अध्यक्ष रोहितको संस्मरणका केही पृष्ठ
- असार ३१, २०८३
भक्तपुर, २२ भदौ । नेपाल इन्जिनियर्स एसोसियसनको ३४ औँ केन्द्रीय कार्यकारिणी समिति र तेस्रो प्रदेश कार्यकारिणी समितिको निर्वाचनको तयारीको लागि इन्जिनियर समाज नेपालले शनिबार इन्जिनियरहरूको भेला ग¥यो ।
भेलामा नेपाल मजदुर किसान पार्टीका सचिव एवं सांसद प्रेम सुवालले इन्जिनियर समाज नेपालबाट केन्द्रीय कार्यकारिणी समितिको लागि अध्यक्ष उम्मेदवार इ. राजेन्द्रप्रसाद हाडा र वाग्मती प्रदेश कार्यकारिणी समितिको लागि सभापति इ. प्रा.डा. चन्द्रकिरण कवांको नेतृत्वमा रहेको समूहलाई सफलताको शुभकामना व्यक्त गर्नुभयो ।
भक्तपुर नगरपालिकाका उपप्रमुख आ. रजनी जोशीले इन्जिनियर समाज नेपालका सम्पूर्ण उम्मेदवारहरूलाई विजयको शुभकामना व्यक्त गर्दै इन्जिनियरहरू नियमित प्राविधिक कामसँगसँगै सामाजिक गतिविधिमा सक्रिय हुनुपर्ने विचार राख्नुभयो ।
उहाँले इन्जिनियरहरू राजनीतिकरूपले सचेत हुनुपर्ने र भ्रष्टाचारको विरूद्ध अडिग रहनुपर्नेमा जोड दिनुभयो ।
इन्जिनियर समाज नेपालका उपाध्यक्ष नरेश खत्री र सदस्य गणेशराम ध्वजुले पनि घोषणापत्रबारे बोल्नुभयो ।
निर्वाचन तयारीकै सिलसिलामा मध्यपुर इन्जिनियरिङ समाजले पनि एक अन्तरक्रिया कार्यक्रमको आयोजना ग¥यो । कार्यक्रममा इन्जिनियर समाज नेपालका महासचिव इ. अनिता प्रजापति, केन्द्रीय सदस्य इ. सुरेश कवां, वाग्मती प्रदेश प्रतिनिधि केन्द्रीय सदस्य इ. योगेश बज्राचार्य, वाग्मती प्रदेश सदस्य चन्द्रकृष्ण प्रजापति र वाग्मती प्रदेश समितिका उपसभापति उम्मेदवार इ. अमोद उलकले निर्वाचन घोषणापत्रबारे प्रकाश पार्नुभयो ।
इन्जिनियर समाज नेपाल, मध्यपुर नगर समितिका संयोजक इ. दिपेश श्रेष्ठले इन्जिनियर समाज नेपालले प्रकाशित गरेको राष्ट्रिय प्रस्तावहरू पेसागत हकहितका लागि प्रतिबद्धता र इन्जिनियरिङ शिक्षालाई राम्रो बनाउने योजनाहरू अध्ययन गरी मतदान गर्न आह्वान गर्नुभयो ।
Leave a Reply