अदूरदर्शी शासकहरूको कारण देशमा अन्योल
- बैशाख ८, २०८२
भक्तपुर, २९ भदौ । थी थी उपभोक्ता सहकारी संस्था लिको आयोजनामा अन्तरसहकारी आमन्त्रण (सहकारी सदस्य तथा सदस्य परिवारबिच) स्लो साइकल रेस प्रतियोगिता भक्तपुर नगरपालिका वडा नं १ का वडाध्यक्ष एवम् भक्तपुर नगरपालिका युवा तथा खेलकुद समितिका संयोजक श्यामकृष्ण खत्रीको प्रमुख आतिथ्यमा सम्पन्न भयो ।
प्रतियोगितामा विजयी खेलाडीहरूलाई अतिथि खत्रीले पुरस्कार वितरण गर्दै भक्तपुर नगरपालिकाले भक्तपुरका नागरिकहरूको स्वास्थ्यलाई ध्यानमा राखी २०५१ सालदेखि विभिन्न खेलकुदको प्रशिक्षण दिइरहेको र सबैले व्यायाम गर्न सकून् भन्ने उद्देश्यले सार्वजनिक स्थलमा खुला व्यायामशालाको पनि व्यवस्था गरेको जानकारी दिनुभयो ।
उहाँले वडा–वडामा शारीरिक व्यायाम छिकोङ पनि सञ्चालन गरिरहेको बताउँदै नगरपालिकाले प्रत्येक वर्ष एक खेलमा अन्तरनगरपालिका खेलकुद प्रतियोगिता गर्नुका साथै स्कूल क्षेत्रबाटै खेलाडी तयार गर्ने उद्देश्यले नगरपालिकाकै आयोजनामा प्रत्यक वर्ष नगरस्तरीय विभिन्न १५ खेलमा प्रतियोगिता गर्दै आइरहेको जानकारी गराउनुभयो ।
उहाँले २०५४ सालमा जस्तै यो वर्ष मङ्सिरको २८ गतेदेखि पुस २ गतेसम्म भक्तपुर महोत्सव हुने जानकारी गराउँदै कला, संस्कृत तथा विभिन्न परम्परागत नाचगानका साथै खेलकुदको माध्यमबाट पनि आन्तरिक एवम् बाह्य पर्यटकलाई आकर्षित गर्न सो समय पनि टोल टोलमा विभिन्न खेलकुदको प्रतियोगिता गर्न सकिने बताउनुभयो ।
संस्थाका अध्यक्ष देवचन्द्र बज्राचार्यले सहकारीले बचत तथा ऋणको अलावा अतिरिक्त क्रियाकलापले सहकारी–सहकारीबिच अन्तरसम्बन्ध राम्रो हुनुका साथै विद्यार्थीको प्रतिभाको पहिचान गर्न सकिने हुँदा यस्ता प्रतियोगिताहरू समयसमयमा गरिरहने बताउनुभयो ।
संस्थाका संस्थापक अध्यक्ष पशुपतिभक्त रायले सहकारी संस्थाहरूले अतिरिक्त क्रियाकलाप कार्यक्रमहरूमा पनि जोड दिनुपर्ने बताउनुभयो ।
संस्थाका उपाध्यक्ष अच्युत प्रजापतिले प्रतियोगितामा भाग लिँदा प्रतियोगिताको नियम राम्रोसँग अध्ययन गर्नुपर्ने र नियमभित्र बस्न नसक्दा विजय नजिक पुगेर पनि प्रतियोगिताबाट बाहिरिनुपरेको घटना स्मरण गराउनुभयो ।
भक्तपुर जिल्लामा रहेका १५ वटा सहकारीका २६ खेलाडीहरूको सहभागिता रहेको सो प्रतियोगितामा थी थी उपभोक्ता सहकारी संस्थाका रेवत शाक्य ४ मिनेट ५२.९७ सकेन्ड समय व्यतित गरी प्रथम हुन सफल हुनुभयो भने कस्मिक बचत तथा ऋण सहकारी संस्थाका आश्रय प्रजापति, ३ मिनेट ५९ सकेन्ड समय व्यतित गरी दोस्रो एवं इन्द्रायणी बचत तथा ऋण सहकारी संस्था लिका राज गोरा र २ मिनेट ५६.२५ सेकेन्ड समय खर्च गरी तेस्रो हुन सफल भएको जानकारी प्रतियोगिता संयोजक इन्द्रभक्त पञ्चले दिनुभयो ।
प्रतियोगितामा एकमात्र छात्रा सहभागी खेलाडी अरिस्था ध्वजुलाई पनि मायाको चिनो वितरण गरिएको थियो ।
कार्यक्रममा संस्थाका लेखा सुपरिवेक्षण समितिका संयोजक ईश्वर पलिखेलले प्रतियोगिताको औचित्यमाथि प्रस्ट पार्नुभयो ।
Leave a Reply