भर्खरै :

‘भैरव रिसालका छानिएका रचना–२’ सार्वजनिक

‘भैरव रिसालका छानिएका रचना–२’ सार्वजनिक

काठमाडौँ, २७ साउन । वरिष्ठ पत्रकार भैरव रिसालको सङ्कलित रचनाहरूको सङ्ग्रह सार्वजनिक भएको छ ।
शनिबार काठमाडौँमा उहाँको ९७ औँ जन्म दिनको पूर्वसन्ध्यामा आयोजित एक कार्यक्रमकाबिच वरिष्ठ पत्रकार रिसालको सङ्कलित रचनाहरूको सङ्ग्रह ‘भैरव रिसालका छानिएका रचना–२’ सार्वजनिक भएको हो ।
पुस्तक सिमल बुक पब्लिकेशनले प्रकाशित गरेको छ । पुस्तकमा रिसालले विभिन्न समयमा विभिन्न पत्रपत्रिकाहरूमा लेखेका लेख तथा रचनाहरूलाई छानेर समावेश गरिएको छ । पुस्तक सार्वजनिकिकरण कार्यक्रममा बोल्दै विभिन्न व्यक्तित्वहरूले ९७ वर्ष पुगिसकेका रिसालको ऊर्जाको प्रशंसा गरेका थिए । रिसालले आफ्नो पत्रकारिताका दिनहरूमा र लेखनमार्फत देशलाई योगदान पु¥याएको भन्दै सम्मान व्यक्त गरेका थिए ।
कार्यक्रममा अतिथि वक्ताहरुले रिसालले अझै पनि सक्रिय जीवन व्यतीत गरिरहेको भन्दै आगामी दिनमा पनि रिसालको लेख रचना आउनेमा आमन्त्रित अतिथिहरूले विश्वास व्यक्त गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *