पश्चिमा लोकतन्त्रको कन्तबिजोग
- आश्विन १८, २०८१
सुधारवादी मसुद पेजेस्कियान इरानको नयाँ राष्ट्रपतिमा निर्वाचित भएका छन् र कट्टरपन्थी नेता सइद जलिलीलाई दोस्रो चरणको चुनावमा पराजित गरेका छन् । जलिलीको १ करोड ३० लाखभन्दा बढी मतको तुलनामा पेजेस्कियानले ३ करोडभन्दा बढी मतमध्ये १ करोड ६० लाखभन्दा बढी मत प्राप्त गरे । यो महत्वपूर्ण घटनाले इरान र व्यापक मध्यपूर्वका लागि दूरगामी परिणामहरू बोकेको छ ।
नयाँ सुरुवात : इरानको लागि पेजेस्कियानको दृष्टिकोण
विजेता घोषित भएपछि आफ्नो पहिलो टिप्पणीमा आफ्नो मध्यपन्थी र सुधारवादी अडानका लागि परिचित पेजेस्कियानले सबै इरानी जनताको सेवा गर्ने आफ्नो प्रतिबद्धतामा जोड दिए । “तपाईँको साथ, सहानुभूति र विश्वासबाहेक अगाडिको बाटो सहज हुनेछैन,” उनले सामाजिक सञ्जाल एक्समा एक ट्वीटमा भने । “म तपाईँतर्फ मेरो हात फैलाउँछु र मेरो सम्मानको कसम खान्छु कि म तपाईँलाई यो बाटोमा एक्लै छोड्ने छैन । मलाई एक्लै नछोड्नुहोस् ।”
पूर्व मुटुका शल्यचिकित्सक र इरानी संसद्को लामो समय सदस्य पेजेस्कियानलाई वाइल्डकार्ड उम्मेदवारको रूपमा हेरिन्छ जसले ‘एकता र ऐक्यबद्धता’ र विश्वबाट इरानको ‘पृथकता’ को अन्त्य गर्ने वाचा गरेका छन् । उनको विजयलाई लिएर उनका समर्थकहरूले ठुलो उत्सव मनाएका छन् । सामाजिक सञ्जालमा अपलोड भएका भिडियोहरूमा इरानी युवाहरू तेहरान र अन्य सहरहरूमा आफ्नो अभियानको हरियो झन्डा फहराउँदै नाचिरहेका देखिन्छन् ।
पेजेस्कियानको प्रशासनको लागि प्राथमिक चुनौतीहरूमध्ये एक पश्चिमी देशहरूसँग सम्बन्धको प्रबन्धन रहेको छ । विशेषगरी संयुक्त व्यापक कार्य योजना (JCPOA) लाई सामान्यतया इरान आणविक सम्झौताको रूपमा जानिन्छ । प्रारम्भिकरूपमा २०१५ मा हस्ताक्षर गरिएको सम्झौताले आर्थिक प्रतिबन्धहरू हटाउने बदलामा इरानको आणविक क्षमतालाई सीमित गर्ने लक्ष्य राखेको थियो । यद्यपि, यो सम्झौताले विशेषगरी राष्ट्रपति डोनाल्ड ट्रम्पको नेतृत्वमा २०१८ मा संयुक्त राज्य अमेरिकाको फिर्तीपछि महत्वपूर्ण अवरोधहरूको सामना गर्यो ।
संयुक्त व्यापक कार्य योजना (JCPOA) को भविष्य निर्धारण गर्न पेजेस्कियानको दृष्टिकोण सम्भवतः निर्णायक हुनेछ । कूटनीतिक वार्तालाई दिशानिर्देश गर्ने उनको सफलता सम्झौतालाई पुनर्जीवित गर्न वा पुनः वार्ता गर्नको लागि महत्वपूर्ण हुनेछ, जसले इरानको अर्थतन्त्रलाई स्थिर बनाउन र अन्तर्राष्ट्रिय विश्वास पुनर्निर्माण गर्न मद्दत गर्नेछ । नयाँ राष्ट्रपतिले राष्ट्रिय सार्वभौमसत्ता कायम राख्ने र आणविक मोर्चामा अर्थपूर्ण प्रगति हासिल गर्न पश्चिमी राष्ट्रहरूसँग रचनात्मकरूपमा संलग्न हुने बिचमा नाजुक सन्तुलन कायम गर्नुपर्छ ।
घरेलु आर्थिक समस्याहरू सम्बोधन गर्दै
अन्तर्राष्ट्रिय प्रतिबन्धहरू, कुप्रबन्धन र कोभिड–१९ महामारीबाट गम्भीररूपमा प्रभावित इरानको अर्थतन्त्र पेजेस्कियानको प्रशासनको लागि मुख्य ध्यान केन्द्रित गर्नुपर्ने विषय हुनेछ । उच्च मुद्रास्फीति, बेरोजगारी र मुद्रा अवमूल्यन व्यापक जनअसन्तुष्टि र विरोधको कारण बनेको छ ।
यी चुनौतीहरूलाई सम्बोधन गर्न पेजेस्कियनले व्यापक आर्थिक सुधारहरू लागू गर्न आवश्यक छ । यसमा वित्तीय व्यवस्थापनमा सुधार, भ्रष्टाचार न्यूनीकरण र विदेशी लगानी आकर्षित गर्ने समावेश छ । प्रविधि, कृषि र उत्पादन क्षेत्रको वृद्धिलाई बढावा दिई तेल निर्भरताभन्दा बाहिर अर्थतन्त्रलाई विविधीकरण गर्दै दीर्घकालीन स्थायित्वका लागि पहल आवश्यक हुनेछ । यसका अतिरिक्त, जन असन्तुष्टि र निरासालाई कम गर्नका लागि सामाजिक कल्याणका कार्यक्रमहरू बढाउन र आयको असमानतालाई सम्बोधन गर्न पनि आवश्यक हुनेछ ।
इरानी समाजले सामाजिक परिवर्तनको माग राखी आवाज उठाइरहेको बेला पेजेस्कियानको विजय भएको हो । महिला अधिकार, अभिव्यक्ति स्वतन्त्रता र राजनीतिक सहभागिताजस्ता मुद्दाहरू सार्वजनिक बहसको अग्रपङ्क्तिमा छन् । पेजेस्कियनको मध्यपन्थी अडानले उनलाई सुधारका लागि यी मागहरू सम्बोधन गर्न बाध्य पार्छ ।
उनले इरानको राजनीतिक वातावरणको वास्तविकतासँग ठुलो सामाजिक स्वतन्त्रता र मानव अधिकारको आकाङ्क्षालाई सन्तुलनमा राख्नुपर्छ । यसमा मिडिया र इन्टरनेट पहुँचमा प्रतिबन्धहरू खुकुलो पार्ने, कार्यकर्ता र असन्तुष्टहरूलाई निष्पक्ष व्यवहार सुनिश्चित गर्ने र सार्वजनिक जीवनका विभिन्न पक्षहरूमा लैङ्गिक समानताको प्रवद्र्धन समावेश हुनसक्छ । यी सुधारहरू सफलतापूर्वक व्यवस्थापन गर्न सरकार र नागरिकहरूबिच विश्वास निर्माण गर्न महत्वपूर्ण हुनेछ ।
मध्यपूर्वको भूराजनीतिक गतिशीलतामा प्रभाव
इरानी राष्ट्रपति चुनावको नतिजाले मध्यपूर्वको भूराजनीतिक गतिशीलतामा ठुलो प्रभाव पार्नेछ । पेजेस्कियानकोे क्षेत्रीय रणनीति नजिकबाट हेरिनेछ । कूटनीतिक संलग्नता र द्वन्द्व समाधानतर्फ परिवर्तनले मध्यपूर्वमा सहयोग र शान्ति निर्माणका लागि नयाँ बाटो खोल्न सक्छ । यसको विपरीत क्षेत्रीय द्वन्द्वले क्षेत्रीय अस्थिरतामा योगदान पु¥याउन सक्छ ।
निष्कर्षमा, जून २८ मा भएको इरानी राष्ट्रपतिको निर्वाचनले इरान र व्यापक मध्यपूर्वका लागि महत्वपूर्ण समयको सङ्केत गर्छ । पेजेस्कियानले पदभार ग्रहण गरेपछि विश्वले कसरी जटिल समस्याहरू र आफ्नो नेतृत्वमा राष्ट्रको भावी मार्गलाई मार्गनिर्देश गर्छ भनेर हेर्नेछ ।
सबै इरानीहरूको सेवा गर्ने उनको प्रतिबद्धता र उनको सहानुभूति र सहयोगको प्रतिज्ञाको परीक्षण हुनेछ किनभने उनले यस परिवर्तनकारी अवधिमा देशको नेतृत्व गर्नेछन् । आगामी महिनाहरूमा गरिने निर्णयहरूले इरानको घरेलु र विदेश नीतिलाई वर्षौँसम्म आकार दिनेछ ।
(एडम ओ. एरोल, सीजीटीएनको लागि वर्तमान मामिलामा एक विशेष टिप्पणीकार, एक प्रतिष्ठित स्तम्भकार र चीन, मध्यपूर्व र टर्कीएको विदेश नीति मामिलामा विशेषज्ञ हुन् । उनको पृष्ठभूमिमा पत्रकारिता र राजनीति पनि रहेको छ ।)
– सीजीटीएन अनलाइनबाट
अनुवाद : प्रकाश
Leave a Reply