भर्खरै :

दुईदिने वित्तीय प्रतिवेदन तालिम सम्पन्न

दुईदिने वित्तीय प्रतिवेदन तालिम सम्पन्न

भक्तपुर, १६ असार । भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी सङ्घ लि.को संस्थागत विकास उपसमितिको आयोजनामा भक्तपुरमा दुई दिवसीय नेपाल वित्तीय प्रतिवेदन NFRS (Nepal Financial Reporting Standard) तालिम सम्पन्न भयो ।
सङ्घका अध्यक्ष कृष्णगोविन्द लाखाजुले सहकारी ऐन २०७४ मा नै प्रचलित कानुनबमोजिमको मापदण्ड पालना गर्नुपर्ने व्यवस्था भएकोले पचास करोडभन्दा बढी निक्षेप सङ्कलन गर्ने संस्थाले एनएफआरएसबमोजिमको ढाँचामा लेखापरीक्षण गराउनुपर्ने बताउनुभयो ।
उहाँले वित्तीय कारोबार थप यथार्थपरक र अझ बढी स्पष्ट पार्न अन्तर्राष्ट्रियस्तरको प्रतिवेदन ढाँचा एनएफआरएसले गर्ने भएकोले संस्थाको जोखिमलाई न्यूनीकरण गरी दीगो सहकारी संस्था विकासमा टेवा पुग्ने बताउनुभयो ।
सङ्घको उपसमितिका सदस्य बिकुलाल सुवालले एनएफआरएसमा प्रतिवेदन बनाउने काम व्यवस्थापनको भएकोले व्यवस्थापनलाई दक्षता अभिवृद्धि गर्न तालिमको आयोजना गरेको बताउनुभयो । उहाँले संस्थाका व्यवस्थापन प्रमुख र लेखा प्रमुखलाई आफ्नो संस्थाको लेखापरीक्षण प्रतिवेदनलाई एनएफआरएस ढाँचामा परिवर्तन गर्न सकोस् भनी दुईदिने प्रयोगात्मक तालिम सञ्चालन गरेको बताउनुभयो ।
सङ्घका व्यवस्थापक बालकृष्ण धोजुले तालिमलाई व्यवहारिक बनाउन नमुना वित्तीय प्रतिवेदनमा दुई दिन प्रयोगात्मक सिकाइ गरी सङ्घ संस्थाले आफ्नो वित्तीय विवरण आफै एनएफआरएस ढाँचामा परिणत गरी पुनः एक दिन सो परिवर्तन गरेको बारेमा प्रशिक्षण हुने बताउनुभयो ।
तालिमका सहजकर्ता आर. बराल एन्ड एसोसिएट्सका सञ्जन श्रेष्ठ, सरोज शर्मा र एच. पहाडी एन्ड एसोसिएट्सका सीए हुकुम पहाडीले एनएफआरएस ढाँचाको सहजीकरण गर्दै एनएफआरएसको ढाँचाबिनाको लेखापरीक्षण प्रतिवेदन र एनएफआरएसअनुसारको स्थिर सम्पत्तिलाई पहिचान गर्ने विधि तथा ¥हास प्रक्रिया, लगानी सम्पत्ति, पट्टा तथा भाडा, सहुलियत दरमा प्रदान गरिएको कर्जा, कर्जासम्बन्धी आम्दानी, कर्मचारी सुविधालगायतको विषयमा प्रयोगात्माक प्रशिक्षण दिनुभयो ।
तालिमको समापन समारोहमा सङ्घका वित्त तथा प्रशासन अधिकृत कृष्णश्वरी ह्यौँमिखाले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *