जलवायु परिवर्तनका कारण विश्वका नदीहरूमा अक्सिजन तीव्र रूपमा घट्दै : अध्ययन
- जेष्ठ ३, २०८३
हालै बङ्गलादेश ‘विपत्तिजनक बाढी’ मा परेको थियो । अविरल वर्षाको कारण दक्षिणपूर्वी बङ्गलादेशका जिल्लाहरू बाढीबाट प्रभावित गाउँहरू डुबानमा परेर बालीमा क्षति भयो र गाईवस्तुहरू बगे । बाढीको कारण दर्जनौँ मानिसको मृत्यु भइसकेको छ भने लाखौँ मानिस विपत्तमा परे ।
दक्षिणपूर्वी बङ्गलादेशमा आएको बाढी मुख्यतया गोम्ती नदीको पानीको बहावका कारण आएको बताइएको छ । बङ्गलादेशीहरूले छिमेकी देश भारतले त्रिपुराको डम्बुर बाँधबाट बिनाचेतावनी पानी छोडेको आरोप लगाए । अघोषित तवरले पानी छोड्ने भारतको कदमविरुद्ध ढाकामा विद्यार्थीहरूले प्रदर्शन गरे । बङ्गलादेशका कतिपय मानिसहरूले भारतले बाँधको पानी अघोषित तवरले छोड्नुमा राजनीतिक कारण भएको बताए र सामाजिक सञ्जालहरूमा व्यापक विरोध गरे ।
जवाफमा भारतीय विदेश मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै बङ्गलादेशमा बाढीको अवस्था भनेको समग्र त्रिपुरा र बङ्गलादेशका छेउछाउका जिल्लाहरूमा अगस्ट २१ देखि भारी वर्षा जारी रहेकोले दाबी ग¥यो । भारत र बङ्गलादेशले बाढी चेतावनीको सन्दर्भमा विगत ३० वर्षदेखि नजिकबाट सहयोग गर्दै आएका थिए । यसपटक चेतावनी जारी नगरी पानी छोड्नु नै मुख्य समस्या रह्यो ।
भारत र बङ्गलादेशबिच ५४ सीमापारका नदी छन् । भारत साझा नदीको माथिल्लो भागमा छ भने बङ्गलादेश तल्लो भागमा छ । नदीको पानी वितरण र व्यवस्थापनमा भारतको प्रभुत्व रहेको छ । भारतसँगको सीमापार नदी समस्यालाई कसरी सही ढङ्गले समाधान गर्ने भन्ने बङ्गलादेशी सरकारसामु रहेको ठूलो चुनौती हो ।
भारतले बङ्गलादेशको सीमावर्ती क्षेत्रमा बाँध बनाएको छ जसले हिउँदमा नदीको सबै समयमा पानीलाई छेकिराख्छ† वर्षा र बाढीको समयमा पानी छोड्छ । यसले बङ्गलादेशी जनताको जीवन र सम्पत्तिको सुरक्षाका साथै बङ्गलादेशको पारिस्थितिक र वातावरणीय सुरक्षालाई गम्भीररूपमा खतरामा पार्ने गरेको छ । भारत र बङ्गलादेशको सम्बन्धमा अप्रत्यासित मोड आएपछि नदीको पानी वितरण र व्यवस्थापन नयाँ दिल्लीका लागि ढाकालाई नियन्त्रण गर्न र झुकाउनको लागि शक्तिशाली हतियार बन्नेछ ।
बङ्गलादेशका पूर्वप्रधानमन्त्री शेख हसिनाको शासनकालमा भारतले बङ्गलादेशमा आफ्नो प्रभाव विस्तार गर्दै आएको थियो । हसिनाको आकस्मिक बाध्यात्मक राजिनामा भारतका लागि ठूलो झट्का हो भन्ने बाहिरी विश्वले सामान्यतया विश्वास गर्छ र भारत सरकारले पनि चिन्ता व्यक्त गरेको छ । हसिनाको पतनले बङ्गलादेशमा आफ्नै स्वार्थमा असर पार्ने र भूराजनीतिक प्रतिस्पर्धामा संरा अमेरिकाजस्ता अन्य देशसँग पराजित हुनेमा नयाँ दिल्ली चिन्तित छ । आगामी चुनावमा बङ्गलादेश नेसनलिस्ट पार्टी र यसका सहयोगी दलको जीतले दुई देशबिचको सम्बन्ध आफ्नो नियन्त्रणबाट बाहिर निस्कने चिन्ता पनि भारत सरकारको रहेको छ ।
पछिल्लो समय भारतले बङ्गलादेशलाई बिजुली आपूर्ति, दैनिक उपभोग्य वस्तु तथा उपभोग्य सामग्रीको आपूर्ति, बङ्गलादेशी नागरिकलाई भारतमा भिसा जारी गर्ने र बङ्गलादेशमा रहेका हिन्दूहरूको हितको संरक्षणको विषयमा बङ्गलादेशको अन्तरिम सरकारलाई निरन्तर चुनौती दिँदै आएको छ । ‘बिनाचेतावनी बाँध खोल्ने’ भारतले जानाजानी गरेको हुनसक्ने आशङ्कामा बल पुग्छ । भारतले बङ्गलादेशको अन्तरिम सरकारलाई भारतको हितमा हुने नीतिहरू अवलम्बन गर्न बाध्य पार्न यी माध्यमहरू प्रयोग गर्ने आशा गरेको कुरालाई नकार्न सकिँदैन ।
बङ्गलादेशमा आएको बाढीलाई अमेरिकी मिडियाहरूले व्यापकरूपमा समाचार प्रसारण गरेका छन् र सीएनएन र अन्य मिडियाको कभरेजले बङ्गलादेशमा आएको बाढीको लागि निश्चित जिम्मेवारी भारतले लिने अवस्थामा पुगेको सङ्केत गरेको छ । जवाफमा, भारतले त्यस्ता रिपोर्टहरू ‘भ्रामक’ भएको बताएको छ । यसले भारत–अमेरिका सम्बन्धको वर्तमान स्थितिलाई पनि झल्काउँछ ।
हसिना सरकारले संरा अमेरिकाको ‘इन्डो–प्यासिफिक रणनीति’ को हिस्सा बन्न अस्वीकार गरेको र बङ्गलादेश – संरा अमेरिकाबिचको सैन्य सम्झौतामा हस्ताक्षरको विरोध गर्दा वासिङ्टनलाई रिसाएको बताइएको छ । यसैबिच भारतले बङ्गलादेश र संरा अमेरिकाबिचको सम्भावित सैन्य सहयोगलाई लिएर चिन्ता व्यक्त गरेको छ । यद्यपि, संरा अमेरिका र भारतका सरकारहरूले आफ्नो सम्बन्धलाई ‘२१ औँ शताब्दीको परिभाषित साझेदारी’ भनेका छन्, तर संरा अमेरिका अझै पनि भारतको ‘रणनीतिक स्वायत्तता’ र यसको ठुलो शक्ति महत्वाकाङ्क्षाबाट चिन्तित छ । यस अर्थमा बङ्गलादेश सरकारमा हालैका परिवर्तनहरूले संरा अमेरिका र भारतबिचको अन्तरविरोधलाई पनि उजागर गरेको छ ।
(लेखक साङ्घाई इन्स्टिच्युट फर इन्टरनेसनल स्टडीजका दक्षिण एसिया र चाइना सेन्टरका महासचिव हुनुहुन्छ ।)
– ग्लोबल टाइम्स अनलाइनबाट
अनुवाद : प्रकाश
Leave a Reply