भर्खरै :

ब्लोदान कीर्तिपुरको चौथो वार्षिकसभा तथा दोस्रो अधिवेशन सम्पन्न

ब्लोदान कीर्तिपुरको चौथो वार्षिकसभा तथा दोस्रो अधिवेशन सम्पन्न

काठमाडौँ, २१ साउन । ब्लड डोनर्स एसोसियसन (ब्लोडान) कीर्तिपुर नगर समितिको चौथो वार्षिक साधारणसभा तथा दोस्रो अधिवेशन आइतबार कीर्तिपुरमा सम्पन्न भयो ।
सभामा कीर्तिपुर नगरपालिका वडा नं. ५ का कार्यपालिका सदस्य पवित्र विष्टले रक्तदान जीवन दान भएकोले ब्लोडानको सक्रियता उदाहरणीय रहेको बताउनुभयो ।
ब्लोडानका केन्द्रीय अध्यक्ष सानुबाबु प्रजापतिले मानवको लागि अति आवश्यक रगत सम्पूर्ण नेपालीको लागि निःशुल्क उपलब्ध गराउनुपर्ने आवाज ब्लोडानले निरन्तर उठाइरहेको बताउनुभयो ।
ब्लोडान काठमाडौँका अध्यक्ष राजन खड्काले मानवीय सेवा रक्तदान भएकोले रगत अभाव हुन नदिन नियमित ब्लोडानलगायत विभिन्न सङ्घ–संस्थाबाट रक्तदान गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
ब्लोडान कीर्तिपुरका अध्यक्ष उज्ज्वल महर्जनको सभापतित्वमा भएको उक्त कार्यक्रममा संस्थाको वार्षिक र आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रममा कोषाध्यक्ष कमला महर्जन, अनिल श्रेष्ठलगायतले बोल्नुभएको थियो ।
अधिवेशनको बन्दसत्रले कमला महर्जनको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *