भर्खरै :

कैलाली र जुम्लामा शोभा प्रधानको स्मृतिसभा

कैलाली र जुम्लामा शोभा प्रधानको स्मृतिसभा

कैलाली, ८ असार । नेपाल क्रान्तिकारी महिला सङ्घ जिल्ला समिति कैलालीको आयोजनामा सङ्घका पूर्वकोषाध्यक्ष शोभा प्रधानको सम्झनामा शनिबार स्मृतिसभाको आयोजना भयो ।
सभामा नेमकिपाका केन्द्रीय सदस्य खगेन्द्रबहादुर शाहीले शोभा प्रधान एक असल शिक्षिका हुनुका साथै देश र समाजको सेवामा समर्पित भएर लाग्ने लगनशील र अनुकरणीय व्यक्ति भएको बताउनुभयो ।
नेमकिपा कैलालीका अध्यक्ष रमेशकुमार रावलले शोभा प्रधानको जीवनीबारे जानकारी दिँदै नेमकिपाको उद्देश्य पूरा गराउन लागिरहने एक असल नेतृ भएको बताउनुभयो ।
कार्यक्रममा लक्ष्मी पुन, ज्योति बडुवाल, गगनबहादुर थापा, देवी अधिकारी, तिलक सिजापतिलगायतले शोभा प्रधानप्रति श्रद्धाञ्जली अर्पण गर्नुभएको थियो । त्यस्तै नेपाल मजदुर किसान पार्टी जुम्ला जिल्ला समितिको आयोजनामा नेक्रामसङ्घका पूर्वकोषाध्यक्ष शोभा प्रधानको स्मरणमा शनिबार स्मृतिसभा भयो । उक्त सभामा नेमकिपा प्रदेश समिति सदस्य शिवलाल डाँगी, नेमकिपा जुम्ला अध्यक्ष पूर्णलाल खत्री, यज्ञबहादुर बुढथापा, सन्तबहादुर खत्रीले शोभा प्रधानको जीवनी र योगदानबारे चर्चा गर्नुभयो ।
सभाको सभापतित्व नेक्रामसङ्घ जुम्ला जिल्ला सदस्य अनुमति रावलले गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *