यिङस्युमा वैशाख १२ को सम्झना
- बैशाख ११, २०८३
भक्तपुर, ८ असार । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भनपा–१ सल्लाघारीस्थित धाँलाखुसी फल्चाको शनिबार उद्घाटन गर्नुभयो ।
भनपा वडा नं. १ कार्यालयद्वारा आयोजित उक्त उद्घाटन कार्यक्रममा प्रमुख प्रजापतिले पुरानो शैलीका ध्वाका, मन्दिर, पाटी पौवा संरक्षणले नगरको पर्यटन विकासमा टेवा पुग्ने बताउँदै भक्तपुर नगरपालिकाले सम्पदा संरक्षणलाई प्राथमिकतामा राख्दै पुराना सम्पदाहरू पुनःनिर्माण गर्दै आइरहेको जानकारी दिनुभयो ।
उहाँले भक्तपुर नपामा जनप्रतिनिधिहरूले निर्वाचन घोषणापत्रमा उल्लेख भएअनुसारका कार्यहरू गएको २ वर्षमा अधिकांश पूरा गरिसकेको चर्चा गर्दै प्राविधिक कारणले ख्वप विश्वविद्यालय स्थापनालगायतका केही कार्य सुरु हुन नसकेको बताउनुभयो ।
भक्तपुर नगरमा बाह्य पर्यटकसँगसँगै आन्तरिक पर्यटनमा वृद्धि भइरहेको जानकारी दिँदै नगरलाई पर्यटनको लागि आकर्षक केन्द्र बनाई पर्यटनलाई आर्थिक स्रोतको रूपमा परिवर्तन गर्ने सोचले अगाडि बढिरहेको बताउनुभयो ।
भनपा–१ का वडाध्यक्ष श्यामकृष्ण खत्रीले वडामा भइरहेको विभिन्न सम्पदा संरक्षण तथा विकास निर्माण कार्यहरूको चर्चा गर्दै वडावासीहरूको सुविधाको लागि पुरानो बस्तीका करिब सबै गल्लीहरूमा ढुङ्गा छपाइ गर्ने कार्य सम्पन्न भइसकेको जानकारी दिनुभयो ।
समाजसेवी कृष्णबहादुर दुगुजुले भक्तपुर नगर प्रवेश गर्ने ठाउँमा रहेको हनुमन्ते खोला प्रदूषित भएको हुँदा खोला सुधार गरी हनुमन्ते खोला करिडोर व्यवस्थापन गर्नुपर्नेमा जोड दिनुभयो । भनपा १ का वडा सदस्य सूर्यप्रसाद श्रेष्ठ र महिला वडा सदस्य कल्पना शिल्पकारले पनि बोल्नुभएको थियो । उपभोक्ता समितिका कोषाध्यक्ष रमेश कोजुले पाटी निर्माणको आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
निर्माण सम्पन्न धाँलाखुसी पाटीको लागत इस्टिमेट रु. २५ लाख रहेकोमा खर्च रु. १५ लाख ९९ हजार ८ सयमा निर्माण सम्पन्न भएको उपभोक्ता समितिका कोषाध्यक्ष कोजूले बताउनुभयो ।
फल्चा उद्घाटनपश्चात् सो क्षेत्र वरिपरि वृक्षरोपण गरिएको थियो ।
Leave a Reply