भर्खरै :

सिद्धि स्मृति अस्पतालमा लापरबाही

सिद्धि स्मृति अस्पतालमा लापरबाही

भिसिंख्योस्थित सिद्धि स्मृति बाल अस्पतालको ठुलो भवन बन्दै छ । तर, त्यहाँको उपचार व्यवस्था ठुलो नभएको घटना भएको छ ।
त्यहाँ देखाइरहेकी एक गर्भवती महिला सुत्केरीको लागि भर्ना हुन लाँदा डाक्टरले बेला भएको छैन भनेर फर्काए । तर, महिलाले पेटमा शिशु पहिलेभन्दा कम चलेको भनेपछि भोलिपल्ट भर्ना हुन गइन् । डाक्टरले फेरि बेला भएको छैन भनेर फर्काउन खोजे पनि भिडियो एक्सरे गरिदिन बिन्ती भाउ गरेपछि लेखिदिए । परन्तु, भिडियो एक्सरे बिग्रेको भनेर गर्न पाइएन, कतै रिफर पनि नगरी बेडमा सुताइमात्र राख्यो । गर्भवतीका आफन्तले १० महिना पुगेकोले अपरेसन गरिदिन निकै बिन्तीभाउ गरे । तर, कुनै डाक्टरले सुनेनन् । गर्भवती महिलाका परिवार सोझो भएकोले ठुलो स्वरले कराउन पनि सकेनन् । बिरामीलाई हेरेरै त्यो दिन बित्यो ।
भोलिपल्ट अपरेसन गरियो र मृत शिशु निकालियो । परिवारको पहिलो नाति सन्तानको आशा शोकमा परिणत भयो ।
यस घटनामा सिद्धि स्मृति अस्पतालको लापरबाही स्पष्टै देखिएको छ । बिन्तीभाउ नसुन्नेहरू के लातबातको भाषामात्र बुझ्छन् ? गर्भावस्थाको राम्रो ज्ञान नभएको डाक्टर पालेर सिद्धि स्मृतिले कस्तो सेवा दिइरहेको छ ? यस विषयमा पीडितका पक्षमा बोलिदिने र सिद्धि स्मृतिलाई तह लगाउने भक्तपुरमा छन् कि छैनन् ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *