अध्यक्ष रोहितको संस्मरणका केही पृष्ठ
- असार ३१, २०८३
भक्तपुर, २० भदौ । भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप बहुप्राविधिक अध्ययन संस्थान नर्सिङका अवआगन्तुक विद्यार्थीहरूको स्वागत तथा अभिमुखीकरण कार्यक्रम बिहीबार सम्पन्न भयो ।
कार्यक्रममा कलेज सञ्चालक समितिका अध्यक्ष एवम् भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नपाबाट सञ्चालित शैक्षिक संस्थाहरूले कलेजमा भर्ना भएका सबै विद्यार्थीलाई उत्कृष्ट बनाउने प्रयासमा लाग्न शिक्षक–शिक्षिकाहरूलाई अभिप्रेरित गर्नुभयो ।
भक्तपुर नपाले देशको सेवा गर्न सक्ने जनशक्ति उत्पादन गरिरहेको बताउँदै उहाँले स्वास्थ्य क्षेत्र सेवामुखी बनाउनुपर्नेमा जोड दिनुभयो ।
सरकारले निःशुल्क मेडिकल शिक्षाको व्यवस्था गरेको भए जनशक्ति परिचालनमा सहज हुने बताउँदै उहाँले नेपालका दक्ष जनशक्ति विदेशीको लागि सस्तो ज्यामी बनिरहेको यथार्थबारे प्रस्ट पार्नुभयो ।
नर्सिङ पेसा सेवाको भावनाले काम गर्ने पेसा भएको स्पष्ट पार्दै प्रमुख प्रजापतिले यो पेसामा चुनौतीसँगसँगै सफलता पनि प्राप्त हुने बताउनुभयो ।
स्वास्थ्य उपचार महँगो हुँदै जाँदा धेरै नेपालीहरू गरिबीको रेखामुनि झरेको बताउँदै उहाँले नर्सहरूले विदेशको सेवालाई भन्दा आफ्नै देश र देशवासीको सेवा गर्ने उद्देश्य लिनुपर्ने धारणा राख्नुभयो ।
उपप्रमुख रजनी जोशीले शिक्षा सफलताको सशक्त माध्यम भएको बताउँदै समाजलाई शिक्षित बनाउने उद्देश्यले भक्तपुर नपाले विभिन्न शैक्षिक संस्थाहरू सञ्चालन गरेको बताउनुभयो । ख्वप सर्कलको शैक्षिक विशेषता र उद्देश्यमाथि प्रकाश पार्दै उहाँले जिम्मेवार नर्समा हुनुपर्ने आचरणबारे सुसूचित गर्नुभयो ।
भनपा वडा नं. ९ का वडाध्यक्ष रवीन्द्र ज्याख्वले भक्तपुर नपा शैक्षिक संस्था सञ्चालन गर्ने अग्रणी संस्था भएको बताउँदै देशको लागि आवश्यक दक्ष र जिम्मेवार नागरिक बनाउन संस्था अग्रसर रहने बताउनुभयो । उहाँले ख्वप सर्कलका शैक्षिक संस्थाहरू देशकै नमुना शैक्षिक संस्थाको रूपमा स्थापित हुँदै गएको बताउँदै आधुनिक समाजसँग भिज्न सिकाउने नयाँ पुस्ता निर्माणमा यी शैक्षिक संस्थाहरू क्रियाशील रहेको बताउनुभयो ।
ख्वप अस्पतालका निमित्त मेडिकल डाइरेक्टर डा. मजेशप्रताप मल्लले मेडिकल क्षेत्र संवेदनशील र चुनौती पेसा भएसँगै यो पेसा सम्मानजनक पनि भएको बताउँदै आफ्नो पेसालाई धर्मको रूपमा लिई बिरामीको सेवा गर्न मार्गनिर्देश गर्नुभयो ।
कार्यक्रममा ख्वप बहुप्राविधिक अध्ययन संस्थानका प्राचार्य डा. रत्नसुन्दर लासिवा, नर्सिङका विभागीय प्रमुख ईश्वरी डंगोल र शिक्षिका रविना सुवालले कलेज स्थापनाको उद्देश्य र विद्यार्थीहरूले पालना गर्नुपर्ने आचरण र अनुशासनबारे प्रस्ट पार्नुभयो ।
Leave a Reply