अध्यक्ष रोहितको संस्मरणका केही पृष्ठ
- असार ३१, २०८३
ठुला दलका नेता, मन्त्री र सांसदहरूले राजनीतिक अस्थिरताको कारण साना दलको काँधमा थोपर्ने विचार अझै छोडेका छैनन् । तर, बहुदलीय पुनस्र्थापना भएदेखि यो गणतन्त्र स्थापना कालसम्ममा ठुला दलकै कारण सरकारको नेतृत्व हेरफेर भइरहेकोमा शङ्का छैन । ठुला दलका शासकहरूले देश र जनताको पक्षमा जिम्मेवारीका साथ काम नगर्दा ठुला दलप्रति जनताको विश्वास गुम्दै गएको हो । साना दलका नेता र सांसदहरूले सरकारले गर्नुपर्ने जिम्मेवारी पालना नगर्दा आलोचना गर्दै आएको यथार्थ हो । सरकारले गर्नुपर्ने काम नगर्दा सरकार बाहिर रहेका दलले आलोचना नगरे अरू कसले गर्छ ? सरकारको कमी कमजोरी देखाउने काम साना दलले ग¥यो; साना दलका कारण सरकार या ठुलो दलको बदनाम भयो भनेर साना दलप्रति इष्र्या भावले हेर्ने, शत्रुको आँखाले हेरेर साना दललाई जसरी भए पनि तह लगाउनुपर्छ भनेर थ्रेसहोल्ड (मतसीमा) ल्याउने कुरा उचित होइन । एमालेका नेता र मन्त्रीहरूले विभिन्न सञ्चारमाध्यम र संवादमार्फत थ्रेसहोल्ड बढाउने कुरा अघि सारेका छन् । वास्तवमा थ्रेसहोल्डको बन्दोबस्त नै खारेज गर्नुपर्छ ।
ठुला दलका नेता र मन्त्रीहरू थ्रेसहोल्ड ल्याउनुपर्ने कारण राजनीतिक अस्थिरता र विश्वको मान्यता भन्दै खोक्दै छन् । राजनीतिक दल खोल्ने, सङ्गठन गर्ने सबै दलको अधिकार हो । प्रजातान्त्रिक मुलुकमा दल खोल्ने र निर्वाचनमा भाग लिन पाउने अधिकारलाई वञ्चित गर्ने विचार सामन्ती सोच हो । सामन्ती चिन्तन र सोचका नेताहरू कम्युनिस्ट त के वामपन्थी या प्रगतिशील पनि हुन सक्दैनन् । थ्रेसहोल्डको विश्व मान्यताको नापो के ? दल ‘राष्ट्रिय’ बनाउन किन प्रतिशतको आवश्यकता रह्यो ? दलले पाएको मतको आधारमा ‘राष्ट्रिय’ पार्टी मान्यता पाउने र नपाउने भन्ने हुँदैन । मतको आधारमा बनेको ‘राष्ट्रिय’ पार्टीले देश विखण्डनको स्थितिमा पु¥याउने, विदेशी सेना नेपाल भित्याउने सन्धि सम्झौता गर्ने काम गर्छ भने ती दलहरू वास्तवमा अराष्ट्रिय हुन्छन्, देशघाती र जनविरोधी हुन्छन् । कुनै दलले पाएको मतको आधारमा राष्ट्रिय दलको मान्यता पाउने कुरा भ्रम हो; झूट हो । साना दललाई पाखामा थन्काएर आफ्नो दल ठुलो बनाउने ठुला दलका नेता र मन्त्रीहरूको विचार खोटपूर्ण छ । साना दलका नेता र सांसदहरूको कमी कमजोरी औँल्याएर जनतामाझ बदनाम ग¥यो भनी साना दललाई हतोत्साही बनाउने, दल खोल्न र गतिविधि गर्न बन्देज गर्ने ठुला दलका नेता, मन्त्री र सांसदहरूको सामन्ती सोचको विरोध गरिरहनुपर्छ ।
नेका र एमाले ठुलो दल सिद्धान्त र विचारको आधारमा भएको होइन । ती दलका नेता, मन्त्री र सांसदहरू निर्वाचनमा पैसाको छेलोखेलो गर्छन्; पैसा बाँडी जनताको मत लिन्छन्† सामान वितरण गर्छन्; भोज खुवाउँछन्, लोभलालच देखाउँछन् । यो यथार्थ हो । निर्वाचनमा ठुला दलका नेताहरूले दलको सिद्धान्त र विचार प्रचार गर्दैनन् । ठुला कम्युनिस्ट पार्टीले कम्युनिस्ट पार्टीको सिद्धान्त र विचार जनतामाझ पु¥याउँदैन । नेका पनि त्यो काम गर्दैन । ती दलका नेताहरू भ्रम फैलाउँछन्; झूटा कुरा फलाक्छन्, सतही राजनीति गर्छन्; एकले अर्कोलाई हिलो छ्याप्छन्, खुट्टा तान्छन्; पार्टी फुटाउने काम गर्छन् र ठुला दल बनाउँछन् । सारमा ठुला दलका नेताहरू इमानदारीपूर्वक राजनीति गर्दैनन्; निःस्वार्थपूर्वक जनताको सेवा गर्दैनन् । यसरी ठुला दलका नेता, मन्त्री र सांसदहरूको मति बिग्रेका कारण देशको राजनीतिप्रति जनताको वितृष्णा बढेको हो । ती दल ठुला भए पनि ती दलले देश र जनताको पक्षमा साना काम पनि गर्न सकेनन् । ठुला दलले ठुलै काम गर्नुपर्ने हो; उदाहरणीय काम गरेर जनताको विश्वास जित्नुपर्ने हो । जसरी भए पनि दल ठुलो बनाएर सत्तामा जाने दलका नेताहरू कसरी इमानदार हुन्छन् ? कसरी चरित्रवान, नैतिकवान र दूरदर्शी हुन्छन् ? अनि तिनै दलका नेताहरूले ठुलो दलको भजन गाएर साना दललाई पेल्ने हो ? साना दललाई ठुलो दलमा मिलाएर साना दलको अस्तित्व नामेट पार्ने हो ?
साना दलप्रति ठुला दलका नेताहरूको यो पूर्वाग्रह किन ? ठुला दलका नेताहरू साना दलदेखि किन तर्सन्छन् ? ठुला दलको निम्ति साना दलका नेताहरू किन शत्रु हुन्छन् ? ठुला दलले साना दललाई किन तह लगाउनुप¥यो ? के साना दललाई तह लगाउन नै संविधान संशोधन गर्न लागेको हो ? नेका र एमाले मिलेर देश विखण्डन गरे, कुनै देशघाती निर्णय गरे भने कसले रोक्ने ? कसले विरोध गर्ने ? थ्रेसहोल्ड ५ प्रतिशत या १० प्रतिशत बढाउने प्रस्ताव ल्याउने नेता या मन्त्रीहरू कसको दबाब या सल्लाहमा काम गर्दै छन् ? उनीहरूको पछाडि कुन कुन विदेशी शक्ति राष्ट्रहरूको हात छ ? राजनीतिक वृत्तमा चर्चाको विषय बनेको छ । दल सानो होस् या ठुलो देशविरोधी र जनविरोधी बन्नुहुँदैन; विदेशी शक्ति राष्ट्रको उठबसमा चल्नु हुँदैन । देश र जनताप्रति समर्पित र जिम्मेवारीबोध हुनुपर्छ । दुई दलले मात्रै पालैपालो शासन चलाउँदैमा देश सही ढङ्गले अघि बढ्छ भन्ने होइन । अहिले देशमा भएका देशघाती र जनघाती असमान सन्धि र सम्झौता ठुला दलकै कारण भएकोमा शङ्का छैन । अतः महत्वपूर्ण कुरा इमानदारीपूर्वक देश र जनताको सेवा गर्नु हो ।
Leave a Reply