अध्यक्ष रोहितको संस्मरणका केही पृष्ठ
- असार ३१, २०८३
भक्तपुर, २० भदौ । भक्तपुर नगरपालिका अनुगमन समितिका सदस्य रोशनमैँया सुवालको नेतृत्वमा बिहीबार गपलीमा पसल अनुगमन गरियो ।
अनुगमनमा साख मार्ट नवीकरण गर्न र म्याद नाघेको बिरे नुन १ पाकेट नष्ट गरियो । त्यस्तै मिनिसप नेपाल प्रा.लि. पसल नवीकरण गर्न, म्याद नाघेको च्युरे निम साबुन १०३ वटा जफत गरी नष्ट गरियो । त्यस्तै, एस.आ.स्टोरमा प्याकेजिङ सामानहरू खाद्य अनुज्ञापत्र लिई लेबल राखी बिक्री वितरण गर्न निर्देशन दिइयो ।
त्यस्तै शुभारम्भ किनमेल घर स्पारटन पानी पुरी मसला ९ पाकेट र रोजबेरी मसला ठुलो ९ पाकेट र सानो ४ पाकेट जफत गरी नष्ट गरी ढक तराजु नवीकरण गर्न निर्देशन दिइयो ।
अनुगमनमा सदस्य ज्ञानबहादुर मानन्धर, स्यानिटेसन उपशाखा प्रमुख दिलिपकुमार सुवाल, वडा निरीक्षक रामकृष्ण प्रजापति, कर उपशाखाका प्रभाषकुमार चालिसे, जिल्ला प्रशासन कार्यालय भक्तपुरका हरिहर काफ्ले, आन्तरिक राजस्व कार्यालय भक्तपुरका विनोदप्रसाद आचार्य, घरेलु तथा साना उद्योगका सुमित्रा श्रेष्ठ, उद्योग तथा वाणिज्य कार्यालय भक्तपुरका लक्ष्मीप्रसाद कासुला, भक्तपुर उद्योग वाणिज्य सङ्घका राजेश त्वानावासुको सहभागिता थियो ।
Leave a Reply