भर्खरै :

सुर्खेतमा अन्तरक्रिया कार्यक्रम

सुर्खेतमा अन्तरक्रिया कार्यक्रम

सुर्खेत, ८ असार । नेपाल क्रान्तिकारी युवा सङ्घ सुर्खेतको आयोजनामा विश्व क्रान्तिका नायक चे ग्वेभाराको ९६ आँै जन्मदिवसको अवसरमा नेपाल क्रान्तिकारी युवा सङ्घद्वारा प्रकाशित ‘द युथ’ बुलेटिन २०८१, अङ्क –४ को अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो ।
आयोजक समितिका संयोजक गोविन्दनाथ योगीको सभापतित्वमा भएको कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य नर्मा गुरुङले अहिलेको नयाँ नयाँ प्रविधिको विकास, प्रयोग र व्यस्त दैनिकीका कारण अध्ययन गर्ने कार्यमा कमी आएको अवस्थामा नियमितरूपमा पार्टी प्रकाशनहरूको अन्तरक्रिया गर्दा पार्टी कार्यकर्ता र समर्थकहरूमा अध्यन संस्कृतिको विकास हुने बताउनुभयो । विश्व क्रान्तिका नायक चे ग्वेभारा अर्जेन्टिनामा जन्मेर क्युवाली क्रान्ति सम्पन्न गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने अन्तर्राष्ट्रवादी क्रान्तिकारी नेता भएको र क्रान्तिकै क्रममा बोलिभियामा हत्या गरिएका विश्व क्रान्तिका नायक चेको सङ्घर्षपूर्ण जीवनीबाट पाठ सिक्नुपर्ने बताउँदै उहाँले द युथ फोर्स पुस्तकको अन्तरवस्तुबारे चर्चा गर्नुभएको थियो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टी सुर्खेतका अध्यक्ष हरिबहादुर बोहोराले युवाहरू परिवर्तनको लागि सकृय हुनुपर्ने र तत्काल जनताको प्रजातन्त्र स्थापनाको लागि सङ्घर्ष गर्नुपर्ने बताउनुभयो ।
उक्त कार्यक्रममा नेपाल क्रान्तिकारी किसान सङ्घका केन्द्रीय सदस्य प्रेमकुमार थापा, नेपाल क्रान्तिकारी युवा सङ्घका केन्द्रीय सदस्य लालबहादुर थापा, नेपाल क्रान्तिकारी मजदुर सङ्घका केन्द्रीय सदस्य अकल राना, नेमकिपा कालीकोटका पूर्वअध्यक्ष ऐनबहादुर शाही, नेमकिपा सुर्खेतका पूर्वजिल्ला संयोजक पर्व कार्की, वीरेन्द्रनगर नगर समितिका उपाध्यक्ष गगनबहादुर शाही, नेपाल क्रान्तिकारी महिला सङ्घ सुर्खेतका अध्यक्ष तुल्सी खड्का, नेपाल क्रान्तिकारी मजदुर सङ्घ सुर्खेतका अध्यक्ष निरक शाही, कर्मचारी समाजका अङ्गबहादुर शाही, नेक्रायुसङ्घका खेमराज कँडेल र जगती योगीले पनि कार्यक्रमको विषयमा बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *