यिङस्युमा वैशाख १२ को सम्झना
- बैशाख ११, २०८३
हरेकजसो दलमा पुराना तथा नयाँ नेता–कार्यकर्ताहरू हुन्छन् । नेता तथा कार्यकर्ताहरूले नै आ–आफ्नो दलको सिद्धान्त र विचार जनतामाझ पु¥याएका हुन्छन्; जनतालाई सुसूचित पारेका हुन्छन् । जनतालाई सुसूचित पार्न देश–विदेशका या राष्ट्रिय अन्तर्राष्ट्रिय परिवेश, घटना र आन्दोलनको कुरा थाहा हुनुपर्छ, थाहा हुन दिनुपर्छ । त्यसको लागि विभिन्न पुस्तक या सन्दर्भ ग्रन्थहरूको अध्ययन गर्नुपर्छ । अध्ययनको अनुभव जनताको बस्ती बस्ती या घर आँगनमा नपु¥याई जनता सुसूचित हुनेछैनन्; जनताको सांस्कृतिक स्तर उठ्नेछैन । कम्युनिस्ट पार्टीका नेताहरू आफ्ना कार्यकर्ताहरूलाई अध्ययन गर्न जोड दिन्छन् । अध्ययन गर्न हरेक कार्यकर्ताको घरमा पुस्तकालयमा जस्तो अध्ययन गर्ने सामग्री हुनुपर्ने उनीहरूको जोड हो । किताब किन्ने, थन्काउने तर अध्ययन नगर्ने बानी कति कार्यकर्ताहरूमा छ । कुनै कार्यकर्ता अध्ययन गर्छन् तर कार्यकर्तासामु बताउँदैनन् । कुनै मरिमेटी दुःख गर्छन् तर अध्ययन गर्दैनन् । यसको कारण कति कार्यकर्ताहरूले जस पाउँदैनन् या दुःख गर्दाको सहानुभूति पाउँदैनन् ।
पार्टीमा कार्यकर्ताहरूले निःस्वार्थ भावले इमानदारीपूर्वक काम गरेका हुन्छन् । त्यस्ता कार्यकर्तालाई निरास बनाउन, बाटो छोडाउन, बिगार्न या अर्कै बाटोमा लान अनेक षड्यन्त्र गरेका हुन्छन्; अनेक जाल फालेका हुन्छन् । टोलका जाली फटाहाहरूले कति कार्यकर्तालाई प्रशंसा गर्दै बिगार्छन् या बिगार्ने प्रयास गरेका हुन्छन् । प्रशंसा गरेपछि कति कार्यकर्ता मख्ख पर्छन् । अरुले किन प्रशंसा गरे भन्ने कुरा कार्यकर्ताले चाल पाउँदैनन् । देश विदेशको कम्युनिस्ट आन्दोलन र कम्युनिस्ट पार्टीमा एकले अर्काको खुट्टा तान्ने, खुट्टा तानेर खसाल्ने, एकले अर्काेलाई पछार्ने, अनेक आरोप प्रत्यारोप गरेर बदनामको प्रयास गर्ने, पार्टीबाट निकाल्ने र हत्या गर्ने प्रयाससमेत नभएका होइनन् । यसका लागि कहिले साथीको बहाना, कहिले पुराना नेताको बहाना या कहिले आफू पनि कम्युनिस्ट पार्टीमा आबद्ध भएर सेवा गर्ने बहानामा साथी भाइसँग भिज्दै पार्टीमा प्रवेश गरेका हुन्छन् या घुसेका हुन्छन् । कति कम्युनिस्ट भन्ने नेताहरू घुसेर पार्टीको बदनाममात्र होइन कम्युनिस्ट पार्टीकै लाइनविपरीत काम गरेर कम्युनिस्ट पार्टीको बदनाम गर्ने र कम्युनिस्ट पार्टीको आन्दोलनलाई अन्यत्र मोड्ने प्रयास पनि नभएको होइन । यस्ता सबै सवाल र सन्दर्भमा नेता तथा कार्यकर्ता सुसूचित हुनुपर्छ, चनाखो हुनुपर्छ ।
हाम्रो ध्यान पार्टी कार्यकर्ताका साथै पार्टी सदस्य नभएका कार्यकर्ताहरूमा पनि जानुपर्छ । पार्टीभन्दा बाहिर पनि सुयोग्य मानिसहरू हुन्छन् । कम्युनिस्ट पार्टीले कहिल्यै तिनको बेवास्ता गर्नुहुँदैन । पार्टी कार्यकर्ता र पार्टी सदस्य नभएका कार्यकर्ताहरूलाई पनि घनिष्ठ सम्बन्ध राख्नुपर्छ । पुराना कार्यकर्ताले पुराना अनुभव सुनाएर नयाँ कार्यकर्तालाई हौस्याउने र नयाँ कार्यकर्ताले पुराना कार्यकर्ताहरूको सम्मान गर्दै अघि बढ्नुपर्छ । नयाँ कार्यकर्ताहरूमा देखिएका कमी कमजोरी हटाउन पुराना कार्यकर्ताले नयाँ कार्यकर्तालाई उत्साहित गर्नुपर्छ । नयाँ कार्यकर्ता अध्ययनशील, पढेलेखेको भए पनि उनीहरूमा पुरानो अनुभव नहुन सक्छ । नयाँ कार्यकर्ता ऊर्जाशील या क्रियाशील भए पनि सही बाटोमा जान पुराना कार्यकर्ताहरूको साथ लिनुपर्छ । पुरानो पुस्ताले नयाँ पुस्ता तयार गर्न सकेन या नयाँ कार्यकर्ता भएन भने पछि पार्टी सञ्चालनमा समस्या हुनसक्छ । एउटा इमानदार र योग्य कार्यकर्ता तयार गर्न १०/१५ वर्ष लाग्छ । त्यसरी तयार भएका कार्यकर्तालाई शत्रुले एकैछिनमा बिगार्न सक्छ या बिगार्न अनेक लोभ प्रलोभन देखाएर बिगार्न सक्छ । यसकारण, चिनियाँ नेता माओ त्सेतुङले कार्यकर्ताहरूको हेरविचार गर्नुपर्छ भनेका थिए । सिद्धान्त र विचारअनुसार काम गराउन पार्टीले निर्देशन दिन्छ ताकि उनीहरूमा जिम्मेवारी बहन गर्ने ऊर्जा प्राप्त होस् । यो एक हिसाबले समयोचित निर्देशन हो ।
कार्यकर्ताहरूको राजनीतिक, वैचारिक र सांस्कृतिक स्तर उठाउनुपर्छ । राजनीतिक तथा सांस्कृतिक स्तर नभएर पनि कति काम बिग्रिएको हुन्छ । तर, ती कार्यकर्ताहरूले जानीजानी गल्ती गरेका हुँदैनन् । त्यसकारण, उनीहरूलाई अध्ययन गर्ने अवसर दिएर शिक्षित पार्नुपर्छ भनिएको हो या उनीहरूको सैद्धान्तिक स्तर र काम गर्ने क्षमता बढाउनुपर्छ । कार्यकर्ताहरूले गर्ने हरेक कामको निरीक्षण गरिरहनुपर्छ । उनीहरूले सही गरिरहेका छन् या गलत जाँचबुझ गरिरहनुपर्छ । उनीहरूबाट कहीँकतै गल्ती भएको छ भने सुधार्ने मौका दिनुपर्छ या आलोचना, प्रत्यालोचना गरेर सुधार्नुपर्छ । भूल सच्याउनुपर्छ । कार्यकर्ताहरूमा सङ्कट आइप¥यो, आपत्विपत् भयो भने सक्ने सहयोग गर्नुपर्छ । इमानदारीपूर्वक आफ्नो जिम्मेवारी निर्वाह गरिरहेका कार्यकर्ताहरूलाई निरास बनाउने वातावरण बनाउनु हुँदैन । यसकारण, पार्टीले कार्यकर्ताहरूलाई एकगठ गर्न, देशको एक योग्य नागरिक तयार गर्न पहल गरिरहेको हुन्छ । कार्यकर्तामा राजनीतिक दिशा निश्चित भएपछि उनीहरू सक्रिय र मेहनती हुन्छन्† पार्टी अनुशासनमा बस्छन् र जनतामाझ निरन्तर खटिरहन्छन् ।
Leave a Reply