विल्हेम वेट्लिङबारे सङ्क्षिप्त जीवनी
- श्रावण १, २०८३
अहिले सबैभन्दा बढी चर्चाको विषय बनेको छ शिक्षा क्षेत्र । स्थानीय, प्रदेश तथा सङ्घीय गरी तीन तहको सरकारले शिक्षा क्षेत्रलाई प्राथमिकता दिए तापनि एसईई तथा कक्षा १२ को नतिजाको कारण शिक्षाको स्तर खस्केको देखाउँछ । एकातिर उत्तीर्ण भएका विद्यार्थीहरू समाज अनुकूल व्यवहार प्रदर्शन गर्न सकिरहेको छैन भने अर्कोतिर शैक्षिक बेरोजगार उत्पादनले विदेश पलायन हुँदा युवाविहीन देश बन्न खोजेको छ ।
संविधानको अधिकार सुनिश्चित गराउनु, राज्य शक्ति र स्रोतको उपयोग गरी संविधानले दिएको हकको प्रत्याभूति गराउनेजस्ता कर्तव्यबाट सरकार टाढिँदै छ । नेपालको संविधानले शिक्षाको हकलाई मौलिक हकको रूपमा प्रत्येक नागरिकलाई आधारभूत तहको शिक्षा अनिवार्य र निःशुल्क तथा माध्यमिक तहसम्मको शिक्षा निःशुल्क पाउने व्यवस्था गरिएको छ । तर, त्यसलाई षड्यन्त्रपूर्वक उक्त अधिकारबाट वञ्चित गर्ने गरिरहेको छ ।
सरकारी विद्यालय रहेकै स्थानमा झिलिमिलीसहित आकर्षक महँगो व्यवस्थापनमा निजी विद्यालय सञ्चालनको स्वीकृतिले सरकारी विद्यालयमा विद्यार्थी न्यून गराउने प्रवृत्ति, सरकारी सेवासुविधा लिने सबै तहका कर्मचारीले निजी विद्यालयमा शेयर होल्डर भई पढाउने होडबाजी, सरकारी शिक्षक नियुक्तिमा शिक्षाशास्त्रको उत्पादनलाई प्राथमिकता नराख्ने, कतिपय शिक्षकले बढुवाको लागि विद्यार्थीको सिकाइ स्तर कमजोर भए तापनि बढी अङ्क वा ग्रेड दिने संस्कारको सरकारी स्तरबाट अनुगमन र निरीक्षण नहुँदा सरकारी विद्यालयको स्तर दिनदिनै खस्किरहेको छ ।
नियमित कक्षा शिक्षणमा प्रभावकारी शिक्षण नगरी सरकारी विद्यालयसमेत निजी विद्यालयसँग प्रतिस्पर्धा गर्ने नाउँमा थप कक्षा सञ्चालन गरेर शुल्क लिई आम्दानी गरिरहेको छ । जुन संविधानविपरीत भए तापनि सरकारी संयन्त्रको नियमित अनुगमन र निरीक्षणको कमीले शिक्षाको नाउँमा व्यापार गर्ने माफिया र मतियारहरू नीतिगत भ्रष्टाचार गरी कर नतिर्ने पुँजी सङ्कलन गरिरहेको छ ।
सरकारी विद्यालयमा शिक्षा नियमावलीअनुसार शिक्षक विद्यार्थीको अनुपात नमिल्दा कतिपय सरकारी विद्यालयमा विद्यार्थीभन्दा शिक्षकको सङ्ख्या बढी छ । यस्तो अवस्थामा सरकारले विभिन्न शीर्षकमा विनियोजन गरेको बजेट अपुग छ भनेर शिक्षक महासङ्घलगायत अन्य शिक्षक सङ्गठन आन्दोलनको भरमा सेवासुविधा लिन तल्लीन देखिएका छन्, जुन एक प्रकारको शैक्षिक भ्रष्टाचार पनि हो ।
आमाबाबुले छोराछोरीको उज्ज्वल भविष्य चाहेकै हुन्छ, छोराछोरीले राम्रो शिक्षा पाउन भनेर अभिभावक जस्तोसुकै दुःखकष्ट सहेर झिलीमिली, आकर्षक व्यवस्थापनमा जतिसुकै महँगो भए पनि शिक्षा क्षेत्रमा लगानी गरिरहेको हुन्छ । तर, निजी विद्यालय सञ्चालकले अभिभावकलाई धनको कुबेरको संज्ञा दिँदै कर तिर्न नपर्ने पुँजी सङ्कलन गरिरहेको छ ।
अव्यवहारिक शिक्षाले विद्यार्थीहरू समाजमा घुलमिल हुन नसक्दा विदेश पलायनको बाटो रोज्न विवश छ ।
अव्यवहारिक शिक्षा नीति र पाठ्यक्रमका कारण लाखौँ विद्यार्थीको उर्वर समय विदेशी भूमिमा पसिना तथा रगत बगाउन बाध्य भएका छन् । यसो हुनुको मुख्य कारण शैक्षिक माफिया र मतियारहरूको चरम शैक्षिक भ्रष्टाचार नै हो ।
यसर्थ, शैक्षिक भ्रष्टाचारलाई न्यूनीकरण गर्न शिक्षकको कार्यविधि र पाठ्यक्रम कार्यान्वयनको समयसमयमा सरकारी संयन्त्रबाट नियमित अनुगमन तथा निरीक्षण हुनु जरुरी छ ।
Leave a Reply