भर्खरै :

देश र जनताको इमानदारीपूर्वक सेवा गरेकै कारण नेमकिपाविरुद्ध षड्यन्त्र

देश र जनताको इमानदारीपूर्वक सेवा गरेकै कारण नेमकिपाविरुद्ध षड्यन्त्र

भक्तपुर, १० भदौ । नेपाल मजदुर किसान पार्टी, चानपा–२, झौखेलको आयोजनामा नेपाल मजदुर किसान पार्टीलाई समूल नष्ट गर्ने उद्देश्यले २०४५ भदौ ९ गते निरङ्कुश पञ्चायती राज्यस्तरबाट रचिएको भक्तपुर काण्डको विरोध तथा भत्र्सना कार्यक्रम सम्पन्न भयो ।
उक्त कार्यक्रममा नेमकिपाका सचिव तथा सङ्घीय सांसद प्रेम सुवालले नेपाल मजदुर किसान पार्टीले देश र जनताले दश र जनताको इमानदारीपूर्वक सेवा गर्दै आएको कारणले नै प्रतिक्रियावादीहरूले प्रवास (भारत) र नेपालको यो पार्टीहरूविरुद्ध षड्यन्त्र गरेका थिए । तर, सत्यको जीत हुन्छ, षड्यन्त्र चकनाचुर हुन्छ । २०४५ सालको भक्तपुर काण्ड यसरी नै चकनाचुर भएको बताउनुभयो ।
“एकताका साम्राज्यको नाइके बेलायत थियो भने फ्रान्सको साम्राज्य पनि कमजोर थिएन, अहिले अमेरिकी साम्राज्यवादले यी दुवै देशलाई तह लगाउँदै छ । अमेरिकी कानुन र नीति पालना गर्नुपर्ने एमसीसी सम्झौता नेपालको संसद्मा बहुमतबाट पारित गरिएपछि नेपाल पनि अमेरिकी साम्राज्यवाद र भारतीय एकाधिकार पुँजीको नवउपनिवेशजस्तै भयो । यसका दोषी संसदवादी दलहरू नै हुन् ।” उहाँले बताउनुभयो ।
सचिव सुवालले अगाडि भन्नुभयो, “प्रतिक्रियावादीहरूको षड्यन्त्रबारे नयाँ पुस्तालाई जानकारी गराएर सचेत पार्नु जरुरी छ । विद्यालय र कलेजबाट नयाँ पुस्तालाई देशभक्त बनाउनु आवश्यक छ । कक्षा १२ उत्तीर्ण भएका नेपालीहरूलाई विदेश अध्ययन वा रोजागरीमा पठाउने सरकारहरू नै हुन् । युवाले आफ्नो देशमा रोजगारी नपाएसम्म देश विकास हुने छैन । कम्युनिस्ट सरकारले जनताको खाने, बस्ने, रोजगारी, स्वास्थ्य, शिक्षाको जिम्मेवारी लिन्छ, नेपालमा कम्युनिस्टको नाममा सरकार गएका दलहरू यथार्थमा कम्युनिस्ट होइनन् । यो विषयमा मजदुर, किसान, युवा विद्यालय, महिला सबैलाई सचेत बनाउनु जरुरी छ ।”
नेमकिपा, भक्तपुरका उपाध्यक्ष न्हुछेभक्त फोजुले नेमकिपा र नेमकिपाका जनप्रतिनिधिहरूले देश र जनताको निःस्वार्थरूपमा काम गरेको हुँदा तत्कालीन पञ्च र जालीफटाहरूलाई असह्य भई २०४५ भदौ ९ गते एकजना व्यक्तिलाई बलिको बोको बनाई नेमकिपालाई जरैदेखि समाप्त पार्न निरङ्कुश पञ्चायती राज्यस्तरबाट रचिएको षड्यन्त्र भक्तपुर काण्ड हो भन्नुभयो ।
उपाध्यक्ष फोजुले पार्टीले किसानहरूको हितमा गुठी जग्गा रैतानीमा परिणत गर्ने आन्दोलन, मोहियानी हक सुरक्षा आन्दोलन, बाली काट्ने आन्दोलन, भर्पाई आन्दोलन, साँढे धपाउने आन्दोलन, भ्रष्टाचारविरोधी आन्दोलन आदिबारे नयाँ पुस्तामा जानकारी दिनुपर्नेमा जोड दिनुभयो ।
उहाँले नेमकिपाले जनताको प्रजातन्त्र, समाजवाद हुँदै साम्यवादसम्म जाने लक्ष्य लिएको हुँदा किसान, मजदुर, विद्यार्थी, युवा, शिक्षकहरूलाई राजनीतिक, सैद्धान्तिक, वैचारिक र व्यवहारिकरूपमा सक्षम बनाउन पार्टी प्रकाशनहरूको अध्ययन, छलफल, अन्तरक्रियाजस्ता कार्यक्रमहरू नियमितरूपमा सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो ।
नेमकिपा, भक्तपुरका सदस्य एवम् वाग्मती प्रदेशसभा सदस्य गीता काफ्लेले वाग्मती प्रदेशमा नेमकिपाले प्रतिपक्षको भूमिका खेल्दै आइरहेको र वाग्मती प्रदेशमा पक्षपात, बेथिति र भ्रष्टाचार भएको विषयमा प्रकाश पार्नुभयो ।
उहाँले २०४५ भदौ ९ गतेको भक्तपुर काण्ड पहिलो र अन्तिम नभई त्यस्ता काण्डहरू फेरि पनि दोहोरिने सम्भावना भएकोले सचेत र सङ्गठित हुन अनुरोध गर्नुभयो ।
जीआर सुवालको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा गोविन्दराम सुवाल र देवबहादुर के.सी.ले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *