नाकाबन्दीका बिच क्युवाका स्वास्थ्य चमत्कारहरू
- जेष्ठ २१, २०८३
हाम्रो देशको लागि उद्यमशीलता विकासको आवश्यकता कति छ भन्ने कुरा वार्षिक १६ खर्बको व्यापार घाटाले प्रस्ट पार्छ । उद्यमशीलता एकाएक आउने कुरा होइन । विद्यार्थीकालदेखि नै व्यवसायिक जोखिमसँग परिचित गराएर उद्यमशील बन्ने सोचको विकास गराइयो भने उद्यमी बन्ने प्रवल सम्भावना हुन्छ । शैक्षिक संस्थामा दिइने सैद्धान्तिक ज्ञानले मात्र यो उद्देश्य पूरा हुँदैन । यही वास्तविकतालाई मध्यनजरमा राखेर सैद्धान्तिक ज्ञानको अतिरिक्त प्रयोगात्मक शिक्षा दिने हेतुले गएको हप्ता व्यवस्थापनका विद्यार्थीहरूलाई उद्यमशील बनाउन विश्वविद्यालय अनुदान आयोगको सहयोगमा ख्वप कलेजले ‘अन्टप्रिनियरशिप सपोर्ट कार्यक्रम’ गरेको थियो ।
यसले स्नातक तहका व्यवस्थापन विद्यार्थीहरूलाई उद्यमशीलतामा संलग्न हुन प्रोत्साहित गरेको छ । पाठ्यक्रममा रहेका उद्यमशीलता, स्टार्टअप व्यवस्थापन र नवीनताजस्ता सिकाइलाई व्यवहारमा लागू गर्न यस्तो कार्यक्रमले मद्दत गर्नेछ । विद्यार्थीहरूलाई उद्यमशीलताका चुनौतीहरू र समाधानहरू बुझ्न कार्यक्रमले मद्दत गरेको छ ।
कार्यक्रमको महत्वबारे प्रकाश पार्दै कलेजका प्राध्यापक द्वय प्रनेश वाटी र रामेश्वरी बखुन्छेँ भन्नुहुन्छ, “यो कार्यक्रममा प्रायः व्यापार योजना, वित्तीय व्यवस्थापन र मार्केटिङका साथै आफ्नै उद्यमहरू सुरु गर्ने र सफल उद्यमीहरूबाट सिक्ने अवसरहरू पाउँछन् । यो व्यावहारिक दृष्टिकोणले विद्यार्थीहरूलाई सफलतापूर्वक आफ्नो व्यवसाय सुरु गर्ने आत्मविश्वास प्रदान गर्नेछ ।”
अनुभवी उद्यमी, व्यवसायी, विज्ञ र सरकारी अधिकारी सम्मिलित निर्णायक मण्डलअगाडि २६ जना विद्यार्थीले पिचिङ ९एभबअजष्लन० गरेका थिए । ‘पिचिङ’ भन्नाले केही नगद कोष वा अन्य लाभ प्राप्त गर्न कुनै कम्पनीको व्यापार योजना, वित्तीय खाता वा अन्य गोप्य जानकारी निर्णायकमण्डलसमक्ष खुलासा गर्नु हो । यस प्रकारको कार्यले सम्भावितरूपमा व्यवसायिक सम्झौता गर्दै कम्पनी भित्रका विवरणहरू साझेदारी गर्ने कार्य बुझिन्छ ।
निर्णायकमण्डल आफै सफल उद्यमीहरू र उद्योग विशेषज्ञहरू भएकाले विद्यार्थीहरूलाई दिइएको मार्गदर्शन र सल्लाह उद्यमी बन्न चाहने विद्यार्थीहरूको लािग सहयोगी सिद्ध भएको छ । यस कार्यक्रमले आगामी दिनमा विद्यार्थीहरूले सम्भावित लगानीकर्ताहरू, सल्लाहकारहरू र सह–संस्थापकहरूलाई भेट्न सक्ने वातावरण सिर्जना गरेको छ । व्यवसाय योजनाहरू र अन्य उद्यमशीलता सीपहरू कसरी सिर्जना गर्ने भन्ने कार्यशालाहरू सञ्चालन गर्दा विद्यार्थीहरूलाई चर्को प्रतिस्पर्धाको लागि तयार पारेको छ । आगामी दिनमा इन्जिनियरिङ, डिजाइन र कम्प्युटर विज्ञानजस्ता अन्य विषयहरूका विद्यार्थीहरूबिच सहकार्य गर्ने वातावरण तयार पार्दै उद्यमशील परियोजनाहरूमा काम गर्न विभिन्न विभागका विद्यार्थीहरूलाई एकसाथ ल्याउन कलेजले पहल गरेमा अझ सुनमाथि सुगन्ध हुनेछ । यी रणनीतिहरू लागू गर्नाले एक बलियो इकोसिस्टम सिर्जना हुन गई विद्यार्थीहरूको उद्यमी बन्ने प्रयासहरूमा सहयोग पुग्दछ ।
विद्यार्थी उद्यमशीलताले राष्ट्रको समग्र अर्थतन्त्रमा नवप्रवर्तन, रोजगारी सृजना र आर्थिक वृद्धिलाई बढावा दिएर महत्वपूर्ण योगदान पु¥याउँछ । युवा उद्यमीहरूले नयाँ विचार र प्रविधिहरू प्रस्तुत गर्छन्, जसले नयाँ उद्योगहरूको विकास र विद्यमान उद्योगहरूलाई पुनरुत्थान गर्न सक्छ । उद्यमीहरूले रोजगारीका अवसरहरू सिर्जना गर्छन्, बेरोजगारी दर घटाउँछन् र स्थानीय अर्थतन्त्रलाई बढावा दिन्छन् । विश्वव्यापी बजारमा प्रतिस्पर्धात्मकता सुनिश्चित गर्दै विद्यार्थीहरूमा उद्यमशीलता सीपहरू प्रदान गरेर राष्ट्रको निम्ति भविष्यका व्यवसायीहरू र आविष्कारकहरूको बलियो आधार निर्माण गर्न सकिन्छ ।
पढाइ सकेपछि कार्यक्षेत्रमा प्रवेश गर्दा विद्यार्थीहरूले नयाँ व्यवसाय सुरु गर्ने, रोजगारी सिर्जना गर्ने र प्रतिस्पर्धी बजारमा योगदान गर्ने सम्भावना हुन्छ । विद्यार्थीहरूको उद्यमशीलताको मानसिकताले रचनात्मकता संस्कृतिलाई प्रोत्साहित गर्दछ, प्राविधिक प्रगतिहरू र उत्पादकत्व बढाउँछ । यसले लगानी आकर्षित गर्छ, निर्यात बढाउँछ र देशको विश्वव्यापी आर्थिक स्थितिलाई बलियो बनाउँछ । उद्यमशील शिक्षामा लगानी गरेर राष्ट्रले दीर्घकालीन समृद्धि र राष्ट्रिय विकासलाई अगाडि बढाउन योग्य व्यक्तिहरूको पुस्ताको विकास गर्छ ।
नेपालजस्तो विकासोन्मुख देशका विद्यार्थीहरूका लागि उद्यमशीलता शिक्षामा स्थानीय आवश्यकता अनुरूप व्यावहारिक सीप र सैद्धान्तिक ज्ञानको मिश्रण समावेश गर्नुपर्छ । यसले बजार अनुसन्धान, वित्तीय व्यवस्थापन र रणनीतिक योजनाजस्ता आधारभूत व्यापार सिद्धान्तहरू सिकाउँछ । व्यावहारिक सीपहरू जस्तै डिजिटल साक्षरता, टेक्नोलोजीको प्रयोग र ई–वाणिज्य डिजिटल अर्थतन्त्रतर्फ विश्वव्यापी परिवर्तनलाई ध्यानमा राख्नुपर्छ । त्यसैगरी, उपलब्ध स्थानीय स्रोत तथा साधन, पुँजी कोषमा पहुँच र पूर्वाधार चुनौतीहरू पहिचान गर्नुपर्दछ । नेटवर्किङ अवसरहरू र सफल स्थानीय उद्यमीहरूलाई एक्सपोजर प्रदान गर्नाले विद्यार्थीहरूलाई प्रेरणा र मार्गदर्शन गर्न सक्छ । यसले विद्यार्थीहरूलाई राष्ट्रिय आर्थिक विकासमा योगदान गर्ने प्रभावकारी, दिगो व्यवसायहरू सिर्जना गर्न मद्दत पु¥याउँछ ।
हाम्रो देशको वैदेशिक व्यापार घाटालाई सम्बोधन गर्न निर्यातमुखी व्यवसाय र आयात प्रतिस्थापनमुखी उद्यमशीलतामा विद्यार्थीहरूको ध्यान केन्द्रित गराउनु अति आवश्यक छ । विद्यार्थीहरूलाई उच्च निर्यात सम्भावना भएका कृषि वस्तुहरू, हस्तकला शिल्पहरू वा पर्यटन सेवाहरूजस्ता स्थानीय स्रोतहरू र उत्पादनहरू पहिचान गर्न सिकाउँदा राष्ट्रिय निर्यात बढाउन मद्दत गर्छ । यसको अतिरिक्त उनीहरूलाई आयातीत उत्पादनहरू प्रतिस्थापन गर्न सक्ने उच्च गुणस्तरका सामानहरू बनाउन र उत्पादन गर्न सिकाउँदा विदेशी वस्तुहरूमाथिको निर्भरता कम हुन्छ । विद्यार्थीहरूलाई अन्तर्राष्ट्रिय व्यापार नियमहरू, विश्वव्यापी बजारहरूका लागि मार्केटिङ रणनीतिहरू र अन्तर्राष्ट्रिय ग्राहकहरूसम्म पुग्न डिजिटल प्लेटफर्महरूको प्रयोगको बारेमा ज्ञान प्रदान गर्ने कार्यक्रम पनि गर्नुपर्छ । निर्यात बढाउन र आयात घटाउने उद्देश्यले उद्यमशीलताको भावनालाई बढावा दिएर विद्यार्थीहरूले व्यापार घाटा सन्तुलन र दिगो आर्थिक वृद्धि प्रवद्र्धन गर्न महत्वपूर्ण योगदान दिने छन् ।
कुनै पनि व्यवसाय जोखिम मुक्त हुँदैन । यही जोखिमको कारण सोच भएर पनि व्यवसायमा हात हाल्न डराउँछन् । नवप्रवद्र्धनलाई प्रोत्साहित गर्न जोखिम लिने संस्कृतिलाई बढावा दिनुपर्छ । व्यवसायमा असफलता हात पर्ने सम्भावनाबाट निरुत्साहित हुन नदिन असफलतालाई कसरी सामना गर्ने भनेर सिकाउनुपर्छ । असफलता उद्यमशीलता यात्राको अभिन्न अङ्ग हुन् भन्ने कुरा यस्तो कार्यक्रमको माध्यमबाट सम्झाउनुपर्छ ।
‘व्यापार योजना’ चुनौतीहरूलाई सावधानीपूर्वक व्यवस्थित गरेर एक गतिशील र आकर्षक मञ्च निर्माण गर्न कलेजले पहल गर्नुपर्छ । यसले विद्यार्थीहरूलाई उद्यमशीलता अन्वेषण गर्न प्रोत्साहितमात्र गर्दैन बरु सफल हुन आवश्यक सीप र स्रोतहरू पनि प्रदान गर्दछ । यसै सन्दर्भमा प्रतियोगितामा छनोट नभएका अन्य आशाजनक सहभागीहरूलाई पनि कलेजबाट छुट्टै सहयोगको व्यवस्था गर्न सकेमा ती विद्यार्थीमा उद्यमी बन्ने जाँगर सेलाउँदैन ।
Leave a Reply