भर्खरै :

चिनियाँ राष्ट्राध्यक्ष सी अस्तानामा

चिनियाँ राष्ट्राध्यक्ष सी अस्तानामा

पेइचिङ, २ जुलाई (सीआरआई) । कजाकिस्तान गणतन्त्रका राष्ट्राध्यक्ष टोकात्को निमन्त्रणामा स्थानीय समयअनुसार जुलाई २ का दिन दिउँसो चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङ साङ्घाई सहयोग सङ्गठनका सदस्य राष्ट्र प्रमुखहरू परिषद्को २४ औँ बैठकमा भाग लिन र कजाकिस्तानको राजकीय भ्रमण गर्न विशेष विमानबाट अस्ताना पुग्नुभएको छ ।
सी चिनफिङले विमानस्थलमा चिनियाँ सरकार र जनताको तर्फबाट कजाकिस्तानका मित्रवत जनतालाई हार्दिक अभिवादन र शुभकामना व्यक्त गर्दै लिखित भाषण दिनुभयो ।
सी चिनफिङले भन्नुभयो, “चीन–कजाकिस्तान मित्रताको लामो इतिहास छ । ११ वर्ष पहिले पहिलोपटक कजाकिस्तानमा ‘सिल्क रोड इकोनोमिक बेल्ट’ संयुक्तरूपमा निर्माण गर्ने पहल प्रस्ताव गरेको थिएँ । हाल चीन र कजाकस्तानले ‘बेल्ट एन्ड रोड’ इनिसिएटिभको संयुक्त निर्माणमा फलदायी नतिजा हासिल गरेका छन् । म चीन–कजाकिस्तान सम्बन्ध र साझा चासोका अन्तर्राष्ट्रिय तथा क्षेत्रीय मुद्दाहरूमा राष्ट्रपति तोकायेभसँग गहिरो विचार आदानप्रदान गर्न उत्सुक छु, जसले गर्दा चीन–काजाकिस्तान स्थायी व्यापक रणनीतिक विकासको लागि नयाँ खाका तयार गर्न सकिन्छ ।”
चीन–कजाकिस्तान सहयोगसम्बन्धी चिनियाँ राष्ट्राध्यक्ष सीको लेख प्रकाशित
जुलाई २ का दिन कजाकिस्तानको राजकीय भ्रमणको अवसरमा चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले कजाख प्रवदा अखबार र कजाख अन्तर्राष्ट्रिय समाचार समितिमा ‘चीन–कजाकिस्तान सम्बन्धमा नयाँ अध्याय जारी’ शीर्षकको लेख प्रकाशित गर्नुभएको छ ।
राष्ट्राध्यक्ष सीले लेखमा यसरी भन्नुभयो, यस भ्रमणमार्फत कजाकिस्तानका राष्ट्रपति टोकायेभसँगै मिलेर परम्परागत मित्रताको निरन्तरता दिँदै जाने इच्छा लिएको छु ।
दुवै पक्षले चौतर्फी सहयोगलाई प्रगाढ बनाउनुका साथै चीन–कजाकिस्तान सम्बन्धको भविष्यका लागि नयाँ व्यवस्था र योजना बनाएर चीन–कजाकिस्तान स्थायी व्यापक रणनीतिक साझेदारी सम्बन्धलाई नयाँ स्तरमा पुर्याउने आशा पनि उहाँले व्यक्त गर्नुभएको छ ।
चिनियाँ राष्ट्राध्यक्षको पद सम्हालेयता सी चिनफिङको यो पाँचौँ कजाकिस्तान भ्रमण हो ।
यसपटक कजाकिस्तानमा हुने राष्ट्राध्यक्ष सीको एजेन्डाको अर्को महत्वपूर्ण विषय भनेको साङ्घाई सहयोग सङ्गठनको शिखर सम्मेलनमा भाग लिनु हो । उहाँले विभिन्न पक्षको साझा प्रयासबाट अस्ताना शिखर सम्मेलन पूर्णरूपमा सफल हुने विश्वास पनि व्यक्त गर्नुभयो । साङ्घाई सहयोग सङ्गठन परिवारलाई थप एकताबद्ध बनाउँदै साङ्गठनिक सहयोगको नयाँ अध्याय खोल्ने विश्वास पनि गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *