भर्खरै :

भारतीय कम्युनिस्ट पार्टी (माक्र्सवादी) का महासचिव सीताराम येचुरीको निधन

भारतीय कम्युनिस्ट पार्टी (माक्र्सवादी) का महासचिव सीताराम येचुरीको निधन

नयाँदिल्ली, २७ भदौ (एएनआई) । भारतीय कम्युनिस्ट पार्टी (माक्र्सवादी) का महासचिव सीताराम येचुरीको बिहीबार निमोनियाका कारण निधन भएको छ ।
उहाँलाई अगस्ट १९ मा दिल्लीको एम्समा भर्ना गरिएको थियो । उहाँलाई पहिला आपत्कालीन वार्डमा भर्ना गरिएको थियो र फेरि गहन चिकित्सा एकाइ (आईसीयू) मा स्थानान्तरण गरिएको थियो ।
भाकपा (माम्र्सवादी) का नेता हन्नान मोल्लाले भन्नुभयो, भाकपा (माम्र्सवादी) का महासचिव सीताराम येचुरी रहनुभएन, उहाँलाई एम्समा भर्ना गरिएको थियो ।”
उहाँले येचुरी लोकतन्त्र, धर्मनिरपेक्षता, एकता र मुलुकको एकताबद्ध प्रगतिको पक्षमा बलियो आवाज हुनुहुन्थ्यो भन्नुभयो ।
बहत्तर वर्षीय येचुरीको बिहीबार दिउँसो स्थानीय समयानुसार ३ः०५ बजे निधन भएको एम्सले पुष्टि गरेको छ । परिवारले उहाँको शरीर शिक्षण र अनुसन्धान उद्देश्यका लागि एम्स, नयाँ दिल्लीलाई दान गरेको छ ।
बत्तीस वर्षसम्म भाकपा (माम्र्सवादी) का पोलिटब्युरोमा रहनुभएका र सन् २०१५ देखि पार्टीको महासचिवका रूपमा काम गर्नुभएका येचुरी प्रमुख भारतीय राजनीतिज्ञ हुनुहुन्थ्यो । यसबाहेक उहाँले सन् २००५ देखि सन् २०१७ सम्म भारतीय संसद्को माथिल्लो सदन राज्यसभामा पश्चिम बङ्गालको प्रतिनिधित्व गर्नुभएको थियो ।
यसैबिच भारतीय कम्युनिस्ट पार्टी (माक्र्सवादी) ले आफ्नो महासचिव येचुरीको निधनमा श्रद्धाञ्जली अर्पण गर्दै दिल्लीस्थित आफ्नो पार्टीको झन्डा आधा झुकाएर शोक व्यक्त गरेको छ ।
आइडिया अफ इन्डियाका रक्षक – राहुल गान्धी
लोकसभामा विपक्षी नेता तथा काङ्ग्रेस नेता राहुल गान्धीले बिहीबार येचुरीको निधनप्रति दुःख व्यक्त गर्नुभयो ।
सामाजिक सञ्जाल प्लेटफर्म एक्समा येचुरीसँगको तस्बिर सेयर गर्दै उहाँले भन्नुभयो, “सीताराम येचुरीजी साथी हुनुहुन्थ्यो, हाम्रो मुलुकलाई गहिरोसँग बुझ्ने भारतको विचारको संरक्षक ।”
“दुःखको यस घडीमा उहाँको परिवार, इष्टमित्र र अनुयायीहरूप्रति मेरो गहिरो समवेदना ¤”, उहाँले पोस्ट गर्नुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *