जनताको सेवा गर्न उत्पादनमुखी अर्थनीति आवश्यक
- श्रावण १, २०८३
भक्तपुर, २ भदौ । नेपाल क्रान्तिकारी किसान सङ्घ, भनपा ७ गोमारी समितिको आयोजनामा आइतबार अग्रज किसान कार्यकर्ता मुक्तिलाल खायमलीको आइतबार स्थानीय भनपा ७ नं. वडा कार्यालयको सभाकक्षमा श्रद्धाञ्जली सभा गरियो ।
उक्त सभामा नेपाल क्रान्तिकारी किसान सङ्घ, भक्तपुर जिल्ला समितिका अध्यक्ष गोविन्द दुवालले साँढे धपाउने आन्दोलन, सुस्ता बचाउ आन्दोलन, भ्रष्टाचारविरोधी आन्दोलनजस्ता ऐतिहासिक आन्दोलनमा सक्रिय रहेका मुक्तिलाल खायमलीजस्ता योद्धाहरूले देश र समाजमा आमूल परिवर्तनको लागि जीवनभर समर्पित रहेको बताउनुभयो । पुँजीवादी समाजमा काम गरी खानेवर्गलाई हेप्ने गरेको उल्लेख गर्दै उहाँले नेपाली काङ्ग्रेसको सरकारले कोसी र गण्डक सम्झौता गरेर राष्ट्रघात गरेको बताउनुभयो । कम्युनिस्ट भनाउँदा दलहरूले जनतामाथि जालझेल गरेर कम्युनिस्टहरूको बदनाम गर्ने काम गरिरहेको उल्लेख गर्दै उहाँले बताउनुभयो ।
प्रचण्डको सरकारले मलमा अनुदान नदिने निर्णय गर्दा नेक्राकिसङ्घको विरोधपछि उक्त सरकार पुनः मलमा अनुदान दिन बाध्य भएको उहाँले बताउनुभयो ।
भनपा ७ का वडाध्यक्ष उकेश कवांले समाज तथा मानव सेवा गरेअनुसार नै व्यक्तिको मूल्याङ्कन हुने भएकोले हरेक नव युवकहरू समाज सेवाको लागि लगनशील भएर लाग्नुपर्ने विचार व्यक्त गर्नुभयो । उहाँले सम्पदाहरूको संरक्षण गर्नु र धर्म गर्नु फरकफरक विषय वस्तु हुन् भन्दै सम्पदा संरक्षणको लागि विदेशी सहयोगबिना सम्पदा संरक्षण गरेको बताउनुभयो ।
नेमकिपा भक्तपुर नगर समितिका अध्यक्ष नारायणबहादुर दुवालले आफ्नो परिवारको भन्दा समाज र सङ्गठनको लागि समर्पित भएर काम गर्ने व्यक्ति नै पार्टी कार्यकर्ता हुन्छ भन्नुभयो ।
नेमकिपा गोमारी समितिका अध्यक्ष बलराम गोसाईले अग्रज किसान कार्यकर्ता मुक्तिलाल खायमली एक पुराना किसान कार्यकर्ता भएको बताउँदै देश र जनताको सेवामा गरेको योगदान कहिले पनि खेर नजाने विचार व्यक्त गर्नुभयो ।
कार्यक्रममा नेमकिपा गोमारी ७ का उपाध्यक्ष लक्ष्मीभक्त कवांले विगतमा बुर्जुवावर्गको विरोधमा गरिब किसानले दिनरात नभनी गरेको सङ्घर्षकै कारण भक्तपुर आजको स्थितिमा आइपुगेको बताउँदै समाज रूपान्तरण हुनमा नेमकिपाको अहम् भूमिका रहेको चर्चा गर्नुभयो ।
आयोजक समितिका अध्यक्ष कुमार ग्वाछाको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा राजाराम गोसाईले पनि बोल्नुभएको थियो ।
कार्यक्रममा मृतकका परिवार, आफन्तजनका साथै टोलवासी, जनवर्गीय र पार्टीका सङ्गठनका साथीहरूको उपस्थिति थियो ।
Leave a Reply