अध्यक्ष रोहितको संस्मरणका केही पृष्ठ
- असार ३१, २०८३
भक्तपुर, १८ साउन । भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी सङ्घ लि.को वार्षिक समीक्षा तथा आव २०८१/८२ को बजेट सुझाव सङ्कलन कार्यक्रम बिहीबार कमलविनायकमा सम्पन्न भयो ।
भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी सङ्घ लि.का अध्यक्ष कृष्णगोविन्द लाखाजुले वार्षिक समीक्षा तथा आव २०८१/८२ को बजेट सुझाव सङ्कलन कार्यक्रममा सङ्घले अनुगमनलाई प्राथमिकता दिने र समयअनुकूल सामाजिक उत्तरदायित्वमा ध्यान दिएर सदस्य सस्ंथालाई आर्थिक पक्षमा सुदृढ बनाउने बताउनुभयो ।
उहाँले संस्थाहरूको चौतर्फी विकासमा सङ्घ निरन्तर प्रयासरत रहेको बताउनुभयो । उहाँले आव २०८०/८१ मा तय गरेका कार्यक्रम तथा बजेट सफलतापूर्वक प्राप्त भएको समीक्षा गर्नुभयो ।
कार्यक्रममा स्वागत सङ्घका उपाध्यक्ष हरिकृष्ण बल्लले समीक्षाको महत्व राख्दै नीतिमा चल्दै आएको सङ्घ र संस्थाहरूमा समस्या नरहेको बताउनुभयो ।
उहाँले हालको अवस्था समुदायमा आधारित संस्थाको लागि अवसररूपमा रहेको बताउनुभयो । सङ्घका सचिव जगनाथ प्रजापतिले आव २०८०/८१ को कार्यक्रम तथा तालिम प्रगतिको बारेमा प्रस्तुत गर्नुभयो । उहाँले कार्यक्रम समीक्षाअन्तर्गत सहकारी अभियान कार्यक्रम, सदस्य, सञ्चालक र कर्मचारीहरूको क्षमता विकासका तालिमहरू र सङ्घले प्रदान गर्ने सेवाहरूबारे प्रगति प्रतिवेदन पेस गर्नुभयो ।
सङ्घका कोषाध्यक्ष कान्छाभक्त घजुले आव २०८०/८१ आर्थिक समीक्षा गर्दै उहाँले कुल पुँजी तथा दायित्वमा गत वर्षको तुलनामा ५८ प्रतिशतले वृद्धि भई ३ अरब ५२ करोड पु¥याउन सफल भएको बताउनुभयो ।
लेखा सुपरिवेक्षण समितिका संयोजक बालमुकुन्द उपाध्यायले बैङ्क वित्तीय संस्थामा वित्तीय लगानी गरेर सङ्घ दिगो नहुने भन्दै सदस्यता वृद्धि र ऋण लगानी बढाउनमा जोड दिनुपर्ने बताउनुभयो ।
सङ्घका व्यस्थापकले आव २०८१/८२ को कार्यक्रम योजना तथा बजेट प्रस्तुत गर्नुभयो । उहाँले सङ्घको सदस्य सक्षमता विकास, सञ्चालक र कर्मचारी क्षमता विकास, संस्थागत विकास, अनुगमनको लागि योजना तथा बजेट पेस गर्नुभयो ।
Leave a Reply