यिङस्युमा वैशाख १२ को सम्झना
- बैशाख ११, २०८३
माक्र्सवाद–लेनिनवाद र माओ त्सेतुङ विचारधारा नेपाल मजदुर किसान पार्टीको मार्गनिर्देशक सिद्धान्त हो । यस मार्ग निर्देशक सिद्धान्तको आधारमा सङ्घर्षका विभिन्न रूपबाट जनताको प्रजातन्त्र हुँदै समाजवाद स्थापना गर्नु यसको उद्देश्य हो । देराको सार्वभौमिकता भूअखण्डता र स्वाधीनता शोषित पीडित जनताको न्यायपूर्ण स्घर्षमा साथ दिने र सर्वहारा अन्तर्राष्ट्रिय भावना बोकेर विदेशी थिचोमिचो, हस्तक्षेप र शोषणको विरोधमा लडिरहेका देश र जनताको पक्षमा साथ दिने, समर्थन गर्ने र ऐक्यबद्धता जनाउने पार्टीको उद्देश्य हो । सामन्तवाद, पँुजीवाद, फासीवाद, साम्राज्यवाद, वामपन्थी र दक्षिणपन्थी अवसरवाद, संशोधनवाद, अराजकतावाद, आत्मसमर्पणवाद र सङ्कीर्णतावादको विरोध गर्दै आएको नेमकिपा जनतालाई सचेत पार्दै समाजवादी प्रचार अभियानमा छ । यसरी नेमकिपा देश र जनताको पक्षमा सङ्घर्षरत छ । नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) का जीवनसङ्गिनी शोभा प्रधानको २०७९ असार ८ गते बुधबार निधन भएको थियो । नेपाल क्रान्तिकारी महिला सङ्घका केन्द्रीय सदस्यमा कार्यरत शोभा प्रधानको निधन भएको दुई वर्ष भयो ।
पञ्चायती राज्यस्तरको षड्यन्त्र ‘भक्तपुर काण्ड’ को विरोधमा डटेर लड्ने, महिलाहरूलाई आफ्नो हक अधिकारको निम्ति लड्ने, प्रोत्साहन गर्ने शोभा प्रधान हामीमाझ नरहे पनि उहाँको सङ्घर्षशील भावना, विचार, देश र जनताप्रति उहाँले पु¥याउनुभएको योगदान हामीमा सदा स्मरण भइरहेको छ । देश र जनताको सेवामा समर्पित आदर्शवादी नेतृ प्रधान दृढ र निःस्वार्थी हुनुहुन्थ्यो । निर्दोष नेता कार्यकर्तामाथि लागेको झूटा मुद्दाको विरोधमा कानुनी तथा राजनीतिक सङ्घर्ष गर्न पछि नपर्ने उहाँ न्यायप्रेमी जनताका प्रेरणाका स्रोत हुनुहुन्थ्यो । एक मिजासिला, सिद्धान्तनिष्ठ, नैतिकवान शोभा प्रधानको भावना र विचारलाई कार्यान्वयन गर्न लागिपर्नु प्रत्येक शिक्षक, महिला, युवा, विद्यार्थी, किसान, मजदुर, कर्मचारीहरूको कर्तव्य हो ।
उहाँको स्मरणमा शोकलाई शक्तिमा बदलेर देश र जनताको पक्षमा सङ्घर्षलाई चालु राख्नु सम्पूर्ण कार्यकर्ता, सदस्य, समर्थक तथा शुभचिन्तकहरूको जिम्मेवारी हो । पार्टीका कार्यकर्ता तथा विशेषगरी महिलामाझ सङ्घर्षशील र उदाहरणीय व्यक्तित्वका रूपमा परिचित शोभा प्रधानको लक्ष्य पूरा गर्नु नै उहाँप्रतिको सच्चा श्रद्धाञ्जली हुनेछ ।
पञ्चायती दमनको विरोधमा उहाँ शत्रुसामु नझुकी लड्नुभयो । पञ्चायती सरकारको राज्यस्तरीय षड्यन्त्रको चिरफार गर्न, जनतामाझ पु¥याउन र पार्टी निर्णय र निर्देशनलाई कार्यान्वयन गर्न उहाँ लागिपर्नुभयो । बहुदलीय व्यवस्था पुनः स्थापनापछि पार्टी र जनवर्गीय सङ्गठनको हरेकजसो कार्यक्रममा सरिक हुने उहाँ पेसाप्रति प्रतिबद्ध एक कुशल शिक्षिका, महिला कार्यकर्ताबिच प्रेरणाका स्रोत, पार्टी कार्यकर्ताबिच सङ्घर्षशील र उदाहरणीय व्यक्तित्व हुनुहुन्थ्यो । स्पष्ट विचार राख्ने, कसैले गरेको गल्ती या कमजोरी तुरुन्तै औँल्याउने, व्यक्तिगतभन्दा समुदायको चिन्ता लिने, महिलाहरूको स्वास्थ्य समस्या समाधान गर्न स्वास्थ्य शिविर सञ्चालनका अगुवा प्रधान सङ्कटको बेला पनि हरेश नखाई अघि बढ्ने निडर हुनुहुन्थ्यो । एक उत्साही, धैर्यवान, परिवर्तनकामी, सङ्घर्षशील, सरल, व्यवहारिक ज्ञान दिने शोभा प्रधानको विचार, सिद्धान्त र व्यवहारले कार्यकर्ताहरूलाई कर्तव्यबोध गराइरहेको अनुभव हुन्छ । शोभा प्रधान विद्यालयमा असल र योग्य शिक्षिका, उदाहरणीय गृहिणी हुनुहुन्थ्यो । देश र जनताको निःस्वार्थ र इमानदारीपूर्वक सेवा गर्नुपर्छ भनी प्रेरित गर्ने आफ्नो परिवार, विद्यालयमा सीमित नभई समाजप्रति समर्पित भएर सामाजिक उत्तरदायित्व बहन गर्ने देशभक्त हुनुहुन्थ्यो ।
नेमकिपा र जनताबिचको सम्बन्ध तोड्न पार्टी नेतृत्वलाई जनताबाट टाढा राख्न पञ्चायती व्यवस्थाले बुनेको राज्यस्तरको षड्यन्त्र जनतामाझ पु¥याउने काममा शोभा प्रधानको पनि महत्वपूर्ण देन थियो । व्यापक जनतालाई सचेत र सङ्गठित पार्टी देशमा आमूल परिवर्तन ल्याउन स्थापित नेपकिपाको लक्ष्य पूरा गर्न शोभा प्रधान कामदारवर्गका महिलाहरूको दुःख सुख काधमा काँध मिलाएर लाग्नुभयो । कामदार महिलाहरूको मुक्तिको बाटो वर्गसङ्घर्ष नै हो । समाजवादी बन्दोबस्तले मात्र श्रमिकवर्गका महिलाहरूको मुक्ति सम्भव हुन्छ । महिलाहरूलाई सङ्घर्षको बाटोमा हिँड्न अभिप्रेरित गर्ने र उत्साहित बनाउने उहाँको इतिहासमा स्मरणीय भइरहनेछ ।
Leave a Reply