प्यालेस्टिनी महिलाले इजरायली जेलमा भोगेको दुव्र्यवहार र अपमानजनक अवस्थाबारे बयान
- आश्विन २९, २०८३
हालै एक टेलिभिजनको संवाद कार्यक्रममा नेपाली काङ्ग्रेसका युवा नेता गगन थापाले बेलायतमा लेबर र कन्जरवेटिभ पार्टीजस्तो, अमेरिकामा रिपब्लिकन र डेमोक्रेटिक पार्टीले जस्तो पालैपालो दुईदलीय तानाशाही शासन व्यवस्था चलाएजस्तो नेपालमा पनि गर्नुपर्ने बताए । टेलिभिजनका पत्रकार भुषण दाहालसँगको टेलिभिजन कार्यक्रममा उनले ‘साना साना दलको दोकान बन्द गराइदेऔँ, उनीहरू कोही घण्टी बजाएर आउँछन्, कोही मादल बजाएर आउँछन् र कोही डमरू बजाएर आउँछन् भनेका थिए । उनको यो भनाइप्रति सञ्चारमाध्यममा धेरै टीकाटिप्पणी भयो । नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवं वाग्मती प्रदेश सभासद सुरेन्द्रराज गोसाईले एउटा विचार र आदर्श बोकेर देश र जनताको हितमा अगाडि बढिरहेका दलहरू बन्द गर्ने भनेर थुतुनो चलाउनु त्यो प्रजातन्त्र र गणतन्त्रको भावनाविपरीत छ भनेका थिए । मादलको घिङताङ घिङताङको कर्णप्रिय सुरिलो आवाजले भने उनीहरूको दिमागमा ढ्याङ्ग्रो ठोकेको जनताले अनुभव गरेकै हुन् ।
काङ्ग्रेसी नेता थापाले ठुला शासक दलको दम्भ देखाएका छन् । उनले प्रजातन्त्र र लोकतान्त्रिक गणतन्त्रको लागि सयौँ, हजारौँ योद्धाहरू सहिद भएको बिर्सेका छन् । प्रजातन्त्र ल्याउन साना दलको कार्यकर्ता सहिद हुनुपर्ने, आन्दोलनमा होमिनुपर्ने, अब प्रजातन्त्र प्राप्त भएपछि साना दलका विचार र आदर्श चाहिदैन ? उनीहरूको सङ्कीर्ण सोच र प्रजातन्त्रविपरीतका अभिव्यक्तिको जनताले विरोध गरेका छन् ।
प्रजातन्त्रप्रति इमानदार र बफादार नेतालाई त्यस्तो भन्न सुहाउँदैन । उनीहरूको लागि नेपाल मजदुर किसान पार्टीलगायतका साना दलहरू घाँटीमा अड्केको हड्डी जस्तो भएका छन् । देशघात, भ्रष्टाचार, बेइमानी, अनैतिक काम गर्न खोज्दा नेमकिपाले आलोचना र विरोध गरेर सचेत गराएको थियो । त्यसरी सचेत गराउँदा गराउँदै स्वदेशी र विदेशी शक्तिको प्रभाव र दबाबमा परेर गरेको देशघातलाई नेमकिपाले हिमाल, पहाड, तराईमा गएर उदाङ्ग्याउने काम गरेको छ ।
उनीहरूले विगतमा गरेको देशघाती महाकाली सन्धि, एमसीसी, एपीपी, नागरिकता विधेयक, नक्कली भुटानी शरणार्थी, रातो पासपोर्ट, सुस्तालगायत ७० भन्दा बढी ठाउँमा भारतबाट नेपाली भूमि अतिक्रमण, सुन, ठगी, भष्टाचार आदिको विरोध गर्ने, खबरदारी गर्ने दल पनि नेमकिपा हो । उनीहरूले भारत, अमेरिका लगायतका साम्राज्यवादी, विस्तारवादी, उपनिवेशवादी, पुँजीवादी देशहरूको नुन खाएको हुँदा नेपालमाथि गरिरहेको नाङ्गो हस्तक्षेप अतिक्रमण गरिरहँदा पनि बुँख्याचाजस्तो टुलुटुलु हेरिरहेका छन् । त्यसको विरोधमा उनीहरूले चुइँक्क बोल्ने आँट गर्न सकेका छैनन् ।
शासक दलहरूले सत्ता, पद र सुविधाको लागि विचार, सिद्धान्त, आदर्श, नैतिकता छाडेर राजनीतिक लाभ उठाइरहेको घामजतिकै छर्लङ्ग छ । हिजो झन्डै दुईतिहाइको ओलीको सरकार र गिरिजाको बहुमत प्राप्त सरकार सत्ता स्वार्थ, भागबन्डा नमिल्दा ढलेको थियो । तेल के हेर्नु तेलको धारा हेर्नु, छोराछोरी के हेर्नु, छोराछोरीको आमाबुबा हेर्नु भनेझैँ केन्द्रमा दल र नेताहरूको राजनीतिक भाँडभैलो हुँदा प्रदेश र स्थानीय सरकारमा पनि त्यही राजनीतिक भाँडभैलो हुनु कुनै नौलो भएन । उनीहरूको उद्देश्य भनेको विचार, सिद्धान्त, देश र जनताको सेवा हित होइन । उनीहरूको उद्देश्य भनेको जसरी पनि देशको ढुकुटी, सम्पत्ति रित्याएर, राजधानीमा बङ्गला ठड्याएर ऐस आरामको जीवन बिताउनु रहेको छ ।
सबै शासक दलले विचार, सिद्धान्त, आदर्श, नैतिकता, त्याग, इमानको देशभक्ति राजनीति नगरेसम्म खराब नियत नत्यागेसम्म, दुईतिहाइ, स्पष्ट बहुमत, अल्पमत वा संयुक्त जुनसुकै दलको सरकार भए पनि राजनीतिक भागबन्डा नछाडेसम्म देशको हालत झन्झन् नाजुक हुँदै जानेछ । त्यहाँ विदेशीले हस्तक्षेप र परेड खेल्नेछ । सरकारी दल र नेताहरू स्वच्छ भएमात्र देशको उँभो लाग्नेछ । अनि जनताको हित हुनेछ ।
Leave a Reply