरको सम्पदाका रूपमा रहेको कालदह (कालिदह) सरसफाइ कार्यक्रम सम्पन्न भयो ।
संस्थाका अध्यक्ष राजन जतिले उक्त सरसफाइ कार्यक्रमको औपचारिक कार्यक्रममा सहकारी संस्था समुदायमा आधारित हुने भएकोले वित्तीय कारोबारमा मात्र सीमित नभई सामाजिक उत्तरदायित्व बहन हुने किसिमका कार्यहरू पनि गर्नुपर्ने विचार राख्नुभयो ।
नगरपालिकाको एक सहकारी एक सम्पदाअन्तर्गत लोकेश्वर साकोसले वार्षिकरूपमा विभिन्न सम्पदा स्थलहरूको सरसफाइ गर्दै आएको र आज पनि सिथि नखःको अवसर पारेर सरसफाइको कार्यक्रम आयोजना गरेको उहाँले बताउनुभयो । सामाजिक सङ्घ, संस्था, विद्यालयहरूले पनि यस प्रकारको सरसफाइ कार्यलाई निरन्तर गर्दै जानुपर्ने कुरा राख्दै कार्यक्रम सफल पार्न पाल्नुहुने सम्पूर्णमा धन्यवाद प्रकट गर्नुभयो ।
संस्थाका विभिन्न समिति, उपसमितिका पदाधिकारी, कर्मचारी तथा स्थानीय जनताको उल्लेख्य सहभागी रहेको उक्त सरसफाइ कार्यक्रममा कोषाध्यक्ष पुण्यराम स्वंगमिखाले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *