भर्खरै :

इरानका सर्वोच्च नेताद्वारा चुनावी उम्मेदवारहरूबिचको राष्ट्रपति बहसको प्रशंसा

इरानका सर्वोच्च नेताद्वारा चुनावी उम्मेदवारहरूबिचको राष्ट्रपति बहसको प्रशंसा

तेहरान, २२ जून (प्रेस टिभी) । इस्लामिक क्रान्तिका सर्वोच्च नेता आयतोल्लाह सैयद अली खामेनीले जुन २२, २०२४ का दिन तेहरानमा देशका न्यायिक अधिकारीहरूसँग भेट गर्नुभएको छ ।
इस्लामिक क्रान्तिका नेता अयातुल्लाह सैयद अली खामेनीले इरानको जुन २८ को चुनाव अघि राष्ट्रपति पदका उम्मेद्वारहरूबिचको टेलिभिजन बहसको प्रशंसा गर्नुभएको छ र उहाँहरूले छ जना प्रतिद्वन्द्वीहरूको राय र मतबारे इरानी जनतालाई परिचित गराएको बताउनुभएको छ ।
हेलिकप्टर दुर्घटनामा ज्यान गुमाउनुभएका राष्ट्रपति इब्राहिम राईसीलाई प्रतिस्थापन गर्न छोटो अभियानमा मतदान अघिको दिनमा योजना गरिएको पाँच बहसमध्ये तेस्रो इरानीहरूले रातभर हेरेपछि नेताले शनिबार बिहान देशका न्यायिक अधिकारीहरूसँगको बैठकमा उक्त टिप्पणी गर्नुभएको हो ।
आयतोल्लाह खामेनीले उम्मेदवारहरूलाई इरानका शत्रुहरूलाई खुसी पार्ने बयानहरू नगर्न चेतावनी दिनुभयो ।
“मेरो सल्लाह छ कि उम्मेदवारहरूले टिभीमा सँगै हुने यी छलफलहरू वा उनीहरूले सार्वजनिक वा व्यक्तिगत रूपमा प्रतिद्वन्द्वीलाई जित्नका लागि गरेका बयानहरूमा हाम्रा शत्रुहरूलाई खुसी पार्ने कुरा समावेश हुनुहुँदैन,” सर्वोच्च नेताले भन्नुभयो ।
उहाँले भन्नुभयो, “हामीले उच्चारण गरेका शब्दहरूले देश, राष्ट्र र प्रणालीको शत्रुहरूलाई खुसी पार्नुहुँदैन, यो स्वीकार्य छैन ।”
सर्वोच्च नेताले आयतोल्लाह सैय्यद मोहम्मद बेहेश्ती र उनका ७२ साथीहरूको शहादतको वार्षिकोत्सव अघि देशका न्यायिक अधिकारीहरूसित भेट गर्नुभएको हो । आजको दिनलाई इरानमा न्याय दिवसको रूपमा तोकिएको छ ।
आयतोल्लाह खामेनीले भने कि न्यायपालिकाले जनताले यसलाई न्यायको घर र अधिकार सुरक्षित गरिएको ठाउँको रूपमा देख्न सकिने गरी काम गर्नुपर्छ ।
“न्यायिक प्रणालीको मुख्य उद्देश्य कुनै पनि व्यक्तिको लागि भेदभाव वा विशेषाधिकारबिना न्याय सेवा सुनिश्चित गर्न साहसपूर्वक काम गर्नुपर्छ र यो गा¥हो भूमिका हो,” उहाँले भन्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *