भर्खरै :

सहकारी ठगहरूदेखि सावधान

सहकारी ठगहरूदेखि सावधान

सहकारीका ठग सञ्चालकहरू बढ्न थालेका छन् । यिनीहरूले ५÷१० हजारदेखि करोडौँ निक्षेप राख्नेहरूको रकम झ्वाम पारेका छन् । निक्षेप कर्ताहरूको पैसा झ्वाम पार्न उनीहरुले झापा र चितवनमा जग्गा पास गरिदिने आश्वासन दिएका छन् । सहकारी ठगीबाट निम्न स्तरका निक्षेपकर्ताहरूको खानपान र औषधि उपचार गर्न धौ धौ परिसकेको छ । बुढाबुढीहरू विचलित भएका छन् ।
घर–घरमा बुढाबुढीहरूको अवस्था दयनीय भइरहेको छ । वृद्ध भत्ता निक्षेपमा राखेकोले अरु आम्दानी गरेर खाने कुनै उपाय भएन । लोग्ने, स्वास्नी, दाजुभाइ, दिदी बहिनीहरूको बिचमा झगडा भइराखेको छ । एक प्रकारले सामाजिक अवस्था खलबलिन थालेको छ । घरभित्रका कुरा पनि बाहिर आउन थालेको छ । देशमा काम गर्ने वातावरण नभएको र अलिकति भएको रकम पनि सहकारीबाट ठगी भएपछि मानिसहरू आक्रोशित भएका छन् । खासगरी बुढाबुढीहरूको रकम सहकारीले नदिएपछि दुःख भएर हेर्नै नसक्ने अवस्थामा पुगेको छ । विवाह गर्न र व्रतबन्ध गर्नलाई खर्च तार्न बचतमा जम्मा गरिराखेका व्यक्तिहरू पनि बिचलीमा परेका छन् । बुढाबुढीहरू दिनदिनै रोई रोई बचत कार्यालयमा धाउन थालेका छन् । तर, ठग सञ्चालकहरू कहिल्यै भेटिँदैनन् । आमाबुबाहरूमाझ एक आपसमा वैमनस्यता उत्पन्न भइरहेको छ । त्यसले गर्दा घर भत्ताभुङ्ग भइरहेको छ ।
बचत र सहकारी सरकारसँग स्वीकृति लिएर सञ्चालन गरिएको हुन्छ । नेपाल सरकारले लघुवित्तसमेतको समस्या समाधान कानुन बनाएर पहल गर्नुपर्छ । सरकारी र लघुवित्तको समस्या समाधान गर्नुको अर्थ देशकै समस्या हट्नु हो । सरकारले समाधानको उपाय तुरुन्त चलाउनुपर्छ । सरकारले कानुन बनाएर वडा समितिलाई बचतमा रकम उठाउने अधिकार दिनुपर्दछ । अनि मात्र देशभरि समस्या हल गर्न सजिलो हुन्छ । सहकारी ठगहरू आफ्नो जिल्लामा नबसिकन अन्यत्र जिल्लामा बस्दै आएका छन् । सहकारी ठगहरू झापा र चितवन बस्दै आएका छन् । सहकारी समस्या कसरी समाधान हुने कुरा पनि छलफल भएको हुँदैन । अतः सम्पूर्ण पीडितहरू मिली प्रशासनमा गएर घोक्रेथ्याक पारेपछि मात्र समस्या समाधान हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *