भर्खरै :

भक्तपुर बचतमा विशेष फोटोग्राफी तालिम

भक्तपुर बचतमा विशेष फोटोग्राफी तालिम

भक्तपुर, २३ भदौ । भक्तपुर बचत तथा ऋण सहकारी संस्था लि. को सूचना तथा प्रकाशन उपसमितिको आयोजनामा आइतबारदेखि दसदिने विशेष फोटोग्राफी तालिम सुरु भएको छ ।
संस्थाका उपाध्यक्ष लक्ष्मीप्रसाद कुसीले बेरोजगार युवाहरूलाई लक्षित गरी संस्थाले विभिन्न तालिमहरू दिँदै सीप सिकाउँदै स्वरोजगार बनाइरहेको बताउनुभयो । उहाँले क्यामेरा हातमा छ भनेर जथाभावी फोटो खिच्न नहुने बताउँदै सक्षम फोटोग्राफीका लागि विशेष तालिम चाहिने बताउनुभयो ।
तालिमका प्रशिक्षक शरण राईले आधारभूत फोटोग्राफी तालिम र विशेष फोटोग्राफी तालिमको भिन्नताबारे बताउँदै विशेष तालिमले विशेष खालको महत्व राख्ने बताउनुभयो । राम्रो र गुणस्तरीय फोटो निकाल्नका लागि यस तालिमको आवश्यकता रहेको बताउँदै उहाँले मन मस्तिष्कले सोचेको जस्तो फोटो निकाल्न सके तालिमको उपलब्धि हुने बताउनुभयो ।
सूचना तथा प्रकाशन उपसमितिका संयोजक कृष्णश्वरी दुवालको सभापतित्वमा भएको उक्त कार्यक्रममा सविना प्रजापतिले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *