हर्मुजकेन्द्रित अमेरिकी आक्रमण अझ तीव्र
- श्रावण १, २०८३
भक्तपुर, १६ असार । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यमा भक्तपुर नगरपालिका र भक्तपुर पर्यटन विकास समितिको संयुक्त आयोजनामा सञ्चालित २० दिने स्थानीय पथप्रदर्शक पुनर्ताजगी तालिम समापन समारोह सम्पन्न भयो ।
उक्त कार्यक्रममा प्रमुख अतिथि प्रजापतिले स्थानीय पथप्रदर्शकहरू भक्तपुरको सूचना प्रवाहक र अनौपचारिक राजदूतको रूपमा रहने भएकोले भक्तपुर आउने स्वदेशी तथा विदेशीलाई सही र तथ्यपरक जानकारी दिनुपर्ने बताउनुभयो ।
उहाँले तालिमका प्रशिक्षकहरूले उहाँहरूको वर्षौँको अध्ययन र अनुभवबाट सिकेका ज्ञान र सीपलाई प्रशिक्षणको क्रममा स्थानीय पथप्रदर्शकहरूलाई दिइएको सीप आफ्नो कार्य क्षेत्रमा सदुपयोग गर्नुपर्नेमा जोड दिनुभयो । पथप्रदर्शकहरूले आफ्ना कमी कमजोरीहरूलाई सच्याउँदै नराम्रा बानी व्यहोरा छोडेर अनुशासित र मर्यादितरूपमा पर्यटकहरू सही र जानकारीमूलक सूचना दिनुपर्ने बताउनुभयो । आन्तरिक र बाह्य पर्यटनलाई ध्यानमा राखेर सङ्कटको समयमा पनि हतोत्साहित नभई प्रतिकूलतालाई अनुकूलतामा बदलेर अगाडि बढ्नुपर्नेमा जोड दिँदै निरन्तर अध्ययन गर्नुपर्ने बताउनुभयो ।
देशको सांस्कृतिक सम्पदा पर्यटनको आधारको रूपमा रहेको भए तापनि तीन तहका सरकार र सरोकारवाला कार्यालयहरूबिच समन्वय र सहकार्य हुन नसक्दा २०७२ सालको विनाशकारी भूकम्पले क्षति पु¥याएका देशका धेरै सम्पदाहरू हालसम्म पनि पुनर्निर्माण हुन नसकेकाले पर्यटन उद्योगको विकासमा नकारात्मक प्रभाव परिरहेको उहाँले जानकारी गराउनुभयो ।
भक्तपुर नगरपालिकाले पर्यटनको आधारको रूपमा रहेका मूर्त र अमूर्त सांस्कृतिक सम्पदाहरू संरक्षण गर्दै पर्यटन उद्योगको लागि आवश्यक सीपयुक्त जनशक्ति तयार पार्न विभिन्न भाषा र सीपमूलक तालिम प्रदान गर्दै आएको उहाँले जानकारी गराउनुभयो ।
कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वसन्त भट्टराईले पर्यटन आर्थिक आयआर्जनको मात्र साधन नभई सांस्कृतिक आदानप्रदानको माध्यम रहेको बताउँदै स्थानीय पथप्रदर्शकहरूले सभ्य र सुसंस्कृत व्यवहारबाट पाहुनाहरूलाई सेवा दिनुपर्ने बताउनुभयो ।
नेपाल, इतिहास, संस्कृति तथा पुरातत्व विभागका प्रमुख महेशकुमार आचार्यले भक्तपुर आदर्श र अनुकरणीय नगरको रूपमा रहेको स्मरण गर्दै स्थानीय पथप्रदर्शकहरूले देशको सम्पदा, इतिहास, संस्कृति र पुरातत्वबारे राष्ट्रिय र अन्तर्राष्ट्रिय पर्यटकहरूलाई सही सूचना प्रवाह गर्दै भक्तपुरको छविलाई अझ उज्यालो पार्ने विश्वास व्यक्त गर्नुभयो ।
समापन समारोहका सभापति एवम् भक्तपुर नगरपालिका वातावरण तथा पर्यटन समितिका संयोजक रवीन्द्र ज्याख्वले भक्तपुरका सबै स्थानीय पथप्रदर्शकहरूले दिने सूचना र जानकारीमा एकरूपता हुनुपर्ने, मूर्त र अमूर्त सम्पदाको सूचना जारी गर्दा भौतिकवादी दृष्टिकोणले यसका निर्माणकर्ता कलाकारहरूको योगदानलाई प्रकाश पार्नुपर्ने र स्थानीय र बाह्य पर्यटन दुवैलाई जोड दिनुपर्ने विचार व्यक्त गर्नुभयो ।
स्थानीय पथप्रदर्शक परिचालन समितिका संयोजक गौतमप्रसाद लासिवाले यो बीसदिने पुनर्ताजगी तालिम अन्त्न्दा पृथक, प्रभावकारी, उपयोगी र व्यवहारिक भएको बताउँदै यसका प्रशिक्षकहरू सबै जना आ—आफ्नो क्षेत्रका विज्ञ र अनुभवीहरू रहेको हुँदा प्रशिक्षार्थीहरूले प्रशिक्षणमा सिकाइएका सीप र ज्ञानलाई पथप्रदर्शकहरूले कार्य क्षेत्रमा सदुपयोग गरी पर्यटन उद्योगको विकासलाई योगदान दिनुपर्नेमा जोड दिनुभयो ।
भक्तपुर पर्यटन विकास समितिका अध्यक्ष दिपेशराज शर्माले भक्तपुर नगरपालिकाको स्थानीय पथप्रदर्शक व्यवस्थापन र परिचालन अन्य पर्यटकीय स्थलहरूको लागि सिकाइको विषय भएकोले तालिम प्राप्त स्थानीय पथप्रदर्शकहरूले उदाहरणीय काम गर्नुपर्ने बताउनुभयो ।
भक्तपुर नगरपालिका वातावरण तथा पर्यटन समितिका सदस्य मञ्जुमैँया लाखाले सञ्चालन गरेको कार्यक्रममा प्रशिक्षार्थीको तर्फबाट विष्णुप्रसाद सुवालले पनि बोल्नुभएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि सुनिल प्रजपातिले भक्तपुर स्थानीय पथप्रदर्शकहरूको बीसदिने पुनर्ताजगी तालिममा सहभागी प्रशिक्षार्थीहरू ५० जनालाई प्रमाणपत्र र प्रशिक्षकहरू २३ जनालाई सम्मानपत्र वितरण गर्नुभएको थियो ।
Leave a Reply