अध्यक्ष रोहितको संस्मरणका केही पृष्ठ
- असार ३१, २०८३
भक्तपुर, २७ साउन । भक्तपुर नगरपालिका वडा नं. ९ स्थित लामगालमा हुन गइरहेको ४४ औँ नेपालभाषा साहित्य तःमुंज्याको तयारीको क्रममा आयोजक समिति (ग्वसाखल) र स्थानीय युवा, विद्यार्थी, शिक्षक, बुद्धिजीवी, महिला, किसान, मजदुरहरूको आइतबार एक भेला भयो ।
उक्त भेलामा नेमकिपाका केन्द्रीय सदस्य सुरेन्द्रराज गोसाईले तःमुंज्यामा प्रस्तुत हुने कविता, कथा, निबन्ध, ख्याल तथा नाचगानमा इजरायलले प्यालेस्टिनमाथि गरेको नरसंहार, सहकारीमा भएको ठगी, भ्रष्टाचार, शासक दलहरूको चरित्र, विदेशी शक्ति राष्ट्रको दबाब, चलखेल, सरसफाइदेखि शैक्षिक आन्दोलन आदि विषय समेटिए समय सान्दर्भिक हुने विश्वास व्यक्त गर्नुभयो ।
समाजलाई सुसंस्कृत बनाउन सामाजिक र सांस्कृतिकरूपले सचेत र सङ्गठित गरी बुद्धिजीवीकरण गर्ने उद्देश्यले तःमुंज्याले छलफल, अन्तरक्रिया र बहस गर्नुपर्ने आवश्यकता औँल्याउँदै उहाँले साहित्य, ख्याल, नाटक र नृत्य विधालाई स्तरीय बनाउनेतर्फ पहल गर्नुपर्नेमा जोड दिनुभयो ।
जनकवि एवं तःमुंज्याका सल्लाहकार चन्द्रबहादुर उलकले विगतको तःमुंज्याको समीक्षा गर्दै हाल तत्काल गर्नुपर्ने कामबारे चर्चा गर्दै तःमुंज्या सफल पार्न सबै पक्षको उत्तिकै सहयोग आवश्यक हुन्छ भन्नुभयो ।
गत वर्षको तःमुंज्याको गतिविधिबारे चर्चा गर्दै बलराम सिबंजारले विगतको अनुभव र हालको समय अनुकूल आयोजक समितिले काम गर्नुपर्ने विचार व्यक्त गर्नुभयो ।
आयोजक समितिका अध्यक्ष कृष्णभक्त लवजुले तःमुंज्या सफल पार्न सबैको सक्रियता आवश्यक हुने बताउनुभयो ।
आयोजक समितिका सदस्य एवं भनपा वडा नं. ९ का वडाध्यक्ष रवीन्द्र ज्याख्वले तःमुंज्या सफल पार्न आवश्यक विभिन्न समिति उपसमितिहरूको गठनबारे जानकारी दिनुभयो ।
Leave a Reply