अध्यक्ष रोहितको संस्मरणका केही पृष्ठ
- असार ३१, २०८३
विश्वमा साम्राज्यवादी मुलुक रहेसम्म विश्वका देश र जनताले शान्ति पाउने छैनन् र सुरक्षित हुने छैनन् । साम्राज्यवादको नेतृत्व संरा अमेरिकाले गरिरहेको छ । साम्राज्यवादी देश अमेरिकालाई नाटोमा संलग्न देशहरूले टेवा पु¥याइरहेका छैनन् । संसारका स्वाधीन र सार्वभौम देश र देशका राष्ट्र प्रमुखहरूलाई आतङ्कित पार्ने, आक्रमणको धम्की दिने र आफूले भनेझैँ नबसे, आफ्नो कुरा अस्वीकार गरे आक्रमण गर्ने संरा अमेरिकाको नीतिझैँ भएको छ । यसकारण साम्राज्यवादी देश अमेरिकाबाट संसारका जनता आक्रान्त छन् । अमेरिकाकै कारण संसारका शान्तिकामी जनताको मृत्यु भइरहेको छ । यो मानव अधिकार र बाँच्न पाउने अधिकारको उल्लङ्घन हो । यसको विरोध संरा सङ्घले गर्नुपर्ने हो । साम्राज्यवादी देश अमेरिकी आक्रमणको मात्र होइन अरू देशमा तैनाथ गरिएको अमेरिकी सेना फिर्ता लान संरा सङ्घले दबाब दिनुपर्ने हो । तर, त्यो भइरहेको छैन । बरू सो सङ्घ संरा अमेरिकाको कठपुतली बनिरहेको छ । मानव अधिकार पाउन र विश्व मानवीय दिवस सफल बनाउन आतङ्कवादी देशको विरोध गर्नुपर्छ र आक्रमण रोक्न दबाब दिनुपर्छ ।
संरा सङ्घले विश्व मानवीय दिवसको सन्दर्भमा सोमबार एक विज्ञप्ति प्रकाशित गर्दै विश्वमा मानवीयता खस्कँदै गएको जनायो । रूस र युक्रेन, इजरायल र प्यालेस्टिन, इथियोपिया, सिरिया, लिबियालगायतका मुलुकमा भइरहेको द्वन्द्व र आन्तरिक द्वन्द्वले भएको मानव नरसंहारले संरा सङ्घको ध्यान जानु स्वाभाविक हो । तर, एउटा विज्ञप्ति निकालेर फैलिरहेको आतङ्क शिथिल हुने होइन । सन् २०२३ पनि विगतको वर्षमा झैँ मानवीयताको हिसाबमा विश्वको अवस्था दर्दनाक भएको सङ्घले जनाएको छ । द्वन्द्वले अमानवीय गतिविधि बढेर धेरैको ज्यान गएको छ र भवनहरू ध्वस्त भएका छन् । सङ्घले विश्वमा भइरहेको हिंसा र दण्डहीनताको अन्त्यको माग होइन, आक्रमण गरेर हिंसा निम्त्याउने काम रोक्न दबाब दिनुपर्छ† रोक्न निर्देशन दिनुपर्छ । युक्रेन र रूसको द्वन्द्व, इजरायल र प्यालेस्टिनको द्वन्द्व अमेरिकाकै कारण भएकोमा शङ्का छैन । अमेरिकाले युद्ध चर्काउनकै निम्ति युक्रेन र इजरायललाई सेना, हतियार सहयोग गरेको थियो । यसकारण, ती युद्धको दोषी संरा अमेरिका नै हो ।
अमेरिका द्वन्द्व चर्काएर युद्ध गराउने र युद्ध गराएर हतियार बिक्री गर्ने देश हो । हतियार बिक्री गरेर अमेरिका धनी भएको हो । अमेरिकाले एकातिर कम्युनिस्ट पार्टीप्रति आस्था र विश्वास राख्ने वामपन्थी सरकार र दलको विकास र सेवा सहँदैन भने अर्कोतिर अरूको आन्तरिक द्वन्द्व चर्काउने र युद्ध गराएर कमजोर पार्ने काम गर्छ । विगतमा इराक, अफगानिस्तान, बोलिभियामा पनि अमेरिकाले प्रत्यक्ष या अप्रत्यक्षरूपमा सघाएको थियो । अमेरिकाले विश्वका दर्जनौँ मुलुकमा हतियारसहितका अमेरिकी सेना तैनाथ गर्दै छ; क्युवा, प्रजग कोरियालगायतका देशमा आर्थिक नाकाबन्दी गर्दै छ । व्यापार–व्यवसाय बन्द गराउने, उत्पादित सामानमा बेचबिखन रोक्ने र व्यापार युद्ध गराउने काममा अमेरिका क्रियाशील छ । अमेरिकाले संसारका स्वाधीन र सार्वभौम देशहरूमा गर्ने हस्तक्षेप रोक्न संरा सङ्घले पहल गर्नुपथ्र्यो । उसले पहल नगरेकै कारण संसारमा आतङ्क मच्चिरहेको छ । यो नगर्नु संरा सङ्घको कमजोरी हो ।
विश्वमा शान्ति कायम गर्न, मानव नरसंहार रोक्न आक्रमण गर्ने कार्य रोक्नुपर्छ । आक्रमण गर्ने देशलाई कारबाही गर्ने प्रक्रिया अघि बढाइनुपर्छ । आफूलाई शक्तिशाली ठान्ने, हतियारको अभिमानी गर्ने र त्यसैको आधारमा आक्रमण गर्ने, आक्रमण गर्न हतियार सहयोग गर्ने काम रोक्नु आवश्यक छ । इजरायलले प्यालेस्टिनी भूमिमा बर्बर आक्रमण गरेर ध्वंस मच्चाइरहे पनि संरा सङ्घ टुलुटुलु हेरेर बसेको छ । विश्वमा दर्जनौँ देशहरूले विरोध गरे पनि अमेरिका र इजरायलको सो युद्ध रोक्नेतर्फ ध्यान गएको छैन । के संरा सङ्घको काम कुनै देशबिच युद्ध हुँदा र देश देशबिच युद्ध हुँदा संरचना ध्वस्त भयो, मान्छे मरे भनेर वक्तव्य निकाल्नुमात्र हो ? के वक्तव्य निकालेर आफ्नो कर्तव्य निर्वाह हुन्छ ? आफ्नो जिम्मेवारी पूरा नगरी, अमेरिकाको कठपुतली बनेर संसारमा कसरी शान्ति कायम हुन्छ, नरसंहार रोक्न सकिन्छ ? यसतर्फ संरा सङ्घ र संरा अमेरिका गम्भीर हुनुपर्छ । शक्ति देखाएर आक्रमण गर्ने र आक्रमणमा सहयोग गर्ने काम रोक्नुपर्छ ।
Leave a Reply