भर्खरै :

जीवन सुनिश्चित गर्न आदन निकेतनको व्यवस्था

संयुक्त राष्ट्र सङ्घका सबै सदस्य राष्ट्रले जून १२ लाई ज्येष्ठ नागरिकमाथि हुने दुव्र्यवहारविरुद्ध जनचेतना दिवसको रूपमा मनाउँदै आएको हो । यो दिवसमा ‘आपत्कालीन अवस्थामा ज्येष्ठ नागरिकलाई प्राथमिकता’ भन्ने नारा तय गरिएको छ । ज्येष्ठ नागरिकमाथि हुने दुव्यर्वहारविरुद्ध जनचेतना जगाउनु आवश्यक छ र आपत्कालीन अवस्थामा ज्येष्ठ नागरिकलाई प्राथमिकता दिनु जरुरी छ । यसलाई सम्बन्धित सबै सरोकारवाला पक्षले लागु गर्नुपर्छ । प्रत्येक वर्ष एउटा एउटा नारा तयार गरेर त्यो लागु हुँदैन भने ज्येष्ठ नागरिकहरू कसरी सुरक्षित हुन्छन् ? उनीहरूको आत्मबल कसरी बढ्छ ? ज्येष्ठ नागरिकहरूसँग जीवनका अनेक उतारचढाव, अनुभव, ज्ञान हुन्छ । उनीहरूसँग रहेको ज्ञान, सीप र अनुभव समाजको सम्पत्ति हो । त्यो नयाँ पुस्तामाझ बाँड्नुपर्छ ।
हरेक नागरिकको जीवन रक्षा गर्नु, जीवन सुनिश्चित गर्नु र ढुक्कसँग जीवन बिताउन पाउने व्यवस्था मिलाउनु राज्यको दायित्व हो । ज्येष्ठ नागरिकहरूको जीवन सहज ढङ्गले बिताउनको निम्ति सरकारले अनेक नियम नीति बनाएको हुन्छ । नीति नियम पढ्दा, हेर्दा राम्रो हुन्छ । तर, त्यो व्यवहारमा लागु हुँदैन । स्वास्थ्योपचार, खानपिन, रहनसहन, मनोरञ्जन, हिँडडूल गर्ने, शारीरिक अभ्यास, वैचारिक खुराक दिने काम भइरह्यो भने मन हलुका हुन्छ र हर्षित हुन्छ; जीवनमा निराशा हुँदैन; अनावश्यक चिन्ता हुँदैन । यसले गर्दा उनीहरू फूर्तिला, जाँगरिला र हर्ताकर्ता देखिन्छन् । जीवनलाई क्रियाशील बनाउन सके, उनीहरू स्वस्थ हुन्छन् र उनीहरूको आयु बढ्छ ।
ज्येष्ठ नागरिकहरू दुर्बल या अशक्त भएसँगै कति घर परिवारमा आवश्यक हेरविचार, खानपिन र औषधि उपचारको व्यवस्था हुँदैन । सन्तानले आफ्नो जिम्मेवारी पूरा नगर्दा र बेवास्ता गर्दा कति ज्येष्ठ नागरिकहरू अपहेलित भएका छन्; सन्तानले गर्नुपर्ने व्यवहार नगर्दा, हेरविचार नगर्दा असन्तुष्ट र निरास भएर बेपत्ता भएका छन्; कतिले आत्महत्यासमेत गरेका छन् । यस्तो दुर्दशा ज्येष्ठ नागरिकहरूले भोगिरहेको सुन्दा, हेर्दा जो कसैलाई चित्त दुख्छ । देश र जनताको सेवा गर्न खटिएका कार्यकर्ताहरूले त झनै आफ्ना आमाबुबाप्रति आवश्यक लालनपालन गर्नुपर्छ । यसतर्फ राज्यको पनि ध्यान जानुपर्ने हो ।
जन्मेदेखि नमरुञ्जेलसम्म मानिसको लागि जे जो गर्नुपर्छ; त्यो सबै राज्यले व्यवस्था गर्नुपर्छ । उनीहरूको निरन्तर स्वास्थ्य सेवा, खानपिन र अन्य मनोरञ्जनात्मक र ज्ञानबद्र्धक कुरा बताइरहनुपर्छ । राज्यले गाउँ गाउँ र टोल टोलमा आदर निकेतनको व्यवस्था गर्नुपर्छ । उनीहरूलाई हरेक दिन क्रियाशील बनाइरहनुपर्छ । उनीहरूको आस्था, विश्वास र मान मर्यादामा चोट पुग्ने या असर पर्ने खालको गतिविधि परिवार, समाज या अन्य निकायबाट हुन दिनुहुँदैन । उनीहरूको मनमा चोट पर्नु भनेको शारीरिक र मानसिक अवस्थामा ¥हास पु¥याउनु हो । यसले अनावश्यक चिन्ता बढ्छ । त्यही मानसिक चिन्ताले स्वास्थ्यमा नराम्रो असर पर्छ । ज्येष्ठ नागरिकहरूलाई आपत्मा या सङ्कटमा परेपछि मात्र सेवा गर्ने होइन । हरेक दिन उनीहरूको हेरविचार भइरहनुपर्छ ।
ज्येष्ठ नागरिकहरूको समस्या भनेको खानपिन, हेरविचार र स्वास्थ्य उपचारको कमी हो । तर, यस्तो समस्या सबै परिवारमा हुँदैन । ज्येष्ठ नागरिकहरूको सेवा सुसार गर्ने परिवारहरू पनि धेरै छन् । तर, सन्तानहरू काममा लाग्दा ज्येष्ठ नागरिकहरू घरमा एक्लै हुन्छन् । उनीहरू घरमा बस्दा लडेको, घाइते भएको थाहा हुँदैन । त्यसबेला चोटपटक लागेको हुन्छ; अङ्गभङ्ग भएको हुन्छ । कहिलेकाहीँ बेलैमा खबर थाहा नपाएर या उपचार गर्न नपाएर बितेको हुन्छ । अतः कुनै पनि सरकारले ज्येष्ठ नागरिक या अशक्तहरूको सवालमा आपत्कालीन अवस्थामा प्राथमिकता दिने र दुव्र्यवहार गर्न नदिन जनचेतना जगाउने काम गरेर मात्र पुग्दैन ।
यसकारण, राज्यले उनीहरूको निम्ति गाँस, बास र कपासको व्यवस्था गर्नुपर्ने हुन्छ । उनीहरूको जीवन सुरक्षाको निम्ति आदर निकेतनको व्यवस्था गर्नुपर्ने हुन्छ । दैनिक जीवनमा आइपर्ने उनीहरूको अनेक समस्या समाधान गर्न आवश्यक स्वास्थ्योपचार आदिको व्यवस्था गर्नुपर्छ । यो राज्यको दायित्व हो† यो राज्यले पूरा गर्नुपर्छ । यस्तो सबै व्यवस्था राज्यले गरेमात्र ज्येष्ठ नागरिकहरूको सम्मान हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *