अध्यक्ष रोहितको संस्मरणका केही पृष्ठ
- असार ३१, २०८३
भक्तपुर, २२ भदौ । चवालिसौँ नेपालभाषा साहित्य तःमुंज्या सफल पार्न शनिबार भनपा वडा नं. ९ र १० का युवाहरूको भेला भयो ।
भेलामा नेपाल मजदुर किसान पार्टीका सचिव प्रेम सुवालले तःमुंज्याले कामगरी खाने जनताको प्रतिनिधित्व हुने खालको साहित्य र सांस्कृतिक विधा प्रस्तुत गर्नुपर्ने आवश्यकता औँल्याउँदै प्रस्तुत हुने साहित्य र साहित्यिक विधा सरल र सर्वसाधारण जनताले बुझ्ने खालको हुनुपर्ने बताउनुभयो ।
स्वयंसेवकहरूले पालन गर्नुपर्ने कर्तव्यबारे प्रस्ट पार्दै उहाँले अतिथि सत्कार सभ्य र ससंस्कृत हुनुको साथै कार्यक्रम स्थलको सरसफाइमा उचित ध्यान दिनु आवश्यक छ भन्नुभयो ।
तःमुंज्या कामदार जनताको आवाज बुलन्द गर्ने वर्गीय मञ्च हो । नेमकिपाको स्थापना कालदेखि पार्टीका नेता कार्यकर्ताविरूद्ध देश र भारत प्रवासमा पनि षड्यन्त्र भएको हुँदा कार्यकर्ताहरू सचेत हुन जरूरी छ, सचिव सुवालले भन्नुभयो ।
नेमकिपाका केन्द्रीय सदस्य एवं भनपा वडा नं. ९ का वडाध्यक्ष रवीन्द्र ज्याख्वले तःमुंज्या सुरू भएको चालीस वर्ष भएको हुँदा विगतको भन्दा अहिलेको समय सन्दर्भ, विषयवस्तु, दर्शकको चाप, परिवेशसमेत फरक भइसकेको हुँदा व्यवस्थापन परिष्कृत हुने अपेक्षा गर्नुभयो ।
तःमुंज्याको दबुमा स्थानीय मात्र होइन अन्तर्राष्ट्रिय विषयवस्तुमा पनि चर्चा हुने भएकोले तःमुंज्याको कार्यक्रम राष्ट्रिय स्तरको भएको उहाँले बताउनुभयो ।
आयोजक समितिका अध्यक्ष कृष्णभक्त लवजुको सभापतित्वमा भएको उक्त कार्यक्रममा सञ्जय मानन्धर र विकास प्रजापतिले पनि बोल्नुभएको थियो ।
भेलाले विकास प्रजापतिको अध्यक्षतामा स्वयंसेवक समिति गठन गरेको छ ।
नृत्य, ख्याल र एकाङ्की नाटकका जानकारहरूको भेला
त्यस्तै नेपालभाषा साहित्य तःमुंज्यामा प्रस्तुत हुने गीत, नृत्य, ख्याल र एकाङ्कीलाई शिक्षाप्रद, सन्देशमूलक र प्रगतिशील बनाउने सन्दर्भमा शनिबार ख्याल, एकाङ्की, नृत्य र गीतका जानकारहरूको भेला भयो ।
तःमुंज्या आयोजक समितिअन्तर्गत गठित सांस्कृतिक समितिको आयोजनामा भएको उक्त भेलामा जनकवि चन्द्रबहादुर उलकले जनतामाझ सन्देश पु¥याउने माध्यम गीत, ख्याल र एकाङ्की पनि भएको हुँदा व्यङ्ग्य विधाका लेखक तथा नाटककारहरूलाई मार्गनिर्देश गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
तःमुंज्यामा प्रस्तुत हुने हरेक विधा जनतालाई बिउँझाउने, सचेत पार्ने खालको हुनुपर्ने विचार व्यक्त गर्दै उहाँले प्रस्तुत हुने विधा स्तरीय र सन्देशमूलक हुनुपर्ने बताउनुभयो ।
आयोजक समितिका अध्यक्ष कृष्णभक्त लवजुले विगतमा झैँ यस वर्ष पनि मूल्याङ्कन गर्ने महानुभावहरूको सहयोग हुने विश्वास व्यक्त गर्दै साहित्यकार र लेखकहरूलाई प्रशिक्षित पार्ने कार्य भइरहेको जानकारी दिनुभयो ।
सांस्कृतिक समितिका संयोजक रामकृष्ण प्रजापतिले भेलाको औचित्यबारे प्रकाश पार्नुभयो ।
भेलामा सहभागी महानुभावहरूले तःमुंज्यामा प्रस्तुत हुने विधा स्तरीय र व्यवस्थित बनाउन विभिन्न सुझावहरू दिनुभएको थियो ।
Leave a Reply