भर्खरै :

जनैपूर्णिमामा क्वाटी पसलको बजार अनुगमन

जनैपूर्णिमामा क्वाटी पसलको बजार अनुगमन

भक्तपुर, २ भदौ । भक्तपुर नगरपालिका अनुगमन समितिका संयोजक एवम् वडाध्यक्ष राजकृष्ण गोराको नेतृत्वमा आइतबार कमलविनायकमा खाद्य पसलको अनुगमन गरियो । उक्त पसलमा खाद्य अनुज्ञापत्रबिना क्वाटीको प्याकेजिङ गरी व्यवस्थित लेवलबिना बिक्री वितरण भइरहेको पाइएको छ । अशुद्ध र अखाद्य गेडागुडी मिसिएको गुनासोको आधारमा खाद्य पसल अनुगमन गरिएको हो ।
एस.एन्ड.एस. स्टोर्समा म्याद नाघेका सामानहरू जम्बो पेप्सी ३ वटा, मिरिन्डा ५ वटा र कोक १ वटा, गुड डे कम्पनीको मारि बिस्कुट २२ पाकेट र टप बिस्कुट २ पाकेट, दत्तात्रय दालमोठको शिवशङ्कर बदाम ११ पाकेट, हल्दिराम भुजिया ३ पाकेट, बीएमसी चना र जिरा मसला ८ पाकेट, खतु सुपर एग्रो–९९, २ पाकेट, ड्यू ५०० मिलिलिटरको ६ वटा जफत गरी नष्ट गरियो । क्वाटी खाद्य अनुज्ञापत्रबिना प्याकेजिङ गरी लेवलबिना बिक्री वितरण नगर्न र ढक तराजु नवीकरण नभएकोले तीन दिनभित्र कार्यालयमा उपस्थित हुन निर्देशन दिइयो ।
ज्योति किराना पसल तीन दिनभित्र नविकरण गर्न, क्वाटी र पूर्णिमा भुजा खाद्य अनुज्ञापत्रबिना प्याकेजिङ गरी लेवलबिना बिक्री वितरण नगर्न, पूर्णिमा भुजाका प्रोपाइटरलाई तीन दिनभित्र नगरपालिका कार्यालयमा उपस्थित गराउन, तराजु नवीकरण गर्न, गोदाम व्यवस्थित र सरसफाइ गर्न निर्देशन दिई जिरा मसला ६ पाकेट, हाजमोला १४ वटा, हर्लिक्स २ वटा, वेकर्स दूध २ बट्टा, क्विक्स् चिजबल ३ पाकेट र कीरा भएको धुलो मास ९ केजी जफत गरी नष्ट गरियो ।
त्यस्तै, बद्रीनारायण मानन्धरको किराना पसलको गोदाम व्यवस्थित र सरसफाइ गर्न, म्याद नाघेको आरोमा घ्यू ३ बट्टा, हर्लिक्स १ वटा र बेगन १ वटा जफत गरी नष्ट गरियो ।
अनुगमनमा सदस्य रोशनमैँया सुवाल, ज्ञानबहादुर मानन्धर, स्यानिटेसन उपशाखाका नगर निरीक्षक दिलिपकुमार सुवाल, वडा निरीक्षक रामकृष्ण प्रजापति, कर उपशाखाका मोहनदेवी व्याञ्जु, जिल्ला प्रशासन कार्यालय भक्तपुरका हरिहर काफ्ले, घरेलु तथा साना उद्योगका सुमित्रा श्रेष्ठ, उद्योग तथा वाणिज्य कार्यालय भक्तपुरका लक्ष्मीप्रसाद कासुला र उद्योग वाणिज्य सङ्घ भक्तपुरका राजु त्वानाबासुको सहभागिता थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *