भर्खरै :

मनोरोगसम्बन्धी अभिमुखीकरण कार्यक्रम

मनोरोगसम्बन्धी अभिमुखीकरण कार्यक्रम

भक्तपुर, ३० जेठ । भक्तपुर नगरपालिका वडा नं. १ को आयोजना तथा ख्वप अस्पतालको प्राविधिक सहयोगमा भनपा १ वडा कार्यालयमा मनारोगसम्बन्ध्ी अभिमुखीकरण कार्यक्रम सम्पन्न भयो ।
कार्यक्रममा मनोरोग विशेषज्ञ डा. विश्वबन्धु शर्माले देशको कुल जनसङ्ख्यामध्ये १२ प्रतिशत जनसङ्ख्या कुनै न कुनै किसिमको मानसिक रोगबाट पीडित रहेको बताउँदै मानसिक रोगीलाई परिवारको सहयोग तथा चिकित्सकको परामर्शमा नियमित औषधि सेवामार्फत निको हुने जानकारी दिनुभयो ।
उहाँले मानसिक रोगीलाई अवहेलना गर्न नहुने बताउँदै उहाँले रोगीहरूको मनोबल बढाउन व्यवहारिक वातावरण बनाउनु आवश्यक रहेको चर्चा गर्नुभयो । हाल समाजमा कम उमेरका बालबालिकाहरूदेखि कक्षा ११÷१२ मा अध्ययनरत विद्यार्थीहरूमा समेत मनोरोग देखिन थालेको जानकारी दिँदै उहाँले सुस्तमनस्थिति भएका बालबालिकाहरूलाई विद्यालयमा छुट्टै कक्षा कोठाको व्यवस्था गरी छुट्टै पाठ्यक्रम बनाई अध्ययन गर्न दिनु उपयुक्त हुने बताउनुभयो ।
भनपा वडा नं. १ का वडाध्यक्ष श्यामकृष्ण खत्रीले भक्तपुर नगरपालिकाबाट नगरवासीहरूलाई स्वस्थ बनाउन स्वास्थ्य सेवाको उपलब्धताको लागि वडा–वडामा आधारभूत स्वास्थ्य केन्द्रहरू स्थापना गरी ल्याबसहितको सेवा सञ्चालन, घरदैलो नर्सिङ सेवालगायत समय समयमा स्वास्थ्य शिविर आयोजना गर्दै आएको जानकारी दिनुभयो । उहाँले युवाहरू बिदेसिनुमा देशमा रोजगारीको अवसर नपाउनु मुख्य कारण हो भन्नुभयो ।
भनपा १ का वडा सदस्य सूर्यप्रसाद श्रेष्ठ र स्थानीय समाजसेवी कृष्णबहादुर दुगुजुले पनि बोल्नुभएको थियो । कार्यक्रममा स्थानीय विद्यालयका शिक्षक शिक्षिका, स्वास्थ्यकर्मी, वडावासी महिला, युवा र विद्यार्थीहरूको उल्लेख्य सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *