भर्खरै :

साम्राज्यवादी देशहरूमा काला जातिमाथिको भेद कायम

साम्राज्यवादी देशहरूमा काला जातिमाथिको भेद कायम

भक्तपुर, ११ साउन । बासु माध्यमिक विद्यालय, कालीघाट भक्तपुरले शुक्रबार शिक्षकबिच पुस्तक अध्ययन गोष्ठी गरेको छ ।
शिक्षकहरूले अफ्रिकाको स्वतन्त्रता आन्दोलन तथा रंगभेदविरोधी आन्दोलनबारे लेखिएको पुस्तक स्वतन्त्रता आन्दोलनका अफ्रिकी अगुवाको अध्ययन गर्दाका अनुभव तथा बुझाइ राख्नुभएको थियो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य सरोजराज गोसाईले पढाउने शिक्षकले पुस्तकको नियमित अध्ययन गर्नुपर्ने भन्दै विद्यार्थीलाई ज्ञानमात्र दिएर नपुग्ने बरु विश्लेषण गर्न उत्साहित गर्नुपर्ने भनाइ राख्नुभयो । शिक्षण पेसा सबभन्दा चुनौतीपूर्ण हुँदै गरेको भन्दै उहाँले पुस्तकको अध्ययनले विद्यार्थीलाई पनि सिक्न उत्साहित गर्ने तर्क गर्नुभयो ।
केन्द्रीय सदस्य गोसाईले संरा अमेरिकी प्रहरीले घाँटी थिचेर काला जातिका जर्ज फ्लोयडको हत्या गरेको उदाहरण राख्दै साम्राज्यवादी देशहरूमा काला तथा कमजोर जातिमाथिको विभेद तथा अत्याचार कायम रहेको भनाइ राख्नुभयो । अफ्रिकी महादेश आधुनिक मानवको उद्भव भएको मात्र नभई मानव सभ्यताको विकास भएको भन्दै उहाँले साम्राज्यवादी तथा उपनिवेशवादीहरूको अत्याचार तथा शोषणको कारण अशान्ति र अभावको अन्त्य नभएको बताउनुभयो ।
कार्यक्रममा सभापति एवम् विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरिप्रसाद बासुकलाले शिक्षकहरू पाठ्यपुस्तकमा मात्र सीमित नभई भूगोल, इतिहास, समाजशास्त्र, दर्शन, मानव सभ्यतालगायतका विषयहरू पनि अध्ययन गर्नु जरूरी रहेको बताउनुभयो ।
विद्यालयका प्रअ रविलाल प्रधानले नेपाललाई शिक्षाको माध्यमबाट साम्राज्यवादीहरूले उपनिवेश बनाइरहेको बताउनुभयो ।
कार्यक्रममा सहायक प्रअ राजकुमार ह्यौँमिखा, विष्णुप्रसाद दुमरू, सुनिता घटुवा, रमेश प्रजापति, रामकुमार निरौला, रामहरि ताम्राकार, गणेशबहादुर थिङ, प्रेमकुमार मगर, नेत्रलाल पाण्डे, सुशिला दुवाल र मञ्जु फैजुले पनि पुस्तकबारे आ–आफ्नो अध्ययनको सार राख्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *