नाजुक युद्धविरामबिच अनिश्चित शान्ति प्रयास
- बैशाख ४, २०८३
बुर्किना फासो पश्चिम अफ्रिकी देश हो । यो देश पहिले फ्रान्सको उपनिवेश थियो । यसको नाम अपर भोल्टा (Upper Volta) थियो । यसको क्षेत्रफल २ लाख ७४ हजार वर्ग किलोमिटरभन्दा बढी छ । यहाँ २ करोड २८ लाख १० हजार जनसङ्ख्या रहेको छ ।
बुर्किना फासो भूपरिवेष्ठित देश हो । यसको पूर्वमा नाइजर, पश्चिम र उत्तरमा माली र दक्षिणमा आत्री कोस्ट, घाना, टोगो र डाहोमी पर्छन् । यसको बिचैमा राजधानी वागादुगो (Ouagadougou) छ । दक्षिणको ठुलो सहरको नाम बोबोदुलासो हो ।
सन् १९६० तिर बुर्किना फासो फ्रान्सेली उपनिवेशबाट मुक्त भयो । त्यसबेला त्यहाँका ९८ प्रतिशत बुर्किनाबे जनता निरक्षर थिए । स्वास्थ्य सेवाको कुनै बन्दोबस्त थिएन । सामन्ती सामाजिक बनोट जस्ताको तस्तै थियो । झन्डै ३० हजार सरकारी कर्मचारी र जमिनदारहरूको सानो समूहले देशलाई भ्रष्टाचारमा डुबाएको थियो ।
बुर्किना फासोको क्रान्तिको सुरुआत
१९४९ डिसेम्बर २१ को दिन याको (थ्यपय) सहरको एक तल्लो दर्जाका उपनिवेशवादी प्रहरीको घरमा एक बच्चा जन्मियो । त्यस केटाले माध्यमिक शिक्षा पाउने सौभाग्य पायो । त्यस केटाको नाम थोमस सङ्कारा राखियो । सङ्कारा सेनामा भर्ती भए र म्याडागास्करमा सैनिक तालिममा जाने अवसर पाए । सन् १९७२ मा त्यहाँ उनले हडताल र जुलुस प्रदर्शनहरूको लहर देखे । यसरी उनको मन र मस्तिष्कमा राजनीतिप्रति उत्सुकता जाग्यो । सैनिक सेवा सँगसँगै उनले मोरक्को र फ्रान्समा तालिम र अध्ययनको अवसर प्राप्त गरे । ती तालिम र अध्ययनकै सिलसिलामा उनी क्रान्तिकारी र माक्र्सवादी विचारहरूबाट प्रभावित भए । उनले आफ्नो देशको वास्तविकतासँग ती विचारको सामीप्यता देखे । उनले सेनाभित्रै विचार मिल्नेहरूसँग मिलेर एउटा साम्यवादी समूह गठन गरे ।
राम्रो वक्ता, आकर्षक र सा¥है उत्साही व्यक्तित्व भएको हुँदा सन् १९८३ को जनवरी महिनामा ज्याँ–बाप्टिस्ट वागादुगोको प्रगतिशील सैनिक सरकारमा सङ्कारा सामेल भए । उनी प्रधानमन्त्री भए । त्यसबेला उनी ३४ वर्षका युवा थिए ।
मे १७ को दिन अर्को सैनिक विद्रोहद्वारा त्यो सरकार फालियो । सङ्कारासँगै उनका घनिष्ठ मित्रहरू हेनरी जोङ्गो (Henry Zongo) र ज्याँ लिङ्गुइनी (Jean Linguini) पनि केही दिनमा पक्राउ परे । तिनीहरू छुटेपछि त्यस प्रतिक्रियावादी सत्ताको विरोधमा भूमिगत सङ्गठनहरू बनाउन थाले । त्यसबेला सङ्काराका एक घनिष्ठ साथी ब्लेज काम्पोरे (Blaise Compaore) सहित मिलेर पो (Po) नगरको सेनाको विरोधमा गतिविधि सुरु गरे । सङ्कारा लिङ्गुइनी, जोङ्गो र ठुलो सङ्ख्यामा अन्य समर्थकहरू त्यो नगरमा पुगे ।
१९८३ अगस्ट ४ को दिन ब्लेज काम्पोरे र २०० सिपाहीहरू राजधानी वागादुगोतिर प्रस्थान गरे । उनीहरूले विद्यमान सरकार फालेर थोमस सङ्काराको राष्ट्रपतित्वमा राष्ट्रिय क्रान्तिकारी परिषद् (National Council of the Revolution-CNR) स्थापना गरे ।
सोही दिन राष्ट्रपतिको रूपमा सङ्काराले जनतासँग देशभरि ‘क्रान्तिकारी रक्षा समितिहरू’ गठन गर्न आह्वान गरे । ती क्रान्तिकारी रक्षा समितिहरूले नै राज्य र स्थानीय प्रशासनका अङ्गहरूमाथि प्रत्यक्ष प्रजातान्त्रिक ढङ्गले नियन्त्रण गर्ने अभ्यास सुरु गरे । गाउँ र सहरका जनताबाट तिनीहरू प्रत्यक्ष निर्वाचित भए । देशभित्र मात्र होइन देश बाहिर पनि बुर्किनाबे जनताको माझमा क्रान्तिकारी रक्षा समितिहरूले प्रजातान्त्रिक सरकारको यन्त्रको रूपमा दैनिक कार्य सञ्चालन गर्न थाले ।
क्रान्तिकारी रक्षा समितिहरूबाटै सङ्काराले ‘चेतना जगाऊ’, ‘काम गर ¤’ साधारण जनताले पनि देश चलाउन सक्छन् भन्ने समझदारी बढाउन ‘उत्साहित गर ¤’ भन्ने नाराहरू दिए । ती नाराहरूले प्रत्येक नागरिकले आफ्नो हातमा शक्ति भएको तथा सबैले आफू पनि सरकारको अङ्ग भएको अनुभव गरे । केही मानवीय गल्ती र कमजोरीहरू स्वाभाविक थियो । हरेक बुर्किनाबे जनताको मुखमा सङ्काराकै भनाइ झुन्डिएको थियो, “हामीले नै आफ्नो भविष्य निर्माण गर्नुपर्छ ।”
बुर्किना फासोको औपनिवेशिक कानुनी बन्दोबस्त जस्ताको तस्तै बाँकी थियो र त्यसले पूर्व शासक वर्गको हितको रक्षा गथ्र्याे । त्यसकारण, सन् १९८४ जनवरीदेखि अदालतहरू र पुराना ऐन–कानुनहरूको ठाउँमा ‘जनताको क्रान्तिकारी अदालत’ (People’s Revolutionary Courts -TPR) स्थापना गरियो । कामदार जनताबाटै सबै न्यायाधीशहरू निर्वाचित भए ।
१९८४ जनवरी ३ को दिन ‘जनताको क्रान्तिकारी अदालत’ को पहिलो बैठकमा राष्ट्रपति सङ्काराले भने, “पुराना ऐन–कानुन जान्ने न्यायाधीशहरू आवश्यक छैन, जनताको न्याय गर्ने भावनाबाट तिनीहरू प्रेरित हुनुपर्छ ।” जनताको क्रान्तिकारी अदालतको उद्देश्यबारे उनले प्रस्ट पारे, “जनताको विरोधमा गरिएका अपराधहरूको गुप्त सामाजिक र राजनीतिक पक्षहरूलाई जनताको अगाडि उदाङ््ग्याउनु र तिनलाई सामाजिक, नैतिकता र व्यावहारिक राजनीतिको शिक्षा ग्रहण गर्दा त्यसको परिणामलाई बुझ्न सहयोग गर्नु अदालतको उद्देश्य हो ।” जनताको क्रान्तिकारी अदालतमा दर्शक सहभागीहरूले अपराधीलाई पत्ता लगाउने, अपराधीको आनीबानी र भ्रष्टाचारबारे जनतालाई बुझ्न मद्दत गर्ने प्रशंसनीय कार्यमा सफलता प्राप्त गरे तथा समाजवादी समाजमा अपराध र भ्रष्टाचारलाई कुनै ठाउँ नभएको बताए ।
क्रान्तिको पहिलो दिवसमै देशको नाउँ ‘अपर भोल्टा’ बाट बुर्किना फासो राखियो । स्थानीय भाषामा त्यसको अर्थ हो, सदाचारी जनताको भूमि ।
दोस्रो वर्ष सङ्कारा संरा अमेरिकाको भ्रमणमा गए । न्युयोर्कको हार्लेममा उनले भने, “‘अपर भोल्टा’ नितान्त औपनिवेशिक नाम हो, नयाँ नामबाट देशले पुनर्जीवन प्राप्त गर्यो ।” युरोपेली साम्राज्यवादीहरूले पूरै अफ्रिकामा भेदभाव गरेर विभाजन गरेको बारे उनी सचेत थिए । साँचो अर्थमा अफ्रिकी देशहरूमा उचित सीमा थिएनन् । तर, उपनिवेशभन्दा पहिलेको स्वर्ण युगको बेलाको कुनै काल्पनिक सीमा निर्धारण गर्न सकिन्न र आजको वास्तविकताको आधारलाई केन्द्रित गरेर नयाँ सीमाहरू कायम गर्न सुरु गर्नुपर्छ भन्ने सङ्काराको दृष्टिकोण थियो ।
बुर्किनाबे क्रान्तिको मुख्य नारा ‘तलैदेखि सुरु गरौँ’ हो । ‘राष्ट्रिय क्रान्तिकारी परिषद्’ ले कहिले पनि महत्वाकाङ्क्षी र प्रतिष्ठा हासिल गर्ने योजनाहरू प्रस्तुत गरेन । सानो बजेटबाट केही समयभित्रै तल्लो स्तरका प्राविधिक योजनाहरूबाटै जनताको जीवनमा सबैभन्दा बढी उन्नति गर्नमा केन्द्रित गर्यो । त्यस देशसँग एकैबाजि सम्पूर्ण बालबालिकालाई विद्यालय पठाउने स्रोतहरू थिएन । यसकारण, पढ्न–लेख्न जान्ने हरेक व्यक्तिले अरू केही जनतालाई पढ्न–लेख्न सिकाउने अभियान अगाडि बढाइयो । क्रान्तिको २ वर्षमा ८ प्रतिशत साक्षरताबाट २२ प्रतिशत अर्थात् तेब्बर जनतालाई साक्षर बनाइयो । ३५ हजार वयस्कहरूलाई साक्षरता प्रशिक्षकहरूको रूपमा तालिम दिइयो ।
स्वास्थ्य उपचारमा सफलता
सन् १९८३ मा बुर्किना फासोमा ४८ हजार जनतामा एकजना चिकित्सक थियो र संसारमा सबभन्दा बढी मृत्युदर भएको देश थियो । ‘राष्ट्रिय क्रान्तिकारी परिषद्’ ले हरेकलाई आधारभूत वा प्राथमिक स्वास्थ्य सेवा प्रदान गर्यो । पहिलोपटक प्रसूति र बाल स्वास्थ्य सेवाका केन्द्रहरू स्थापना गर्यो । सम्भवतः सबभन्दा ठुलो सफलता भनेको खोप कार्यक्रम सञ्चालन गर्नु थियो । सन् १९८५ को दुई हप्ताभित्र स्वयंसेवी स्वास्थ्य कार्यकर्ताहरूले २५ लाख केटाकेटीहरूलाई दादुरा, मेनेन्जाइटिस र कमलपित्तको खोप दिए । बुर्किनाबे जनताले मात्र खोप लिन पाएका होइनन् बरु छिमेकी देशका जनताले पनि त्यो उपचार पाए । सन् १९८५ भित्र बाल मृत्युदर १००० बाट २०८ हुँदै १४५ मा झर्यो ।
बुर्किना फासोमा उष्ण प्रदेशमा लाग्ने कालो झिङ्गाको टोकाइबाट छालामा सर्ने एक प्रकारको अन्धोपनको रोग (River Blindness) को बिगबिगी थियो । त्यो रोग नदीको प्रवाहजस्तै अति छिटो सङ्क्रमण हुन्थ्यो । त्यो परजीवी किटाणु आँखामा परेपछि मानिस अन्धो हुन्थ्यो । त्यस रोगलाई प्राविधिकरूपले ओन्कोसर्सियसिस (Onchocerciasies) भनिन्छ । दुई वर्षभित्र त्यो रोग पनि निर्मूल गरियो ।
खाना पकाउनको निम्ति बुर्किना फासोका जनताले खुला चुलो प्रयोग गर्थे । त्यसको ठाउँमा माटोको चुलो बनाउने नयाँ प्रविधि चालु गरियो । त्यस देशको उत्तरी भाग सहारा मरुभूमिको किनारमा पर्छ । साहेल (Sahel) भन्ने त्यो भाग पानी नपर्ने वा सा¥है कम पानी पर्ने ठाउँ हो । खाना पकाउनको निम्ति डरलाग्दो ढङ्गले वन विनास बढ्दै थियो । माटोको नयाँ चुलोको प्रयोगले दाउराको उपभोग घट्यो ।
त्यसबाहेक वृक्षरोपणको व्यापक अभियान चालेर वातावरण संरक्षणको उपाय अपनाइयो । १५ महिनाभित्र १ करोड रुख रोपियो । गाउँ र बस्तीमा हरेक परिवारले प्रतिवर्ष १०० रुख रोप्ने र त्यसको स्याहार गर्ने अभियान चलाइयो । नगर क्षेत्रमा जिम्मा दिइएको रुखको हेरचाह गरिएन भने तिनीहरूले घरको लालपुर्जा पाउँदैनथे । गाउँहरूमा वनको जिम्मा स्थानीय जनतालाई नै दिइयो ।
स्रोत : स्वतन्त्रता आन्दोलनका अफ्रिकी अगुवा
Leave a Reply